Saturday, July 2, 2016

प्रलेसमा तेह्र विभाग गठन


काठमाडौँ, १७ असार । प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्रीयस्तरका विभिन्न १३ विभाग गठनलाई पूर्णता दिई कार्यविभाजन गरेको छ ।
आज यहाँ बसेको प्रलेस सचिवालयको बैठकले गरेको निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास, महासचिव आरएम डङ्गोलको संयोजकत्वमा प्रकाशन÷सम्पादन विभाग गठन भएको छ । अन्य विभागीय प्रमुखमा विधागतमा उपाध्यक्ष खेम थपलिया, महिलामा उपाध्यक्ष डा विन्दु शर्मा, इतिहास तथा सामाजिक अध्ययनमा उपाध्यक्ष रामप्रकाश पुरी, संस्कृतिमा उपाध्यक्ष कृष्णहरि भट्ट, प्रशिक्षणमा उपाध्यक्ष डा. कृष्णराज अधिकारी, मातृभाषामा रोशन जनकपुरी, प्रवासी साहित्यमा वरिष्ठ सचिव पुण्य गौतम विश्वास, प्रचारप्रसारमा सचिव प्रकाश सिलवाल, बालसाहित्यमा सचिव होमशङ्कर बास्तोला, आर्थिकमा कोषाध्यक्ष विजयराज आचार्य, अन्तर्राष्ट्रियमा सचिवालय सदस्य सङ्गीत स्रोता रहनुभएको छ ।
प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले आगामी असोज ४ गते केन्द्रीय कमिटीको बैठक गर्ने र ५ गते स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ ।
बैठकले चाँडै प्रादेशिक कमिटी गठन, वार्षिक कार्ययोजना, सदस्यताको आधार तयबारेमा पनि विभिन्न निर्णय गरेको छ । कार्ययोजना बनाउन वरिष्ठ सचिव पुन्य गौतमको संयोजकत्वमा सचिवहरु रहेको कार्यदल गठन गरिएको छ ।

रासस  / बाट साभार

No comments:

Post a Comment