Saturday, August 20, 2016

प्रगतिशील लेखक सङ्घ, नेपालको दसौं राष्ट्रिय सम्मेलन पश्चातका निर्णयहरु




प्रगतिशील लेखक सङ्घ, नेपालको दसौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित  राष्ट्रिय परिषद , केन्द्रीय समिति , सचिवालय र बिभिन्न  विभागहरुका बैठकहरुले गरेका   निर्णयहरु - 

======================================






======================================







-------------------------------------------------------------------







----------------------------------------------------------------


प्रगतिशील लेखक सङ्घ, नेपालको सचिवालय बैठक यही २०७४ साल साउन २३ गते सङ्घको केन्द्रीय कार्यालयमा बस्यो । सङ्घका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष डा. विन्दु शर्मा , उपाध्यक्ष रामप्रकाश पुरी, उपाध्यक्ष - डा. पुष्करराज भट्ट , महासचिव आर. एम. डङ्गोल, वरिष्ठ सचिव - पुण्य गौतम ' विश्वास , सचिब - प्रकाश शिलवाल, सचिव - शोभा दुलाल, कोषाध्यक्ष - विजयराज आचार्य , सचिवालय सदस्य - आर. सि. नेउपाने, सचिवालय सदस्य - कृष्णहरि भट्ट र कार्यालय सचिब पुण्य घिमिरेको उपस्थिती थियो ।
बैठकले --
१) यथाशीघ्र 'प्रलेस' पत्रिका पूर्णाङ्क - २३ प्रकाशन गर्ने निर्णय गरेको छ ।

२) प्रलेस प्रतिभा पुरस्कारका लागि प्रतिभा छनौट गर्न उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा सचिव - प्रकाश शिलवाल र सचिवालय सदस्य - आर. सि. नेउपाने सदस्य रहेको एक सिफारिस समिती गठन गरेको छ ।

३) प्रलेसको ६५ औं वार्षिकोत्सवका अवसरमा पुरस्कार सँस्कृतिका बारेमा एउटा समूह छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो ।

















=============================================

प्रगतिशील लेखक सङ्घ, नेपालको फागुन १३–१४ गते ओखलढुङ्गाको रुम्जाटारमा सम्पन्न दोस्रो राष्ट्रिय परिषद बैठकको परिपत्र :- 










































































================================

२०७३ साल पुस १९ गते मंगलबार बसेको सचिवालय बैठकका निर्णयहरु -----


२०७३ साल पुस १९  गते प्रगतिशील लेखक सङ्घ, नेपालको सचिवालय बैठक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बस्यो ।
बैठकले -

१) प्रादेशिक भेला तथा सम्मेलन सम्बन्धमा । 
राष्ट्रिय सम्मेलन पश्चात बसेको केन्द्रीय सचिवालय बैठकको  बैठकले निर्णय गरेअनुसार जारी गरिएको  परिपत्रमा २०७३ साल चैत्र महिनाभित्र प्रादेशिक सम्मेलन सम्पन्न गरिसक्नुपर्ने भनिए पनि देशको विशिष्ट परिस्थितिलाई ध्यानमा राखी सो समयावधिभित्र प्रादेशिक भेला आयोजना गरि प्रादेशिक सम्मेलन आयोजक समिति गठन गरिसक्नु पर्ने निर्णय गरिएको छ । 

२) प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना सम्बन्धमा । 
प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना अन्तर्गत जिम्मेवारी दिइएका र हालसम्म सो कार्य सम्पन्न गर्न नसक्नु भएका विद्वान लेखकहरुलाई माघ मसान्त भित्र सामग्री उपलब्ध गराइदिन अनुरोध गर्ने र त्यस अबधिमा सामग्री तयार गर्न नसक्नुहुने लेखकहरुका सम्बन्धमा अन्य विकल्प खोज्ने निर्णय गरियो । 

३) पुरस्कार, मान-सम्मान , उपाधि सम्बन्धी मापदण्ड निर्धारणबारे । 
देशभित्र क्रियाशील विभिन्न साहित्यिक संघ संस्था र व्यक्तिहरुले प्रदान गर्दै आएका साहित्यिक पुरस्कार, मान-सम्मान तथा उपाधिबारे अध्ययनसहित स्पष्ट मापदण्ड निर्धारण गर्नका लागि निकट भविष्यमा एउटा गोष्ठीको आयोजना गर्ने र एउटा धारणा निर्माण गर्ने निर्णय गरिएको छ । 

४) शोकप्रस्ताव सम्बन्धमा । 
प्रगतिशील लेखक सङ्घ, नेपालको सातौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेपाल भाषाका कवि बुद्ध सायमीको २०७३ पुस १० गते र आठौँ र नवौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित युवा साहित्यकार अर्जुन खालिङ्को २०७३ साल मंगसिर १९ गते भएको असामयिक निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा सङ्घका उपाध्यक्ष - डा. बिन्दु शर्मा, उपाध्यक्ष- रोशन जनकपुरी,  उपाध्यक्ष -खेम थपलिया , महासचिव - आर . एम . डङ्गोल,  सचिव- प्रकाश शिलवाल,  , कोषाध्यक्ष - विजयराज आचार्य ,  सचिवालय सदस्य - आर.सी. नेउपाने , सचिवालय सदस्य - सङ्गीत स्रोता, सचिवालय सदस्य- राजु स्याङ्तान र सचिवालय सदस्य - कृष्णहरी भट्टको उपस्थिति रहेको थियो ।

बैठक पश्चात जारी गरिएको परिपत्र ----- 












========================================


२०७३ साल मंसिर १८ गते बसेको सचिवालय बैठकको निर्णय -



२०७३ साल मंसिर १८ गते प्रगतिशील लेखक सङ्घ, नेपालको सचिवालय बैठक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बस्यो ।
बैठकले -
१) प्रगतिशील लेखक सङ्घ, नेपालको राष्ट्रिय परिषदको दोस्रो बैठक २०७३ साल फागुन १४ गते ओखलढुङ्गामा गर्ने निर्णय गरेको छ ।

२ ) डा. अमर गिरी , डा. रमेशप्रसाद भट्टराई र मित्रलाल पंज्ञानी रहेको प्रगतिशील साहित्यको इतिहास मूल्याङ्कन समिति गठन गरेको छ ।
३) प्रलेस पत्रिकाको सम्पादक मण्डलको सदस्यमा केन्द्रीय समितिका उपाध्यक्ष पुष्करराज भट्टलाई थप गर्ने निर्णय गरेको छ।
बैठकमा सङ्घका उपाध्यक्ष- रामप्रकाश पुरी, उपाध्यक्ष -पुष्करराज भट्ट, महासचिव - आर . एम . डङ्गोल, वरिष्ठ सचिव - पुण्य गौतम विश्वास , सचिव- प्रकाश शिलवाल, सचिव- होमशंकर बास्तोला , कोषाध्यक्ष - विजयराज आचार्य , सचिवालय सदस्य- राजु स्याङ्तान, सचिवालय सदस्य - कृष्णहरी भट्ट , केन्द्रीय सदस्य - चेतनाथ धमला , केन्द्रीय सदस्य- साधुराम नेपाल , केन्द्रीय सदस्य- बलबहादुर परियार र कार्यालयसचिव - पुण्य घिमिरेको उपस्थिति रहेको थियो ।  















===================================

प्रगतिशील लेखक सङ्घ, नेपालको २०७३ साल असोज ४ गते सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सहितको परिपत्र -





=========================================
२०७३ साल भाद्र २८ गते बसेको सचिवालय बैठकको निर्णय


प्रलेस प्रतिभा पुरस्कार साहित्यकार विनोद मञ्जनलाई

प्रगतिशील लेखक सङ्घ, नेपालको २०७३ साल भाद्र २८ गते बसेको सचिवालय बैठकले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार साहित्यकार विनोद मञ्जनलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रलेसका उपाध्यक्ष डा. बिन्दु शर्माको संयोजक्त्वमा उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य - आर. सि . नेउपाने सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार बैठकले मञ्जनलाई पुरष्कृत गर्ने निर्णय गरेको हो । सो पुरस्कार यही २०७३ साल असोज ५ गते १२ बजे नेपाल प्रज्ञा - प्रतिष्ठान, कमलादीमा आयोजना हुने प्रलेसको ६४ औं वार्षिकोत्सब समारोहमा प्रदान गरिनेछ । सचिवालय बैठकमा सङ्घका अध्यक्ष मातृका पोखरेल, उपाध्यक्षहरु डा. बिन्दु शर्मा , रामप्रकाश पुरी, पुष्करराज भट्ट, महासचिव - आर. एम . डङ्गोल, वरिष्ठ सचिब - पुण्य गौतम ' विश्वास , सचिवहरु - प्रकाश शिलवाल र होमशङ्कर बास्तोला , कोषाध्यक्ष - विजयराज आचार्य , सचिवालय सदस्यहरु - आर. सि . नेउपाने र राजु स्याङ्तान, कार्यालय सचिव - पुण्य घिमिरेको उपस्थिति रहेको थियो ।





=====================================
२०७३ साल भाद्र ०९ गते बसेको सचिवालय बैठकको निर्णय -

प्रलेसले प्रत्येक महिना ' प्रलेस परिसम्वाद ' कार्यक्रम सञ्चालन गर्ने ----


प्रगतिशील लेखक सङ्घ, नेपालको २०७३ साल भाद्र ०९ गते बसेको सचिवालय बैठकले प्रत्येक महिनाको पहिलो शुक्रबार ' प्रलेस परिसम्वाद ' कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले यस कार्यक्रमको आयोजना गर्नका निम्ति संयोजकीय भूमिकाको जिम्मेवारी केन्द्रीय समितिका उपाध्यक्ष डा. पुष्करराज भट्टलाई दिएको छ ।
त्यसैगरी बैठकले 'प्रलेस' पत्रिकाको सम्पादक मण्डलमा केन्द्रीय सदस्य माधव घिमिरे ' अटल' लाई थप गर्ने निर्णय पनि गरेको छ । 
सचिवालय बैठकमा अध्यक्ष - मातृका पोखरेल , उपाध्यक्षहरु - डा. बिन्दु शर्मा , खेम थपलिया , रामप्रकाश पुरी , पुष्करराज भट्ट , महासचिव - आर. एम . डङ्गोल , बरिस्ठ सचिब - पुण्य गौतम ' विश्वास ' , सचिवहरु - प्रकाश शिलवाल , होमशङ्कर बास्तोला र शोभा दुलाल , कोषाध्यक्ष - विजयराज आचार्य , सचिवालय सदस्यहरु आर. सि . नेउपाने , भागवत आचार्य , कृष्णहरि भट्ट र कार्यालय सचिब पुण्य घिमिरेको उपस्थिति रहेको थियो ।









=====================================

बिधागत विभाग

प्रगतिशील लेखक सङ्घ , नेपालको बिधागत विभागको बैठक  बिभागका संयोजक खेम थपलियाको अध्यक्षतामा बस्यो ।  बैठकले आज ११  वटा उपसमितिहरु बनाएर जिम्मेवारीको बाँडफाँड गर्‍यो । जसअनुसार : 

१) समालोचनामा -गुरुङ सुसान्त 
२) निबन्धमा - दीपक सापकोटा 
३) कथामा - श्याम साह 
४) गध्य कवितामा - शकुन्तला जोशी 
५) पद्य कवितामा - मोदनाथ मरहट्ठा 
६) गीतसङ्गीतमा - टेकबहादुर बलम्पाकी 
७) उपन्यासमा - साधुराम नेपाल 
९) गजलमा - जीत कार्की 
१०) मुक्तकमा - रमण पौडेल
११) लोकसाहित्यमा - मनोहर लामिछानेको संयोजकत्वमा उपसमितिहरु गठन भएका छन् । उक्त बैठकमा उपसमितिले एकमहिनाभित्र आ-आफ्नो उपसमितिको बैठक बसी भावी कार्ययोजना तय गर्ने निर्णय समेत गरिएको छ । बैठकमा सङ्घका अध्यक्ष मातृका पोखरेल , सचिवालय सदस्य आर .सी, न्यौपाने , केन्द्रीय सदस्य स्वप्निल स्मृति र कार्यालय सचिब पुण्य घिमिरेको पनि उपस्थिति थियो ।









============================================


मातृभाषा विभाग

प्रगतिशील लेखक सङ्घ, नेपाल मातृभाषा बिभागको बैठक  २०७३ साल साउन २० गते बिभागका संयोजक रोशन जनकपुरीको अध्यक्षतामा बस्यो । बैठकले : 

१) असोज महिनाभित्र तनहुँमा बहुभाषिक कवि गोष्ठी गर्ने निर्णय गरेको छ ।
२) माघ महिनामा जनकपुरमा मैथिली भाषामा प्रगतिशील साहित्यको अवस्थाबारे गोष्ठी गर्ने निर्णय गरेको छ ।
३) यसै वर्षभित्र हेटौंडा र काठमाडौमा तामाङ र नेपाल भाषामा प्रगतिशील साहित्यको अवस्था सम्बन्धी गोष्ठी गर्ने निर्णय गरेको छ ।
४) फागुनमा बिरगंजमा भोजपुरी भाषामा प्रगतिशील साहित्यको अवस्थाबारे गोष्ठी गर्ने निर्णय गरेको छ ।
५)  र यसै वर्षभित्र धरानमा बहुभाषिक कवि गोष्ठी गर्ने निर्णय गरेको छ ।

बैठकमा मातृभाषा बिभागका सचिव राजु स्याङतान, सदस्यहरु बैध्यनाथ ठाकुर , आनन्दसुन्दर श्रेष्ठ , गणेशकुमार राईको उपस्थिती थियो । यसैगरी  बैठकमा केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेल , उपाध्यक्ष खेम थपलिया र महासचिव आर .एम डङगोलको समेत उपस्थिति थियो ।










==================================================

सम्पादन / प्रकाशन  विभाग 

प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय प्रकाशन 'प्रलेस' को पूर्णाङ्क - २२ प्रकाशनको तयारीका लागि २०७३ साउन २३ गते सम्पादन / प्रकाशन विभागको  बैठक बस्यो । प्रगतिशील लेखक सङ्घ, नेपालका महासचिव एवम् पत्रिकाका प्रधान सम्पादक आर. एम . डङ्गोलको अध्यक्षतामा बसेको बैठकले यथाशीघ्र ' प्रलेसको यस अङ्क दसौं राष्ट्रिय सम्मेलन विशेषाङ्कका रूपमा प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकमा 'प्रलेस' का कार्यकारी सम्पादक सरिता तिवारी , सम्पादकहरु भागवत आचार्य , गौरी दाहाल , नारायण शर्माको उपस्थिति थियो । यसैगरी बैठकमा सङ्घका अध्यक्ष- मातृका पोखरेल , सचिब - होमशंकर बास्तोला र कार्यालय सचिब - पुण्य घिमिरेको पनि उपस्थिति रहेको थियो ।












========================================


बालसाहित्य विभाग 

प्रगतिशील लेखक सङ्घ, नेपाल बालसाहित्य बिभागको बैठक  २०७३ साल साउन २७ गते बिभागका संयोजक होमशंकर बास्तोलाको अध्यक्षतामा बस्यो । बैठकले :

१  )यही असोज महिनामा ' प्रगतिशील लेखनमा बालसाहित्यको अवस्था ' विषयक अन्तर्कृया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । 

२) आउँदो पुस महिनामा बालसाहित्य कार्यशालाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा विभागका सदस्यहरु अर्जुन कार्की, नवराज रिजाल , माधव घिमिरे ' अटल ' , छायाँदत्त नेउपानेको उपस्थिति थियो । यसैगरी बैठकमा सङ्घका अध्यक्ष मातृका पोखरेल , उपाध्यक्ष खेम थपलिया , महासचिव आर. एम . डङ्गोल , कार्यालय सचिब पुण्य घिमिरे र सदस्य नारायण नेपालको पनि उपस्थिति थियो ।












=====================================

प्रचार/प्रसार विभाग 

प्रगतिशील लेखक सङ्घ, नेपाल प्रचार/प्रसार बिभागको बैठक  २०७३ साल साउन २८ गते बिभागका संयोजक प्रकाश शिलवालको अध्यक्षतामा बस्यो । बैठकले -
१) यथाशीघ्र प्रगतिशील लेखक सङ्घ, नेपालको परिचयात्मक पुस्तिका तयार गर्ने निर्णय गरेको छ ।
२) प्रगतिशील लेखक सङ्घ, नेपालका सदस्यहरुका लागि सामाजिक संजाल र ईन्टरनेट प्रबिधिका बारेमा अभिमुखिकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।
३) संचारमाध्यमहरुमामा कार्यरत साहित्यिक पत्रकारहरुसँग समन्वयका लागि छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
४) प्रगतिशील लेखक सङ्घ, नेपालको स्थापनादेखि हालसम्मको इतिहास झल्काउने बृत्तचित्र निर्माण गर्न प्रयत्न गर्ने निर्णय गरेको छ ।
५) यसपटकको स्थापना दिवस ( असोज -५ ) को पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकमा विभागका सचिव - चेतनाथ धमला र सदस्य- धर्मेन्द्र कर्ण र जगत वाशिष्टको उपस्थिति थियो । यसैगरी बैठकमा सङ्घका अध्यक्ष मातृका पोखरेल , उपाध्यक्ष खेम थपलिया , महासचिव - आर . एम . डङ्गोल, सचिवालय सदस्य आर. सि. नेउपानेको पनि उपस्थिति रहेको थियो ।











=======================================

महिला विभाग 

प्रगतिशील लेखक सङ्घ, नेपाल महिला बिभागको बैठक  २०७३ साल साउन २८ गते बिभागका संयोजक डा. विन्दु शर्माको अध्यक्षतामा बस्यो । बैठकले -
१) प्रलेसको आगामी अङ्क ' महिला लेखन विशेषाङ्क ' को तयारी गर्ने निर्णय गरेको छ ।
२ ) यसै वर्षभित्र ' पारिजातको आख्यानमा नारी चेतना ' विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।
३) प्रगतिशील महिला समालोचकलाई केन्द्रित गरेर एउटा समालोचना लेखन प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको छ ।
४) समसामयिक प्रगतिशील नेपाली कवितामा महिला उपस्थिति विषयक विचारगोष्ठी एवम् काव्यगोष्ठीको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा विभागका सचिब शोभा दुलाल , सदस्यहरु रचना शर्मा , भावना पाठक र कल्पना चिलवालको उपस्थिति थियो । यसैगरी बैठकमा सङ्घका अध्यक्ष मातृका पोखरेल , उपाध्यक्ष खेम थपलिया , महासचिव - आर . एम . डङ्गोल, सचिवालय सदस्य आर. सि. नेउपानेको पनि उपस्थिति रहेको थियो








================================================

इतिहास लेखन संयोजन विभाग 

इतिहास लेखन संयोजन विभागको बैठक २०७३ साल असार २७ गते विभागका संयोजक राजबहादुर कुँवरको अध्यक्षतामा बस्यो। बैठकले -

१)  इतिहास लेखन सम्बन्धी नवौं राष्ट्रिय सम्मेलन पश्चात बनेको समितिले गैरका निर्णयहरुलाई निरन्तरता दिने       निर्णय गरेको छ । 
२)  इतिहास लेखनका सामाग्रीहरु जिल्ला शाखाबाट माग गर्ने निर्णय समेत गरिएको छ। 

बैठकमा  इतिहास लेखन संयोजन विभागका सचिव पुण्य घिमिरे, सदस्यहरु कुशल बोगटी र रुपक अलंकारको उपस्थिति रहेको थियो । 














====================================================

प्रलेसमा तेह्र विभाग गठन 


काठमाडौँ, १७ असार । प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्रीयस्तरका विभिन्न १३ विभाग गठनलाई पूर्णता दिई कार्यविभाजन गरेको छ ।
आज यहाँ बसेको प्रलेस सचिवालयको बैठकले गरेको निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास, महासचिव आरएम डङ्गोलको संयोजकत्वमा प्रकाशन÷सम्पादन विभाग गठन भएको छ । अन्य विभागीय प्रमुखमा विधागतमा उपाध्यक्ष खेम थपलिया, महिलामा उपाध्यक्ष डा विन्दु शर्मा, इतिहास तथा सामाजिक अध्ययनमा उपाध्यक्ष रामप्रकाश पुरी, संस्कृतिमा उपाध्यक्ष कृष्णहरि भट्ट, प्रशिक्षणमा उपाध्यक्ष डा. कृष्णराज अधिकारी, मातृभाषामा रोशन जनकपुरी, प्रवासी साहित्यमा वरिष्ठ सचिव पुण्य गौतम विश्वास, प्रचारप्रसारमा सचिव प्रकाश सिलवाल, बालसाहित्यमा सचिव होमशङ्कर बास्तोला, आर्थिकमा कोषाध्यक्ष विजयराज आचार्य, अन्तर्राष्ट्रियमा सचिवालय सदस्य सङ्गीत स्रोता रहनुभएको छ ।

प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले आगामी असोज ४ गते केन्द्रीय कमिटीको बैठक गर्ने र ५ गते स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ ।
बैठकले चाँडै प्रादेशिक कमिटी गठन, वार्षिक कार्ययोजना, सदस्यताको आधार तयबारेमा पनि विभिन्न निर्णय गरेको छ । कार्ययोजना बनाउन वरिष्ठ सचिव पुन्य गौतमको संयोजकत्वमा सचिवहरु रहेको कार्यदल गठन गरिएको छ ।

रासस  / बाट साभार


=======================================



२०७२ साल चैत २६ र २७ गते बसेको सचिवालय बैठकको परिपत्र 
















No comments:

Post a Comment