Saturday, April 6, 2019

प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलन - २



=====================================================


प्रगतिशील लेखक संघ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलन ( २०७५ चैत २२ -२३ )

तुलसिलाल स्मृति भवन, च्यासल ललितपुर।  

======================================================

प्रगतिशील लेखक सङ्घ, नेपालको एघारौँ राष्ट्रिय सम्मेलनमा प्रस्तुत 
साङ्गठनिक प्रतिवेदन

२०७५, चैत २२–२३
तुलसीलाल स्मृति प्रतिष्ठान 
च्यासल, ललितपुर

अध्यक्षज्यू, सहभागी सम्पूर्ण प्रतिनिधि साथीहरू,
न्यानो अभिवादनसहित हार्दिक स्वागत !

१. पृष्ठभूमि
प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनलाई विधानतः निर्धारित समयमै हामी एघारौँ राष्ट्रिय सम्मेलनको अवसरमा आ–आफ्नो क्षेत्रबाट गुरुत्तर भूमिकासहित यहाँ उपस्थित भएका छौँ । यस अवसरमा सर्वप्रथम राष्ट्रिय मुक्तिकामी आन्दोलनमा लेखकीय मोर्चाबाट जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । नेपालको पछिल्लो परिवर्तित राजनीतिक परिस्थिति र सङ्गठनको आन्तरिक जीवनको गम्भीर र कठिनाइपूर्ण क्षणमा हुन लागिरहेको यस सम्मेलनले संस्थाको विचारधारात्मक, सिर्जनात्मक आन्दोलनको कार्यदिशा, नीति र नेतृत्व तथा साङ्गठनिक स्वरूपको बारेमा गहन समीक्षा, आत्ममूल्याङ्कनसहित ठोस निर्णयका दृष्टिबाट यो सम्मेलन महत्त्वपूर्ण हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

२. राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र प्रलेस
मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ । हिजोको सामन्ती निरङ्कुशतन्त्र विरुद्धको वैचारिक प्रतिरोधी शक्ति आज आफैँ सत्तामा छ । मुलुकले सङ्घीय गणतान्त्रिक संविधान पाएको छ र यस अनुसार स्थानीय प्रदेश र सङ्घीय निर्वाचनपछि मुलुकमा दुईतिहाइ बहुमतको वाम सरकार स्थापित छ । सामन्तवादी निरङ्कुशतन्त्र, बहुदलीय संसदीय राजनीतिक अभ्यासका बीच भएका विभिन्न आन्दोलन र जनयुद्धको परिणामस्वरूप आमजनमत मुलुकको आमूल परिवर्तनको मूल एजेन्डाको पक्षमा उभिएको छ । सडकमा परिवर्तनकामी शक्तिहरूकै स्वर मुखरित छ । मुलुकमा यो परिवर्तन ल्याउनमा नेपाली प्रगतिशील स्रष्टाहरूको भूमिका उल्लेखनीय छ । मुलुक समावेशिता, धर्मनिरपेक्षता र सङ्घीयताको मूल मर्मलाई आत्मसात् गरी संविधानको सफल कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यतिबेला मुलुकको आमूल परिवर्तनका एजेन्डा बेवारिस बनेको हो कि भन्ने चिन्ता र चासो सर्वत्र व्यप्त छ । जनजीविकाको समस्या यथाअवत् छ । मुलुकको श्रम शक्ति विदेशी बजारमा छरिएको छ । विदेशी श्रम बजारमा नेपाली युवाहरूको आकर्षणसँगै अवैध मानव तस्करीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर निहुराएको छ । मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धान्नु र मुलुकको समृद्धिका लागि विदेशी राष्ट्रको अनुकम्पा चाहिने स्थिति आफैँमा विद्रुपपूर्ण छ । सीमा समस्या यथावत् छँदै छ । सीमा तस्करीमा पनि कमी आउन सकेको छैन । नागरिक सुरक्षा र लैङ्गिक हिंसामा कमी आएको छैन । शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रको सिन्डिकेट तोडिन सकेको छैन । पछिल्लो समय आन्तरिक राष्ट्रियताको कमजोरीका आडमा हाम्रो राष्ट्रियता, सम्प्रभुतामाथि खेलवाड गर्ने शक्ति राष्ट्र, शक्ति समूहको षड्यन्त्र निस्तेज हुँदै छ । यो सबैभन्दा सकारात्मक पक्ष पनि हो । पछिल्लो समय नागरिकता विधेययका कतिपय प्रावधानले हाम्रो राष्ट्रियतामाथि सङ्कट थोपारिने हो कि भन्ने आशङ्का पनि यथावत् छ । यस्तो बेला मुलुकको प्रगतिशील सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि स्रष्टाहरूले आफ्नो वैचारिक ऊर्जाद्वारा प्रश्न उठाउने प्रतिरोध गर्ने अधिकार राख्नुपर्छ, साहस गर्नुपर्छ ।

आजको विश्व राजनीतिक परिदृश्य प्रगतिशील जीवनदृष्टिसहित परिवर्तकामी इच्छा आकाङ्क्षालाई सम्बोधन गर्ने दृष्टिले अनुकुल छैन । शक्ति राष्ट्रहरू आफ्नो आर्थिक, सामाजिक स्वार्थसिद्धिका लागि अनेकौँ स्वरूपमा चलायमान छन् । ती क्षेत्रीय हितको कुरा गर्छन्, मानव अधिकारको वकालत गर्छन् । लिङ्ग, जाति, धर्मको नाममा स्वत्व र पहिचानको कुरा गर्छन् र आन्तरिक राष्ट्रियता खलबल्याउनको लागि हामीबीच आपसी अविश्वास, विद्वेष, विभाजनको स्थिति खडा गर्छन् । यही विभाजनबाट ती हाम्रो स्रोत–साधनको दोहन गर्छन् । पछिल्लो समय भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद साहित्यमा उत्तर आधुनिकताको नाममा हाम्रो चिन्तनमा बौद्धिक विलास गर्दै छ । अहिले घर, आँगन उपभोक्तावादी संस्कृतिको प्रयोग र परीक्षणस्थल बनेको छ । सबैभन्दा उन्मत्त विश्वदृष्टिकोण सहितको वैचारिक शक्तिबाट चलायमान प्रगतिशील÷प्रगतिवादी स्रष्टाहरूले कुनै पनि रूपमा वैयक्तिक जीवनमा थोपरिने कुरूपता, रुढताको ऐँठनबाट मुक्त व्यक्तित्व निर्माणको प्रश्नमा होस् अथवा विदेशी प्रभुत्व छलछाम, षड्यन्त्र वा हस्तक्षेपको प्रश्नमा होस्, सिर्जना र विचारको माध्यमबाट सुन्दर व्यक्तित्व निर्माण र न्याय तथा समतामूलक समाज व्यवस्था स्थापना तथा समृद्ध मुलुकको निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।

माथि उल्लेखित राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव मुलुकको साहित्यिक, सांस्कृतिक आन्दोलनमा पनि देखिनु नौलो भएन । दुई ठूला वाम राजनीतिक शक्तिको ध्रुवीकरणपछि सत्ता–संस्कृति र संरचना तथा नेपाली समाजको परिवर्तित चरित्र सम्बन्धमा देखिएका फरक बुझाइका कारण यतिबेला सङ्गठनको आन्तरिक जीवनमा कठिनाइ उत्पन्न भएको छ । राष्ट्रियता जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद विरोधी मोर्चामा न्यूनतम सहमतिको विन्दुमा उभिएर सहकार्यका संस्कृतिलाई निरन्तरता दिँदै आएको यस संस्थाको लागि यो स्थिति पीडादायी छ । विचारको पक्षधरताको अतिले यसअघि पनि सङ्गठनको जीवनमा समस्या नआएको होइन तर पछि सच्चियौँ र फेरि एकै ठाउँमा उभियौँ । यो सम्मेलनले प्रगतिशील÷प्रगतिवादी शिविरका सबै स्रष्टाहरूलाई एकै ठाउँमा ल्याउन प्रेरणादायी भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।

३. साङ्गठनिक, वैचारिक, सिर्जनात्मक क्रियाशीलता
३.१ केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को पहिलो बैठक तथा सचिवालय बैठकका निर्णयहरू
३.१.१ २०७२ चैत्र २७ गतेको केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को पहिलो बैठकका निर्णयहरू
दसौँ राष्ट्रिय सम्मेलनको दोस्रो दिन चैत्र २५ गतेको बन्द सत्रबाट  परिमार्जित विधानअनुसार मातृका पोखरेलको नेतृत्वमा केन्द्रीय समिति र राष्ट्रिय परिषद्समेत गरी १३७ जना (दुई रिक्त राष्ट्रिय परिषद् सदस्य सचिवालय बैठकले मनोनयन गर्ने गरी) को केन्द्रीय नेतृत्व निर्वाचित भएको र सम्मेलन लगत्तै पछि सोही रात बसेको बैठकले पूर्व केन्द्रीय समिति, राष्ट्रिय परिषद्, सल्लाहाकार समिति एवं सम्मेलनको बन्द सत्रको अध्यक्ष मण्डल, निर्वाचन मण्डलप्रति धन्यवाद व्यक्त गर्ने निर्णयका साथै प्रलेसको आगामी ३ वर्षीय कार्यकालको लागि विधानतः कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि जिम्मेवारी दिने गरी २३ सदस्यीय सचिवालय गठन गर्ने ।

३.१.२ सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
२०७३ वैशाख ३१ गतेको पहिलो सचिवालय बैठका निर्णयहरू
२०७३ वैशाख ३१ गते सङ्घको नयाँ केन्द्रीय कार्यालय, बागबजारमा सचिवालयको पहिलो बैठक बस्यो । बैठकले दसौँ राष्ट्रिय सम्मेलनको गम्भीरतापूर्वक समीक्षा गरी परिमार्जित विधानअनुसार सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्य समिति (केन्द्रीय समिति र राष्ट्रिय परिषद्) चयन गरी सफलताका साथ सम्मेलन सम्पन्न भएको निष्कर्षसहित निम्नानुसारका निर्णयहरू ग¥यो ः
ड्ड राष्ट्रिय परिषद्मा रिक्त रहेका दुई सदस्यमा सर्वसम्मतिबाट खोटाङका अटल क्रान्तिकारी र सुर्खेतका जगत वाशिष्टलाई मनोनयन गर्ने,
ड्ड प्रलेसको सल्लाहाकार परिषद्मा निम्नानुसारका व्यक्तित्वहरूलाई मनोनयन गर्ने निर्णय गरियो ः

१. अनिल शर्मा ‘विरही’
२. डा. अमर गिरी
३. आनन्ददेव भट्ट
४. आहुती
५. इन्द्र रेग्मी
६. ईश्वरचन्द्र ज्ञवाली
७. कमलजङ्गली आचार्य
८. प्रा. केशव सुवेदी
९. कुन्ता शर्मा
१०. प्रा.डा.जगदीशचन्द्र भण्डारी
११. जीवन शर्मा
१२. प्रा.डा. ताराकान्त पाण्डेय
१३. नारायण ढकाल
१४. निनु चापागाईँ
१५. पूर्ण वैद्य
१६. प्रदीप ज्ञवाली
१७. भवानी क्षेत्री
१८. भाष्कर
१९. मणि थापा
२०. माइला लामा
२१. मित्रलाल पंज्ञानी
२२. राम विनय
२३. लोकनारायण सुवेदी
२४. डा. विजय सुब्बा
२५. शशिधर भण्डारी
२६. प्रा.डा. श्रीधर गौतम
२७. श्यामप्रसाद शर्मा
२८. सरला रेग्मी
२९. हरिगोविन्द लुइँटेल
३०. हेमनाथ पौडेल

ड्ड प्रलेस केन्द्रीय कार्यालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि राष्ट्रिय परिषद् सदस्य पुण्य घिमिरेलाई कार्यालय सचिवको जिम्मेवारी दिने,
ड्ड प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकारसमेत रहिसक्नुभएका नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनका अगुवा रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको निधनमा गहिरो शोक र परिवारजनप्रति समवेदना प्रकट गर्दै २०७३ जेठ १५ गते स्मृतिसभाको आयोजना गर्ने ।
२०७३ असार १७ गतेको दोस्रो सचिवालय बैठकका निर्णयहरूः
ड्ड प्रलेसको वैचारिक र सिर्जनात्मक आन्दोलनलाई गति दिन प्रलेसका केन्द्रीय पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरूलाई जिम्मेवारी दिने गरी १३ वटा विभागहरूको गठन गर्ने र ती विभागहरूले १ महिनाभित्र बैठक बसी कार्ययोजना प्रस्ताव गर्नुपर्ने जस अनुसारः
(क) इतिहास लेखन विभाग

१. संयोजक ः राजबहादुर कुँवर
२. सचिव ः पुण्य घिमिरे
३. सदस्य  ः कुशल बोगटी
४. सदस्य ः केवल विनावी
५. सदस्य ः भीम रानाभाट
६. सदस्य ः रूपक अलङ्कार
७. सदस्य ः जनक रसिक

(ख) सम्पादन÷ प्रकाशन विभाग

१. संयोजक ः आर.एम्.डङ्गोल
२. सचिव ः सरिता तिवारी
३. सदस्य ः गौरी दाहाल
४. सदस्य ः रघुनाथ अधिकारी
५. सदस्य ः नारायण शर्मा
६. सदस्य ः भागवत आचार्य
७. सदस्य ः माधव घिमिरे ‘अटल’

(ग) विधागत विभाग

१. संयोजक ः खेम थपलिया
२. सचिव ः आर.सी. न्यौपाने
३. सदस्य ः दीपक सापकोटा
४. सदस्य ः गुरूङ सुशान्त
५. सदस्य ः मोदनाथ मरहठ्ठा
६. सदस्य ः टेकबहादुर बलम्पाकी
७. सदस्य ः शकुन्तला जोशी
८. सदस्य ः साधुराम नेपाल
९. सदस्य ः श्याम शाह
१०. सदस्य ः रमण पौडेल
११. सदस्य ः खगेन्द्र जोशी
१२. सदस्य ः जीत कार्की
१३. सदस्य ः स्वप्निल स्मृति
१४. सदस्य ः अटल क्रान्तिकारी
१५. सदस्य ः केशव थापा

(घ) आर्थिक विभाग

१. संयोजक ः विजयराज आचार्य
२. सचिव ः प्रकाश चापागाइँ
३. सदस्य ः विन्दा मैनाली
४. सदस्य ः युवराज नास्तिक
५. सदस्य ः लक्ष्मण बेल्बासे
६. सदस्य ः बालमुकुन्द कार्की
७. सदस्य ः बाबा बस्नेत

(ङ) अन्तर्राष्ट्रिय विभाग

१. संयोजक ः सङ्गीत श्रोता
२. सचिव ः समीर सिंह
३. सदस्य ः डा. विदुर बस्ती
४. सदस्य ः निमेष निखिल
५. सदस्य ः भुक्तान थेवा
६. सदस्य ः विनोदविक्रम के.सी.
७. सदस्य ः सरोज ओली

(च) प्रचारप्रसार विभाग

१. संयोजक ः प्रकाश सिल्वाल
२. सचिव ः चेतनाथ धमला
३. सदस्य ः धर्मेन्द्र कर्ण
४. सदस्यः हरिलाल महतारा
५. सदस्य ः अशोक कुँवर
६. सदस्य ः जगत् वाशिष्ट
७. सदस्य ः मीनबहादुर राना


(छ) महिला विभाग

१. संयोजक ः डा. विन्दु शर्मा
२. सचिव ः शोभा दुलाल
३. सदस्य ः भावना पाठक
४. सदस्यः बाङ्देल चेली
५. सदस्य ः विमला चन्द
६ं सदस्य ः मनु वि.क.
७. सदस्य ः रचना शर्मा
८. सदस्य ः जमुना श्रेष्ठ
९. सदस्य ः कल्पना चिलुवाल

(ज) बालसाहित्य विभाग

१. संयोजक ः होमशङ्कर बास्तोला
२. सचिव ः अर्जुन कार्की
३. सदस्यः माधव घिमिरे ‘अटल’
४. सदस्यः नवराज रिजाल
५. सदस्य ः लक्ष्मण उप्रेती
६. सदस्यः निलिमा पुन
७. सदस्य ः छायादत्त न्यौपाने

(झ) इतिहास तथा सामाजिक अध्ययन विभाग

१. संयोजक ः रामप्रकाश पुरी
२. सचिव ः लम्जेल सङ्घर्षशील
३. सदस्य ः रामचन्द्र नेपाल
४. सदस्य ः गोपाल वैद्य
५. सदस्य ः प्रमोद धिताल
६. सदस्य ः नारायण परिश्रमी
७. सदस्यः प्रदीप जैशी

(ञ) मातृभाषा विभाग

१. संयोजक ः रोशन जनकपुरी
२. सचिव ः राजु स्याङ्तान
३. सदस्य ः केशव सुनाम
४. सदस्यः खोमा तरामु मगर
५. सदस्य ः आनन्दसुन्दर श्रेष्ठ
६. सदस्य ः वैधनाथ ठाकुर
७. सदस्यः गणेशकुमार राई

(ट) संस्कृति विभाग

१. संयोजक ःकृष्णहरि भट्ट
२. सचिव ः प्रकाश थापा
३. सदस्य ः स्ट्रगल राना
४. सदस्य ः जितबहादुर लामा
५. सदस्य ः आरोह नेपाली
६. सदस्यः युद्धविक्रम शाही
७. सदस्य ः बलबहादुर परियार

(ठ) प्रवासी साहित्य विभाग

१. संयोजक ः पुण्य गौतम ‘विश्वास’
२. सचिव ः अनिल श्रेष्ठ
३. सदस्य ः रमेश शुभेच्छु
४. सदस्य ः चिरन पुन
५. सदस्य ः मधु क्षेत्री
६. सदस्य ः मधुकर थापा
७. सदस्य ः अर्जुन पौडेल ‘निर्जन’

(ड) प्रशिक्षण विभाग

१. संयोजक ः कृष्णराज अधिकारी
२. सचिव ः परशुराम कोइराला
३. सदस्य ः गोपिरमण उपाध्याय
४. सदस्य ः सिद्धबहादुर खड्का
५. सदस्य ः नमुना शर्मा
६. सदस्य  ः लक्ष्क्षीराम आचार्य
७. सदस्य ः आस्था के.सी.

ड्ड विभागको बैठकबाट प्रस्तुत कार्ययोजना प्रस्ताव तथा प्रादेशिक भेला, सम्मेलनपछि यसले तय गरेको नीति, योजना, कार्यक्रमलाई समेत समन्वय गरी वार्षिक तथा आवधिक कार्ययोजनाको रूपरेखा तयार गर्नका लागि वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’को संयोजकत्वमा सचिवहरू प्रकाश सिलवाल, शोभा दुलाल, सरिता तिवारी, होमशङ्कर बास्तोला रहेको पाँच सदस्यीय कार्ययोजना प्रस्ताव समिति गठन गर्ने,
ड्ड प्रलेसको नयाँ सदस्यता वितरणको लागि स्पष्ट मापदण्ड तय गरी व्यक्तिगत फारमको नमुना तयारीका लागि सचिवालय सदस्य सङ्गीत श्रोता र भागवत आचार्यलाई जिम्मेवारी दिने,
ड्ड २०७३ साउन ८ गते शनिबार प्रलेस केन्द्रीय समिति र काभ्रे शाखाको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका सभाकक्षमा ‘राजनीति र साहित्यबीचको अन्तर्सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुति, टिप्पणी एवम् विशेष कवि गोष्ठी गर्ने,
ड्ड २०७३ असोज ४ गते प्रलेस केन्द्रीय समितिको बैठक डाक्ने तथा असोज ५ गते विशेष कार्यक्रमका साथ प्रलेस स्थापना दिवस मनाउने ।

२०७३ भदौ ९ गतेको तेस्रो सचिवालय बैठकका निर्णयहरू ः
ड्ड प्रलेस स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार’को लागि प्रतिभा चयन गर्न उपाध्यक्ष डा. विन्दु शर्माको संयोजकत्वमा उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको ‘प्रलेस प्रतिभा छनौट समिति’ गठन गर्ने,

ड्ड प्रत्येक महिनाको पहिलो शुक्रबार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रका ख्यातिप्राप्त स्रष्टा, साहित्यिक विधा, वाद–प्रणाली तथा सिर्जनामा केन्द्रित रही ‘प्रलेस परिसंवाद’ कार्यक्रम सञ्चालन गर्ने, सो कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष पुष्करराज भट्टलाई दिने,
ड्ड प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व’ शीर्षकमा कार्यपत्र प्रस्तुति, टिप्पणी एवम् कविता गोष्ठी गर्ने ।
२०७३ भदौ २८ गतेको चौथो सचिवालय बैठकका निर्णयहरू ः
ड्ड प्रलेस स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार’का लागि गठित ‘प्रलेस प्रतिभा पुरस्कार छनौट समिति’ ले २०७३ भदौ २१ गते बैठक बसी कवि, निबन्धकार एवम् समीक्षक विनोद मञ्जनलाई सो पुरस्कारको लागि सिफारिस गरे अनुसार बैठकले सो प्रस्तावलाई अनुमोदन गर्ने,

ड्ड बैठकले असोज ४ गते केन्द्रीय समितिको दोस्रो बैठक र असोज ५ गतेको ‘प्रलेस स्थापना दिवस’ कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागि आवश्यक तयारी गर्ने ।

३.२ केन्द्रीय समितिको दोस्रो बैठक तथा त्यसयताका सचिवालय बैठकका निर्णयहरू ः
३.२.१ २०७३ असोज ४ गते प्रलेसको केन्द्रीय समितिको दोस्रो बैठकका निर्णयहरू ः
केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा इच्छुक स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरू निम्नानुसार छन् ः
ड्ड संस्थाको आर्थिक तथा सर्वाङ्गीण साङ्गठनिक सुदृढीकरणको लागि केन्द्रीय नेतृत्वमा रहनुभएका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्यहरूले निम्नानुसारको मासिक ले.भी. शुल्क तिर्नुपर्ने निर्णय गरेको छ ः

अध्यक्ष ः रू. ७००।– (सात सय)
उपाध्यक्षहरू÷महासचिव ः रू. ५००।– (पाँच सय)
सचिवहरू र कोषाध्यक्ष ः रू. ३००।– (तीन सय)
सचिवालय तथा केन्द्रीय सदस्यहरू  ः रू. १००।–

ड्ड चाडपर्वको अवसर पारेर तिहारमा प्रगतिशील देउसी भैलो कार्यक्रम आयोजना गर्ने,
ड्ड आगामी चैत महिनाभित्रमा प्रदेशस्तरीय भेला र सम्मेलनको आयोजना गरिसक्नुपर्ने भएकोले यसको आवश्यक तयारीका लागि प्रदेश इन्चार्जसमेत रहनुभएका केन्द्रीय उपाध्यक्षहरूलाई विशेष जिम्मेवारी दिने निर्णय गर्नुको साथै उक्त सम्मेलन÷भेलाको अवसर पारेर केन्द्रीयस्तरको वैचारिक तथा सिर्जनात्मक कार्यक्रमसमेत आयोजना गर्ने,

(यस सम्बन्धमा २०७३ पुस १९ गते बसेको सचिवालय बैठकले देशको पछिल्लो विशिष्ट राजनीतिक परिस्थितिलाई ख्याल गरी चैत मसान्तभित्रमा विधानमा व्यवस्था भए बमोजिम प्रादेशिक भेला सम्पन्न गरी प्रादेशिक सम्मेलन आयोजक समिति गठन गरिसक्नुपर्ने र हाललाई प्रदेश सम्मेलनका कार्यक्रम स्थागित गर्ने निर्णय ग¥यो । यस अवधिमा प्रदेशभित्रका जिल्ला शाखा विस्तार हुन नसकेका तथा निष्क्रिय शाखाहरूमा साङ्गठनिक क्रियाशीलताको कामलाई अगाडि बढाउने ।)
ड्ड प्रलेस केन्द्रीय समितिअन्तर्गत गठित विभिन्न विभागहरूको बैठकबाट तय भएका कार्यक्रमहरू यथासमयमै सम्पन्न गरिसक्नुपर्ने,
ड्ड केन्द्रीय स्तरमा यसै वर्षभित्र दर्शन र संस्कृति सम्बन्धमा एक एक वटा वैचारिक कार्यक्रमको आयोजना गर्ने,

ड्ड प्रलेसको दसौँ राष्ट्रिय सम्मेलनबाट पारित परिमार्जित विधानअनुसार प्रदेश समिति गठन गरिँदा जिल्ला समिति र प्रदेश समितिले सदस्यता शुल्कबाट उठेको कुल रकमको ६०% र केन्द्रलाई ४०% रकम उपलब्ध गराउनुपर्ने,

ड्ड आगामी चैत्र महिनाभित्रमा ओखलढुङ्गा वा सोलुखुम्बुमा राष्ट्रिय परिषद्को दोस्रो बैठक डाक्ने, यसको लागि केन्द्रीय सदस्य चेतना धमला र बलबहादुर परियारलाई जिम्मेवारी दिने ।

३.२.२ सचिवालय बैठकका निर्णयहरू
२०७३ मङ्सिर १८ गतेको पाँचौ सचिवालय बैठकका निर्णयहरू
ड्ड संस्थाको नवीकरणसहित लेखा परीक्षण गरी आर्थिक हिसाबकिताब चुस्तदुरूस्त राख्न यु.के. एन्ड कम्पनी रजिस्टर नं. २८८१ का प्रोपाइटर उद्दीमबहादुर देवकोटालाई लेखा परीक्षकको रूपमा नियुक्त गर्ने,

ड्ड राष्ट्रिय परिषद्को दोस्रो बैठक फागुन १४ गते ओखलढुङ्गाको रूम्जाटारमा आयोजना गर्ने र सो बैठकको आवश्यक तयारीका लागि केन्द्रीय ब्यवस्थापनको जिम्मेवारी केन्द्रीय सचिव होमशङ्कर बास्तोला संयोजक रहेको र सचिवालय सदस्य कृष्णहरि भट्ट, कार्यालय सचिव पुण्य घिमिरे तथा स्थानीय तहमा केन्द्रीय सदस्य चेतनाथ धमला र बलबहादुर परियार रहेको व्यवस्थापन समितिलाई दिने,

ड्ड प्रगतिशील साहित्यको इतिहास लेखनसम्बन्धी जिम्मेवारी पाउनुभएका लेखकहरूबाट प्राप्त सामग्रीको मूल्याङ्कनको लागि डा अमर गिरी, प्रा. रमेश भट्टराई र मित्रलाल पंज्ञानी रहनुभएको मूल्याङ्कन समितिको गठन गर्ने,

ड्ड २०७३ मङ्सिर २५ गते ३ नंं प्रदेशको प्रादेशिक भेला काठमाडौँको संवाद डबलीमा आयोजना गर्ने, यसको आवश्यक तयारीको जिम्मेवारी ३ नम्बर प्रादेशिक उपाध्यक्ष खेम थपलियालाई दिने,

ड्ड प्रलेस केन्द्रीय समितिअन्तर्गतको बालसाहित्य विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन १५ गते ओखलढुङ्गामा ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयक विचार गोष्ठीको आयोजना गर्ने । यसको संयोजनको जिम्मेवारी बालसाहित्य विभागका संयोजक होमशङ्कर बास्तोलालाई दिने । कार्यक्रममा यससम्बन्धी कार्यपत्र तयारीको जिम्मेवारी प्रलेस कोषाध्यक्ष विजयराज आचार्यलाई दिने,

ड्ड प्रलेसका आगामी अङ्कहरूलाई अझ ब्यवस्थित बनाउन सम्पादन प्रकाशनमा महत्वपूर्ण सहयोग गर्दै आइरहनुभएका उपाध्यक्ष पुष्करराज भट्टलाई सम्पादन तथा प्रकाशन विभागको सदस्यको रूपमा थप गर्ने ।

२०७३ पुस १९ गतेको छैठौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड केही  लेखक स्रष्टाहरूले प्रगतिशील लेखक सङ्घ, नेपाल प्रकाशक रहने गरी कृति प्रकाशन गर्ने चाहना राख्नुभएकोमा उक्त सामग्रीको विषयप्रकृति (अन्तर्वस्तु) र स्रष्टाको लेखन प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर मात्र प्रकाशन अनुमति दिनको लागि अध्यक्ष मातृका पोखरेल संयोजक र उपाध्यक्ष रामप्रकाश पुरी तथा महासचिव आर.एम्. डङ्गोल सदस्य रहनुभएको मूल्याङ्कन समिति गठन गर्ने,

ड्ड विभिन्न व्यक्ति, संस्थाको क्रियाशीलतामा प्रदान गरिँदै आएको पुरस्कार, सम्मान, उपाधिको प्रकृति, उद्देश्य, प्रयोजनबारे अध्ययनसहित स्पष्ट मापदण्ड तयार गर्नका लागि निकट भविष्यमा नेपाली पुरस्कार संस्कृतिबारे एउटा वृहत् गोष्ठीको आयोजना गर्ने ।

२०७३ फागुन ११ गतेको सातौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड प्रलेसको दोस्रो राष्ट्रिय परिषद्को बैठक ओखलढुङ्गाको रूम्जाटारमा बोलाइएको सन्दर्भमा बैठकले महासचिव र कोषाध्यक्षले बैठकमा प्रस्तुत गर्ने साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरी प्रस्तुतिका लागि स्वीकृति प्रदान गर्ने निर्णय गर्नुका साथै बैठकको जिम्मेवारीमा रहनुभएका साथीहरूलाई आवश्यक तयारी गर्न सुझाव दियो ।


३.३. राष्ट्रिय परिषद्को दोस्रो बैठक तथा त्यसयताका सचिवालय बैठकका निर्णयहरू ः
३.३.१ दोस्रो राष्ट्रिय परिषद् बैठक (२०७३ फागुन १३– १४, रूम्जाटार, ओखलढुङ्गा) का निर्णयहरू ः तथा रूम्जाटार घोषण – पत्र
३.३.१.१ दोस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरू ः
ड्ड दोलखाको चरिकोटमा गजल विधासंग सम्बन्धित प्रशिक्षणमूलक कार्यक्रम तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने,
ड्ड संस्कार परिवर्तनसम्बन्धी वैचारिक कार्यक्रमको आयोजना गर्ने,
ड्ड उपत्यकामा नेपाल भाषा–साहित्यसम्बन्धी गोष्ठीको आयोजना गर्ने,
ड्ड नेपाली पुरस्कार र सम्मान संस्कृतिसम्बन्धमा गोष्ठीको आयोजना गर्ने,
ड्ड इतिहास लेखन परियोजनालाई मूर्त रूप दिने,
ड्ड प्युठानमा वृहत् काव्यगोष्ठीसहित कविता÷काव्यसम्बन्धी वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने,
ड्ड प्रत्येक प्रदेशमा यस वर्षभित्र आयोजना गरिने सम्मेलन आयोजक समिति, प्रदेश सम्मेलनका क्रममा एक–एक वटा वैचारिक÷सिर्जनात्मक कार्यक्रमको आयोजना  गर्ने,
ड्ड प्रदेश सम्मेलनसम्ममा प्रत्येक प्रदेशले आफ्नो मुखपत्र प्रकाशन गर्ने ।

३.३.१.२ रूम्जाटार घोषणा – पत्र, २०७४
ओखलढुङ्गा, रूम्जाटारस्थित पद्मा हलमा आयोजित राष्ट्रिय परिषद् बैठक (फागुन १४, २०७३) ले निम्नलिखित समसामयिक प्रस्तावहरू पारित गरी दशबुँदे रूम्जाटार घोषणा – पत्र जारी गरेको छ ः

ड्ड देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पूँजीवादविरोधी साहित्यिक, सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रूपमा थप गतिशील बनाउँन तथा घोषित कार्ययोजना र लक्ष्य प्राप्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरूका साथ एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस प्रतिबद्ध रहने,
ड्ड राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र र हस्तक्षेपको अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहितको सिर्जनात्मक अभियानमार्फत प्रतिवाद गर्ने,
ड्ड मुलुकमा संधिवानसभाबाट जारी भएको नेपालको संविधानलाई राष्ट्रिय हित र अखण्डतामा प्रतिकूल नहुने गरी अस्थिरता र अन्यौललाई चिर्दै राष्ट्रिय राजनीतिक सहमतिसहित प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गर्ने,
ड्ड करिब दुई दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासको सन्दर्भमा सकारात्मक ठान्दै उक्त निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित रूपमा सम्पन्न गराउन नेपाल सरकार र राजनीतिक दललाई आग्रह गर्ने,
ड्ड समकालीन बर्जुवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तर आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान जारी राख्ने,
ड्ड राष्ट्रिय चाडपर्व, रीतिरिवाज एवं संस्कृतिलाई समयसापेक्ष प्रगतिशील रूपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियान तथा अध्ययन, वहसजस्ता कार्यक्रम सञ्चालन गर्ने,
ड्ड साहित्यिक र सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मान परम्परा र अभ्यासका नाममा हावी हुन खोजेको विकृति, नातावाद, कृपावाद र सामन्ती अलोकतान्त्रिक कार्यशैलीको अन्त्य गरी वस्तुवादी मूल्याङ्कनका माध्यमबाट जनपक्षीय पुरस्कार तथा सम्मान परम्परा थालनीको लागि पहल गर्ने,
ड्ड सूचना र प्रविधिको बढ्दो प्रयोगसन्दर्भमा यसको उपयोगबाट सिर्जना र व्यावहारिक कर्मलाई व्यवस्थित र वैज्ञानिक बनाउनका लागि सूचना आदान–प्रदान र सिर्जनात्मक उपलब्धिका लागि प्रयत्नशील रहने,
ड्ड ओखलढुङ्गा जिल्लाको समग्र विकास र रूम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सराहाना गर्दे रूम्जाटार विमानस्थलको स्तरोन्नति, स्थानीय पर्यटन र शैक्षिक क्षेत्रको विकास तथा जनजीविकाको सवालमा राज्यका तर्फबाट ठोस पहलका लागि माग गर्ने,
ड्ड प्रलेस राष्ट्रिय परिषद् बैठक आयोजना सफल बनाउनका लागि केन्द्रीय सचिव होमशङकर बास्तोलाको संयोजकत्वमा गठित व्यवस्थापन समिति, स्थानीय स्तरमा सहभागीहरूलाई न्यानो स्वागत र आतिथ्य प्रदान गर्ने स्थानीय समाजसेवी सीताराम गुरूङ, स्थानीय जनसमुदाय, प्रलेस ओखलढुङ्गा जिल्ला समिति, तथा सनराइज आवासीय विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्ने ।

३.३.२ दोस्रो राष्ट्रिय परिषद् बैठकपछिका सचिवालय बैठकका निर्णयहरू ः
२०७४ साउन २४ गतेको आठौं बैठकका निर्णयहरू ः
ड्ड प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदान गरिँदै आएको प्रलेस प्रतिभा पुरस्कारका लागि उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा सचिव प्रकाश सिलवाल र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको ‘प्रलेस प्रतिभा पुरस्कार छनोट समिति’ गठन गर्ने,
ड्ड प्रलेस स्थापना दिवसको अवसरमा ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयक अवधारणा–पत्र प्रस्तुति तथा टिप्पणीसहितको वैचारिक कार्यक्रमको आयोजना गर्ने,
ड्ड प्रलेस स्थापना दिवसको अवसरमा ‘प्रलेसको २३ औँ अङ्कलाई ‘नारी स्रष्टा विशेष’ का रूपमा प्रकाशन गर्ने, यसको सम्पादन जिम्मेवारी महिला विभाग संयोजक डा. विन्दु शर्मालाई दिने,
ड्ड विधागत नेपाली साहित्य तथा अन्य मातृभाषाको प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना लेखनको जिम्मेवारी पाउनुभएका स्रष्टा, अनुसन्धाताहरूसँग सम्पर्क, समन्वय गरी सामग्री सङ्कलनका लागि कोषाध्यक्ष विजयराज आचार्यलाई जिम्मेवारी दिने,
ड्ड आर्थिक वर्ष २०७३–७४ को लेखा परीक्षणका लागि लेखा परीक्षकमा उद्दीम देवकोटालाई नियुक्त गर्ने ।
२०७४ भदौ २९ गतेको नवौँ बैठकका निर्णयहरू ः
ड्ड अघिल्लो बैठकको निर्णयअनुसार गठित ‘प्रलेस प्रतिभा पुरस्कार छनोट समिति’को २०७४ भदौ २५ गते बसेको बैठकले कवि केशव सिलवाललाई पुरस्कृत गर्नका लागि गरेको सिफारिसलाई अनुमोदन गर्ने,
ड्ड प्रलेस स्थापना दिवसको अवसर पारेर २०७४ असोज ५ गते आयोजना गरिने कार्यक्रममा अवधारणा–पत्र प्रस्तुतिका लागि डा. अमर गिरी, टिप्पणीका लागि आहुती, श्रवण मुकारूङ, गोविन्दप्रसाद आचार्य तथा प्रमुख आतिथ्यका लागि मोहन वैद्य चैतन्यलाई अनुरोध गर्ने, कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि अन्य आवश्यक तयारी गर्ने ।
२०७४ असोज २४ गतेको दशौँ बैठकका निर्णयहरू ः
ड्ड यस वर्षको तिहारमा कार्तिक ३ गते शुक्रबार सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गर्ने, यसको व्यवस्थापनको जिम्मेवारी केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्यलाई दिने,
ड्ड प्रलेसको वर्तमान भूमिका, यसको आगामी कार्यदिशा, पछिल्लो समय देखापरेको साङ्गठनिक समस्या तथा चुनौतीबारे छलफलसहित आवश्यक राय, सल्लाह सुझाव सङ्कलनका लागि सल्लाहाकार परिषद् बैठक डाक्ने ।

२०७४ चैत्र २ गतेको एघारौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड केन्द्रीय कोषाध्याक्ष विजयराज आचार्यले कार्यव्यस्तताको कारण देखाइ मिति २०७४ मङ्सिर १९ गते केन्द्रीय समितिसमक्ष दिनुभएको राजिनामा सम्बन्धमा यसअघि उहाँसँग गरिएको भेटघाट, छलफल तथा घटकीय संवादअनुसार राजिनामा स्वीकृत गर्ने र सम्मेलन नहुँदासम्मका लागि सचिवालय सदस्य एवं संस्कृति विभाग संयोजक कृष्णहरि भट्टलाई कार्यवाहक कोषाध्यक्षको जिम्मेवारी दिने,
ड्ड ६६ औँ प्रलेस स्थापना दिवसको अवसर पारेर ‘संस्कृति विशेष’ तथा अक्टुबर क्रान्ति शतवार्षिकी सन्दर्भमा अक्टुबर क्रान्ति, कार्लमाक्र्सको, कम्युनिस्ट घोषणापत्रसँग सम्बन्धित रचना– सामग्री सङ्कलन, सम्पादनसहित केन्द्रीय मुखपत्र ‘प्रलेस’ २४ र २५ औँ अङ्क प्रकाशन सन्दर्भमा क्रमश ः संस्कृति विभाग संयोजक एवं कोषाध्यक्ष कृष्णहरि भट्ट तथा अन्तर्राष्ट्रिय विभाग संयोजक एवं सचिवालय सदस्य सङ्गीत श्रोतालाई जिम्मेवारी दिने,
ड्ड अक्टुबर क्रान्ति शतवार्षिकी कार्यक्रमसम्बन्धमा कार्यपत्र लेखनको जिम्मेवारी पाउनुभएका लेखकहरू बेदुराम भुसाल, मुरारी अर्याल, मोहन वैद्य चैतन्य, मोहनविक्रम सिंहलगायतसँग समन्वय गरी वैशाख ८ गते काठमाडौँमा कार्यक्रम आयोजना गर्ने,
ड्ड नेपाल भाषा–साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुतिसहितको कार्यक्रमका लागि प्रलेस भक्तपुर र ललितपुर शाखासँग समन्वय गरी जेठ महिनाभित्र कार्यक्रम आयोजना गर्ने ।
ड्ड २०७४ चैत्र २७ गते इलाम शाखा र केन्द्रको संयुक्त आयोजनामा झापा आन्दोलनका योद्धा तथा वाम सङ्गठक रत्नकुमार बान्तवा स्मृति दिवसको अवसर पारेर रत्नकुमार बान्तवा स्मृति भवनमा आयोजना गरिएको तेस्रो राष्ट्रिय परिषद् बैठकको व्यवस्थापनका लागि इलाम शाखासँग समन्वय गर्ने तथा यातायात व्यवस्थापनका लागि कार्यवाहक कोषाध्यक्ष कृष्णहरि भट्टको संयोजकत्वमा सचिवालय सदस्य आर.सी. न्यौपाने र कार्यालय सचिव तथा राष्ट्रिय परिषद् सदस्य पुण्य घिमिरे सदस्य रहनुभएको यातायात व्यवस्थापन समिति गठन गर्ने ।
३.४ तेश्रो राष्ट्रिय परिषद्को बैठक तथा त्यसयताका सचिवालय बैठकका निर्णयहरू ः
३.४.१ तेस्रो राष्ट्रिय परिषद् बैठक (२०७४ चैत्र २७, चित्रे, इलाम) का निर्णयहरू ः तथा इलाम घोषणापत्र
३.४.१.१ तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरू ः
ड्ड प्रलेस दोस्रो राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत र अनुमोदित कार्ययोजनाहरूमध्ये सम्पन्न हुन नसकेका कार्यक्रमहरूको आयोजना गर्ने,
ड्ड २०७५ माघ–फागुनभित्र प्रदेश सम्मेलन, जिल्ला सम्मेलनको आयोजना गरिसक्ने, प्रदेश सम्मेलनमा हरेक प्रदेशले एकएकवटा वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने,
ड्ड आउँदो प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदेश र जिल्ला समितिसँग समन्वय गरी केन्द्रीय समिति बैठक डाक्ने,
ड्ड श्यामप्रसाद शर्माको जन्म दिनको अवसर पारेर देशव्यापी रूपमा श्यामप्रसाद शर्मा स्मृति दिवस मनाउने,
ड्ड हालसम्म आयोजित गोष्ठीहरूमा प्रस्तुत गोष्ठीपत्र सङ्कलन गरी केन्द्रीय मुखपत्र प्रकाशन गर्ने,
ड्ड आगामी ११ औँ राष्ट्रिय सम्मेलनको लागि मिति, व्यवस्थापन बारेमा सचिवालय बैठकले निर्णय गर्न सक्ने र सोही बमोजिम आवश्यक तयारी गर्ने ।

३.४.१.१ इलाम घोषणा –पत्र, २०७४
इलाम चित्रेस्थित रत्नकुमार वान्तवा स्मृतिहलमा आयोजित तेस्रो राष्ट्रिय परिषद् बैठक (२०७४ चैत्र २७) ले निम्नलिखित समसामायिक प्रस्तावहरूसहितको पन्ध्र बुँदे इलाम घोषणा –पत्र जारी गरेको छ ः
ड्ड निर्वाचनमा सहभागी दलहरूले घोषणापत्रमा उल्लेख गरेअनुसार राष्ट्र, राष्ट्रियता, जनजीविकाका सवाललाई केन्द्रित गरी समयसापेक्ष र जनमुखी विकास, वैदेशिक रोजगारलाई निरूत्साहित गर्दै तथा राष्ट्रिय पूँजीको विकासमार्फत स्वदेशमै रोजगार सिर्जना गरी स्वाधिन अर्थतन्त्रमार्फत जनताको मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै वैज्ञानिक समाजवादतर्फ मुलुकलाई अगाडि बढाउन आग्रह गर्दछ ।
ड्ड मुलुकमा गणतन्त्र स्थापना भए पनि देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादी प्रवृत्ति, असमान सन्धि सम्झौता, चीनको बढ्दो महत्वाकांक्षा, नेपाली सीमानामा हुने अतिक्रमण तथा शक्ति राष्ट्रहरूबाट नेपाललाई रणक्षेत्र बनाउने खतराप्रति सतर्क हुँदै साहित्यिक, सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रूपमा थप गतिशील बनाउन घोषित कार्ययोजना र लक्ष्यहरू पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस रूम्जाटार घोषणापत्र २०७३ को प्रतिवद्धता कार्यान्वयनका लागि पुनः जोड दिन  चाहन्छौँ ।
ड्ड राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, भाषिक तथा सूचना साम्राज्यवादी षडयन्त्र र हस्तक्षेपको अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहित सिर्जनात्मक अभियानमार्फत खबरदारी र प्रतिवाद गर्न सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई एकताबद्ध हुन आव्हान गर्दछौँ ।
ड्ड मुलुकलाई सांस्कृतिक रूपान्तरणमा अग्रसर गराउनुपर्ने यस घडीमा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू, राष्ट्रपति, प्रधानमन्त्री र माथिल्लो तहमा रहेको पदाधिकारी र पार्टीका नेताहरूको जीवनशैली तथा विभिन्न कार्यक्रमहरूमा जाँदा आउँदा देखिने भद्दा, बिलासीपूर्ण सम्मान तथा स्वागतको व्यवहार तथा शैली र परम्परालाई तत्काल बन्द गर्न माग गर्दछौँ ।
ड्ड शक्तिशाली र विकसित मुलुकले साना र विकासशील मुलुकमाथि गर्दै आइरहेको थिचोमिचो अहिलेको एक्काइशौँ शताब्दीमा पनि अन्त्य हुन सकेको छैन । शक्ति राष्ट्रहरूले आ–आफ्ना स्वार्थअनुकूल सिरियामाथि गरिएको अनधिकृत हस्तक्षेप र त्यहाँ चलाइएको नरसंहार यसैको ज्वलन्त उदाहरण हो । हामी त्यसप्रकारको आततायी घटनाको कडा निन्दा गर्दछौँ र पीडित मुलुक र जनताप्रति सहानुभूति व्यक्त गर्दछौँ ।
ड्ड राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवं संस्कृतिलाई जनसापेक्ष, जडता र आडम्बरमुक्त एवं प्रगतिशील वैज्ञानिक तथा सांस्कृतिक रूपान्तरण अनुकूलको शिक्षा नीति लागू गरी सामाजिक सांस्कृतिक स्खलन र विघठनबाट बचाउन तथा अध्ययन, वहसजस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालनका लागि यो बैठक सङ्कल्प गर्दछ ।
ड्ड वर्तमान आधुनिक समाजमा पनि महिलाहिंसा, कथित बोक्सीप्रथा, बलात्कार, जातीय विभेद र मानिस–मानिसबीचको अमानवीय व्यवहारका घटनाहरू हुनु अत्यन्त दुःखद पक्ष हो । यो बैठक त्यस प्रकारका घटना रोक्न सबै तहका सरकारबाट कडा कानुनी र नीतिगत व्यवस्था गर्न तथा यस्ता घटनामा संलग्न आरोपी र अभियुक्तमाथि हुने राजनीतिक संरक्षणको सशक्त विरोध गर्दै सिर्जनात्मक माध्यमबाट त्यस्ता प्रवृत्तिको भण्डाफोर गरी सामाजिक चेतनावृद्धिका लागि पहल गर्ने निर्णय गर्दछ ।
ड्ड नारी शरीरलाई वस्तुकरण गर्ने बढ्दो  पूँजीवादी तथा उपभोक्तावादी संस्कृतिविरुद्ध सचेत र अभियानमुखी सांस्कृतिक कार्यक्रमहरू गर्ने तथा कथित सुन्दरी प्रतियोगिता, ब्युटी प्याजेन्ट, मिस टिन, लिटल ट्यालेन्टका नाममा महिलाको बौद्धिकता नाप्ने कथित नाफामुखी परियोजनाहरूको भत्सर्नासहित लेख, रचना तथा प्रतिरोधात्मक कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्धता जाहेर गर्दछ ।
ड्ड स्वतन्त्र, स्वायत्त र निष्पक्ष हुनुपर्ने न्यायालय पहुँच र पैसाका आधारमा प्रभावित हुने गरेको कतिपय घटनाले देखाएका छन् । यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यायालयमा आम जनताको पहुँच स्थापित गर्न दबाबमूलक कार्यहरू गर्न निर्णय गर्दछ ।
ड्ड मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सरकार बनेपछि पनि स्रष्टाहरूमाथि सिर्जनात्मक कर्म र सङ्गठनात्मक काम गरेका आधारमा दमन, धरपकड गर्ने, विनापूर्जी हिरासतमा लिने र कारवाही गर्ने कार्य अझै अन्त्य भएको छैन । लोकतन्त्र, गणतन्त्र र समाजवाद स्थापनाका लागि कलम र सङ्गठनका माध्यमबाट योगदान दिने स्रष्टाहरूलाई  सम्मान गर्नाको साटो उल्टै गिरफ्तार र यातना दिने प्रकारको गतिविधि तत्काल रोक्न यो बैठक सरकारसँग कडा माग गर्दछ ।
ड्ड सङ्घीय संरचनाअनुसार सातै प्रदेशमा स्वायत्त प्रज्ञा प्रतिष्ठान गठनको वातावरण मिलाउन यो बैठक माग गर्दछ ।
ड्ड मुलुकमा आरक्षणका नाममा भइरहेको आलङ्कारिक प्रतिनिधित्वलाई अन्त्य गर्दै वास्तविक भुइँ तहका समुदाय तथा किसान र मजदुरको वर्ग र क्षेत्रको पहँुच पुग्ने गरी नीति तथा कार्यान्यन गर्न यो बैठक माग गर्दछ ।
ड्ड प्रलेसको सङ्गठनात्मक पद्धतिमा सुधार र परिवर्तन गर्दै पार्टीमा प्रतिबद्ध मात्र नभएर विधान–बमोजिम समाजवादी यथार्थवादी चिन्तनमा प्रतिबद्ध सबै प्रगतिवादी, प्रगतिशील लेखकहरूलाई समेटेर आन्दोलनलाई थप गति दिन यो बैठक जोड दिन चाहन्छ । प्रलेस सत्तारोहणको भ¥याङ बन्नु हुँदैन । यसलाई प्रतिपक्षी र आलोचनात्मक लेखकहरूको वैचारिक अभियानकेन्द्रका रूपमा क्रियाशील बनाउन यो बैठक निर्देश गर्दछ ।
ड्ड इलाम जिल्लाको समग्र विकास र यहाँको पर्यटकीय एवं बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सरहाना  गर्दै सहिद रत्नकुमार वान्तवा सुरूङमार्ग निर्माणलगायत जनजीविकाका कामलाई राज्यका तर्फबाट प्राथमिकता दिन माग गर्दछ ।
ड्ड राष्ट्रिय परिषद् बैठक आयोजना सफल बनाउन भूमिका खेल्ने केन्द्रीय व्यवस्थापन समिति, न्यानो स्वागत र कुशल व्यवस्थापनसहित स्थानीय आतिथ्यमा अगुवाई गर्ने प्रलेस  इलाम शाखा, रत्न–बम प्रतिष्ठान र स्थानीय समुदायप्रति यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
३.४.२ तेस्रो राष्ट्रिय परिषद् बैठकपछिका सचिवालय बैठकका निर्णयहरू ः
२०७५ जेठ २० गतेको एघारौँ बैठकका निर्णयहरू ः
ड्ड अक्टोबर क्रान्ति शतवार्षिकी अवसर पारेर साउन–भदौ महिनाभित्रमा काठमाडौँमा ‘अक्टुबर क्रान्तिले नेपाली कला, साहित्य, संस्कृतिमा पारेको प्रभाव’ विषयक विचार गोष्ठीको आयोजना गर्ने, गोष्ठीमा मोहनविक्रम सिंह, मोहन वैद्य ‘चैतन्य’ र बेदुराम भुसाललाई कार्यपत्र प्रस्तुतिको लागि निम्त्याउने,
ड्ड गत चैत्र २७ गते इलामको चित्रेमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठक व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्नुहुने व्यवस्थापन समिति, रत्न वम स्मृति प्रतिष्ठान, इलाम नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने,
ड्ड प्रलेस केन्द्रीय सचिव शोभा दुलाल, केन्द्रीय सदस्य विनोदविक्रम के.सी., केन्द्रीय सदस्य मोदनाथ मरहठ्ठा इच्छुक स्मृति प्रतिष्ठानबाट पुरस्कृत÷सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गर्ने ।
२०७५ भदौ २१ गतेको बाह्रौँ बैठकका निर्णयहरू ः
ड्ड २०७५ असोज ५ गते राष्ट्रिय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को सभाकक्षमा ‘अक्टुबर क्रान्तिले नेपाली कला, साहित्य, संस्कृतिमा पारेको प्रभाव’ विषयक विचारगोष्ठीसहित ६७ औँ स्थापना दिवस मनाउने ।
ड्ड कार्यक्रममा बेदुराम भुसाल र मोहन वैद्य ‘चैतन्य’ लाई कार्यपत्र प्रस्तोताका रूपमा र श्याम श्रेष्ठ तथा सरला रेग्मीलाई टिप्पणीकर्ताको रूपमा निम्त्याउने ।
ड्ड कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि प्रलेस उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा उपाध्यक्षहरू डा. पुष्करराज भट्ट, रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्ट र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको व्यवस्थापन समिति गठन गर्ने,
ड्ड प्रलेस स्थापना दिवसको अवसर पारेर प्रदान गरिँदै आएको प्रलेस प्रतिभा पुरस्कारको लागि केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरी संयोजक र सचिव शोभा दुलाल तथा सचिवालय सदस्य डा. भागवत आचार्य सदस्य रहनुभएको प्रतिभा पुरस्कार छनौट समिति गठन गर्ने,
ड्ड केही समययता सङ्गठनको साङ्गठनिक तथा वैचारिक विषयमा केन्द्रित रही सङ्गठनको दुर्वलता र सबलताबारे सार्वजनिक रूपमा उठिरहेको प्रश्नबारे सचिवालय, बैठकमा गम्भीर ध्यानाकर्षण भएको र यसबारे आगामी दिनमा स्वस्थ, छलफल, वहस गरी सकारात्मक निष्कर्षमा पुग्ने ।
२०७५ भदौ २९ गतेको तेह्रौँ बैठकका निर्णयहरू ः
ड्ड २०७५ भदौ २२ गते प्रलेस प्रतिभा पुरस्कार छनोट समितिका संयोजक रामप्रकाश पुरीको अध्यक्षतामा बसेको बैठकले प्रलेस प्रतिभा पुरस्कारको लागि विभिन्न प्रतिभाहरूबीचबाट विधागत योगदान, सिर्जनात्मक र साङ्गठनिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै संस्मरण–निबन्धकार, कवि सीता विकलाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कारको लागि गरेको सिफारिसलाई अनुमोदन गर्ने,
ड्ड कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रलेसका पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा पुरस्कार कोषका संस्थापक आनन्ददेव भट्टलाई निम्त्याउने,
ड्ड कार्यक्रममा ब्यानर तथा सम्मान–पत्रका लागि खेम थपलिया, खाजाको लागि आर.सी. न्यौपाने र प्रचारप्रसारको लागि प्रकाश सिलवाललाई जिम्मेवारी दिने,
ड्ड कार्यक्रममा स्वागत मन्तव्यका लागि खेम थपलियालाई, पुरस्कृत व्यक्तित्वको चिनारी प्रस्तुतिका लागि रामप्रकाश पुरीलाई र धन्यवाद ज्ञापनको लागि डा. पुष्करराज भट्टलाई जिम्मेवारी दिने ।


२०७५ पुस १ गतेको चौधौं सचिवालय बैठकका निर्णयहरू ः
ड्ड केन्द्रीय समितिको बैठक २०७५ पुस ७ गते शनिबार बिहान १० बजेबाट इच्छुक प्रतिष्ठानको सभाकक्ष, घट्टेकुलोमा बस्ने, व्यवस्थापनको लागि सचिवालय सदस्य आर.सी. न्यौपानेलाई जिम्मेवारी दिने,
ड्ड प्रलेस मुखपत्रको २४ औंँ अङ्क प्रकाशनको लागि महासचिव आर.एम्. डङ्गोल प्रधान सम्पादक रहने गरी र कार्यकारी सम्पादक सरिता तिवारीलाई कार्य व्यस्तताको कारण कार्यकारी सम्पादकबाट सम्पादक मण्डल सदस्यमा समावेश गरी सम्पादन मण्डलका सदस्यहरूसंगको समन्वयबाट लेखरचना सङ्कलन, सम्पादन गरी पत्रिका प्रकाशन गर्ने,
ड्ड ११ औँ राष्ट्रिय सम्मेलनअगाडिको तीन महिनाको प्रलेस परिसंवाद कार्यक्रममा विभिन्न सांस्कृतिक घटकका अगुवाहरूलाई आमन्त्रण गरी प्रलेसको साङ्गठनिक जीवनबारे विमर्श गराउने, पुस ६ गतेको कार्यक्रमको लागि जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्टलाई निम्त्याउने ।
ड्ड प्रलेसको ११ औँ राष्ट्रिय सम्मेलन आगामी चैत्र २२ –२३ गते  काठमाडौँमा आयोजना गर्ने र यसको आवश्यक तयारी थाल्ने ।
३.५ केन्द्रीय समितिको तेश्रो बैठक (२०७५ पुष ७ इच्छुक प्रतिष्ठान घटेकुलो) तथा त्यसयताका सचिवालय बैठकका निर्णयहरू ः
३.५.१ केन्द्रीय समितिको तेश्रो बैठकका निर्णयहरू ः
सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासचिव आर.एम्. डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टबाट प्रस्तुत साङ्गठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरी निम्नानसारको नीति, योजनाबारे निर्णय गरेको छ ः
ड्ड बैठकले आउँदो २०७५ चैत्र २२ शुक्रबार र २३ गते शनिबार काठमाडौँमा ११ औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय ग¥यो ।
ड्ड राष्ट्रिय सम्मेलनको तयारी सन्दर्भमा निम्नानुसार संयोजक र सदस्यहरू रहने गरी विभिन्न समितिहरू गठन गर्ने निर्णय (स्थान र समय सचिवालय बैठकले तोक्ने) ग¥यो ः

क. विधान मस्यौदा समिति
संयोजक ः मातृका पोखरेल
सदस्य ः खेम थपलिया
सदस्य ः रामप्रकाश पुरी
सदस्य ः कृष्णहरि भट्ट
सदस्य ः मोदनाथ मरहठ्ठा
ख. स्रष्टा सम्मान सिफारिस समिति
संयोजक ः डा. पुष्करराज भट्ट
सदस्य ः शोभा दुलाल
सदस्य ः आर.सी. न्यौपाने
सदस्य ः समीर सिंह
सदस्य ः छायादत्त न्यौपाने

ग. सम्मेलन व्यवस्थापन समिति
संयोजक ः खेम थपलिया
सदस्यः   पुण्य गौतम ‘विश्वास’
सदस्य ः  कृष्णहरि भट्ट
सदस्य ः  प्रकाश सिलवाल
सदस्य ः आर.सी न्यौपाने
सदस्य ः आर्थि नेपाली
सदस्य ः गौरी दाहाल
सदस्य ः साधुराम नेपाल
घ. अतिथि सत्कार समिति
संयोजक ः रमेश शुभेच्छु
सदस्य ः चेतनाथ धमला
सदस्य ः पुण्य घिमिरे
सदस्य ः भुवन बोहोरा ‘निस्तेज’
सदस्य ः जगत वाशिष्ट



ङ. प्रकाशन समिति
संयोजक ः आर.एम्. डङ्गोल
सदस्य ः डा. पुष्करराज भट्ट
सदस्य ः सरिता तिवारी
सदस्य ः नारायण शर्मा
सदस्य ः डा. भगवत आचार्य
सदस्य ः माधव घिमिरे ‘अटल’
सदस्य ः गौरी दाहाल
सदस्य ः रघुनाथ अधिकारी

च. आर्थिक समिति
संयोजक ः मातृका पोखरेल
सदस्य ः राजबहादुर कुँवर,
सदस्य ः डा. विन्दु शर्मा
सदस्य ः  मिश्र वैजयन्ती
सदस्यः  रोशन जनकपुरी
सदस्य ः  खेम थपलिया
सदस्य ः  डा. कृष्णराज अधिकारी
सदस्य ः पद्मप्रसाद शर्मा
सदस्य ः  रामप्रकाश पुरी
सदस्य ः डा. पुष्करराज भट्ट
सदस्य ः आर.एम्.डङ्गोल
सदस्य ः कृष्णहरि भट्ट
सदस्य ः गौरी दाहाल
सदस्य ः बिन्दा मैनाली
सदस्य ः प्रकाश चापागार्इँ
सदस्यः अर्जुन पौडेल ‘निर्जन’




छ. प्रतिनिधि व्यवस्थापन समिति
संयोजक ः होमशङ्कर बास्तोला
सदस्य ः आर.सी. न्यौपाने
सदस्य ः अशोक कुँवर
सदस्य ः मुक्तान थेवा
सदस्य ः बालमुकन्द कार्की
ज. प्रतिवेदन मस्यौदा समिति
संयोजक ः आर.एम्. डङ्गोल
सदस्य ः लक्षीराम आचार्य
सदस्य ः आर.सी. न्यौपाने
सदस्य ः डा. विदुर बस्ती
सदस्यः अर्जुन कार्की
झ. प्रचारप्रसार समिति
संयोजक ः प्रकाश सिलवाल
सदस्य ः प्रमोद धिताल
सदस्य ः प्रकाश थापा मगर
सदस्य ः रमेश शुभेच्छु
सदस्य ः शैलज पौडेल
सदस्य ः लमजेल सङ्घर्षशील
सदस्य ः नवराज रिजाल


ड्ड केन्द्रीय अध्यक्ष र महासचिव आमन्त्रित सदस्य रहने गरी प्रलेससँग सम्बद्ध सांस्कृतिक मोर्चाका अगुवा÷नेतृत्वदायी भूमिकामा रहनुभएका व्यक्तिहरूको निर्देशन समिति गठन गर्ने, यसले राष्ट्रिय सम्मेलनलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका खेल्ने ।
ड्ड प्रलेसको साङ्गठनिक स्वरूप, वैचारिक कार्यदिशा, सिर्जनात्मक कार्यक्रमबारे आगामी प्रलेस परिसंवाद प्रलेस सम्बद्ध सांस्कृतिक घटकका प्रमुखहरूलाई निम्त्याएर ‘साहित्यमा संयुक्त मोर्चाका भूमिका’ शीर्षकमा छलफल गर्ने ।
ड्ड प्रलेस केन्द्रीय मुखपत्र ‘प्रलेस’को २४ औँ अङ्क कार्यपत्र विशेषका रूपमा प्रकाशन गर्ने ।
ड्ड २०७५ चैत महिना (राष्ट्रिय सम्मेलन अगावै) भित्र जिल्ला शाखा र प्रदेश सम्मेलन सम्पन्न गर्ने ।
ड्ड आउँदो राष्ट्रिय सम्मेलनमा साधारण सदस्यको ५ जना बराबर १ जना प्रतिनिधिले प्रतिनिधित्व गर्ने, जिल्ला शाखा र प्रदेश समितिले आपसमा समन्वय गरी केन्द्रमा ५०% सदस्यता शुल्क उपलब्ध गराउने । सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सबै प्रतिनिधिले प्रवेश शुल्क बापत रू. ५००।– उपलब्ध गराउनुपर्ने ।
३.५.२ केन्द्रीय समितिको तेश्रो  बैठकयताका सचिवालय बैठकका निर्णयहरू ः
२०७५ फागुन २२ गतेको पन्ध्रौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड २०७५ फागुन ७ गते बसेकोे बैठकले केन्द्रीय समिति बैठकको समीक्षा ग¥यो । बैठकले लिएका निर्णयहरू कार्यान्वयनमा सक्रियता लिने निर्णय गरियो,
ड्ड घटक सङ्गठनका सांस्कृतिक मोर्चाका अगुवाहरूसँग छलफल र भेटघाट गरी आगामी राष्ट्रिय सम्मेलनको तयारी गर्ने निर्णय गरियो ।
२०७५ चैत्र ११ गतेको सोह्रौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड सचिवालय सदस्य सङ्गीत श्रोताबाट ‘प्रतिबद्ध साथीहरूलाई संवादार्थ’ शीर्षकमा प्रेषित पत्रबारे छलफल गरी उहाँले उठाउनुभएको समस्या समाधानार्थ राष्ट्रिय सम्मेलनले मात्र निर्णय लिन सक्ने तथा अन्य कतिपय समस्या प्रलेसको आन्दोलनसँगै क्रमशः हल गर्दै लान सकिने,
ड्ड एघारौं राष्ट्रिय सम्मेलन चैत्र २२–२३ गते तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्ष च्यासल, ललितपुरमा दिनको ११ः०० बजे आयोजना गर्ने तथा कार्यक्रममा उद्घाटनसत्रको प्रमुख आतिथ्यका लागि सम्माननीय प्रधानमन्त्री के.पी. ओलीलाई आमन्त्रण गर्ने,
ड्ड सम्मेलनका लागि केन्द्रबाट २५ जनालाई प्रतिनिधिको रूपमा मनोनयन गर्ने, समसामयिक प्रस्ताव मस्यौदा समितिको संयोजकमा प्रकाश सिलवाल र  निर्वाचन मण्डलको अध्यक्षताको लागि वासुदेव अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरियो ।
२०७५ चैत्र १७ गतेको सत्रौँ सचिवालय बैठकका निर्णयहरू ः
ड्ड गत चैत्र १६ गते विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रलेस नेपालका केन्द्रीय सल्लाहाकार, केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय र राष्ट्रिय परिषद्का केही सदस्यहरूको नाममा प्रेषित वक्तव्यमा प्रलेस केन्द्रीय नेतृत्वमाथि लगाइएको आरोपको प्रतिवाद गर्ने तथा राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न सक्रियतापूर्वक पहल गर्ने निर्णय गरियो ।
३.६ केन्द्रीय सल्लाहकार परिषद्को बैठक र प्राप्त सल्लाह सुझाव
२०७४ माघ १३ गते केन्द्रीय कार्यालय बागबाजारमा केन्द्रीय सल्लाहाकार परिषद्को बैठक आयोजना गरिएको थियो । अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले प्रलेस केन्द्रले अहिलेसम्म गर्दै आइरहेको साङ्गठनिक गतिविधि तथा सिर्जनात्मक र वैचारिक क्रियाकलापप्रति सन्तोष व्यक्त गर्नुका साथै पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक परिदृश्य तथा अन्तर्राष्ट्रिय घटना–परिघटनाअनुरूप प्रलेसको साङ्गठनिक स्वरूप र चरित्र, यसका आगामी कार्यदिशा तथा वर्तमान भूमिकाबारे सार्थक बहस, संवाद जारी राख्नुपर्ने, यसमा आवद्ध स्रष्टाहरूले साझा मोर्चा हुनुको सीमा र मर्यादालाई पनि ख्याल गर्दै संस्थाको गरिमा जोगाउनुपर्ने, नेतृत्वले सोहीअनुसार कार्यनिर्देश गर्नुपर्ने सल्लाह, सुझाव प्राप्त । उक्त बैठकमा निनु चापागाईँ, प्रदीप ज्ञवाली, नारायण ढकाल, लोकनारायण सुवेदी, डा. विजय सुब्बा, हेमनाथ पौडेल, आहुती, ईश्वरचन्द्र ज्ञवाली, सरला रेग्मी, मित्रलाल पंज्ञानी लगायतका सल्लाहाकारहरूको उपस्थिति रहेको थियो ।
३.७ विभिन्न विभागका बैठक तथा निर्णयहरू ः
१३ वटा विभागहरूमध्ये ७ वटा विभागले विभिन्न मितिमा बैठक बसी निम्नानुसारको निर्णयहरू गरेको छः
३.७.१ इतिहास लेखन संयोजन विभाग
२०७३ असार २७ गतेको बैठकले गरेका निर्णयहरू ः
ड्ड यसअघिको प्रलेस केन्द्रीय कार्य समितिले प्रगतिशील साहित्यको इतिहासलेखन सम्बन्धमा गरेको निर्णयहरूलाई निरन्तरता दिई कार्यान्वयन गर्ने,
ड्ड इतिहास लेखनका लागि जिम्मेवारी दिइएका सम्बन्धित विषयक्षेत्रका विज्ञहरूसँग निरन्तर सम्पर्कमा रही इतिहास लेखनका लागि ताकेता गर्ने,
ड्ड यस काममा बल पु¥याउनका लागि जिल्लाजिल्लाबाट इतिहास लेखनका लागि सामग्री सङ्कलनमा पहलकदमी लिने ।
यस विभागअन्तर्गत ‘मगर भाषाको प्रगतिशील साहित्यको इतिहास’ लेखनको जिम्मेवारी लिनुभएका लोकबहादुर थापा मगर, बालसाहित्य विधाअन्तर्गतको जिम्मेवारी पाउनुभएका विनय कसजूबाट तथा ‘मैथिली भाषाको प्रगतिशील साहित्यको इतिहास’ लेखनको जिम्मेवारी पाउनुभएका रोशन जनकपुरी र ‘नेपाली प्रगतिशील नाटकको इतिहास’ विषयमा जिम्मेवारी पाउनुभएका प्रा.डा. कपिल लामिछानेको सामग्री प्राप्त भइसकेको)
३.७.२ विधागत विभाग
२०७३ साउन १८ गतेको बैठकले गरेका निर्णयहरू ः
ड्ड विधागत विभागअन्तर्गत साहित्यका विभिन्न विधाहरूलाई संयोजन गर्ने गरी उप–समिति गठन गरिएको र सो उपसमितिमा निम्नानुसारका व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ः
ड्ड समालोचना – गुरूङ सुशान्त, निबन्ध–  दीपक सापकोटा, कथा – श्याम शाह, उपन्यास – साधुराम नेपाल, गद्य कविता – शकुन्तला जोशी, पद्यकविता – मोदनाथ मरहट्टा, गीत – टेकबहादुर बलम्पाकी, गजल – जीत कार्की, मुक्तक – रमण पौडेल, लोकसाहित्य – मनोहर लामिछाने । यी उप–समितिले बैठक बसी आवश्यक कार्ययोजना प्रस्ताव तयार गर्नुपर्ने निर्णय गरियो ।
३.७.३ मातृभाषा विभाग
२०७३ साउन २० गतेको बैठकले गरेको निर्णयहरू ः
ड्ड असोज महिनाभित्र तनहुँमा बहुभाषिक कवि गोष्ठी आयोजना गर्ने,
ड्ड माघ महिनामा जनकपुरमा मैथिली भाषामा प्रगतिशील साहित्यको अवस्था विषयक गोष्ठी गर्ने,
ड्ड यसै वर्षभित्र हेटौँडा र काठमाडौँमा ‘तामाङ’ र ‘नेपालभाषा’ मा प्रगतिशील साहित्यको अवस्था’ विषयक छुट्टाछुट्टै गोष्ठी गर्ने,
ड्ड फागुन महिनामा वीरगञ्जमा ‘भोजपुरी भाषामा प्रगतिशील साहित्यको अवस्था’बारे गोष्ठी गर्ने,
ड्ड यसै वर्षभित्र धरानमा बहुभाषिक कवि गोष्ठी गर्ने ।
३.७.४ सम्पादन÷प्रकाशन विभाग
२०७३ साउन २३ गतेको बैठकले गरेको निर्णयहरू ः
ड्ड सङ्गठनको मुखपत्रका रूपमा प्रकाशन हुँदै आइरहेको ‘प्रलेस’ पत्रिकाको २२ औँ अङ्क ‘दसौँ राष्ट्रिय सम्मेलन विशेष’ का रूपमा प्रकाशन गर्ने,
ड्ड प्रलेसका आगामी अङ्कहरूका लागि गोष्ठीपत्र, टिप्पणी, विचार जस्ता सामग्री सङ्कलनका लागि आर.एम्. डङ्गोल, सिर्जना विशेषका लागि सरिता तिवारी र केन्द्र, प्रदेश, शाखा गतिविधि सम्बन्धी सामग्रीका लागि भागवत आचार्यलाई जिम्मेवारी दिने ।
३.७.५ महिला विभाग
२०७३ साउन २८ गतेको बैठकले गरेको निर्णयहरू ः
ड्ड ‘प्रलेस’ को आगामी कुनै एक अङ्कलाई ‘महिला लेखन विशेषाङ्क’ बनाउने गरी आवश्यक सामग्री सङ्कलन गर्ने,
ड्ड यसै वर्षभित्र ‘पारिजातको आख्यानमा नारी चेतना विषयक’ गोष्ठी गर्ने,
ड्ड प्रगतिशील महिला समालोचना लेखनको समस्यालाई मध्यनजर गरी समालोचना लेखन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने,
ड्ड ‘समसामयिक प्रगतिशील नेपाली कवितामा महिला उपस्थिति’ विषयक विचार गोष्ठी एवम् बृहत् कवि गोष्ठीको आयोजना गर्ने ।
३.७.६ बालसाहित्य विभाग
२०७३ साउन २७ गतेको बैठकले गरेका निर्णयहरू ः
ड्ड यही असोज महिनाभित्रमा ‘प्रगतिशील लेखनमा बालसाहित्यको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने,
ड्ड आउँदो पुस महिनामा बालसाहित्य कार्यशालाको आयोजना गर्ने ।
३.७.७ प्रचारप्रसार विभाग
२०७३ साउ २८ गतेको बैठकले गरेका निर्णयहरू
ड्ड प्रगतिशील लेखक सङ्घ, नेपालको साङ्गठनिक परिचय झल्किने परिचय पुस्तिका (ब्रोसर) तयार गर्ने,
ड्ड प्रलेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यहरूलाई लक्ष्यित गरी सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने,
ड्ड प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको इतिहास झल्कने वृत्तचित्र निर्माणको लागि प्रयत्न गर्ने,
ड्ड विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको सम्पर्क, अन्य साहित्यिक पत्रिकाहरूको विवरण सहितको सम्पर्कसामग्री तयार गर्ने ।

४. निर्णय कार्यान्वयनका क्रममा भएका वैचारिक, सिर्जनात्मक कार्यहरू
४.१ श्यामप्रसाद शर्माको राष्ट्रिय अभिनन्दनमा सहभागिता
२०७३ वैशाख २९ गते प्रगतिवादी साहित्यका अगुवा ‘श्यामप्रसाद अभिनन्दन राष्ट्रिय समिति’ले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा प्रलेस, केन्द्रका तर्फबाट  केन्द्रीय अध्यक्ष मातृका पोखरेलबाट प्रलेसका संस्थापक अध्यक्षसमेत रहिसक्नुभएका प्रसिद्ध प्रगतिवादी स्रष्टा श्यामप्रसाद शर्मालाई आभिनन्दन पत्र प्रदान गरियो ।
४.२. ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रम
प्रलेस केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा २०७३ साउन ८ गते शनिबार बनेपा नगरपालिकाको सभाकक्षमा ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकार एवम् राजनीतिज्ञ नारायणमा बिजुक्छेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कवि एवम् समालोचक पुरूषोत्तम सुवेदीले सो  विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार आहुतिले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि विमल निभालगायत मोदनाथ मरहट्टा, निभा शाह, केवल बिनाबी, दीपक सापकोटा, मुक्तान थेवा, रामप्रकाश पुरी, राजु स्याङ्तान, निर्भिकजङ रायमाझी, लक्ष्मण सापकोटा, पुष्पदास स्याउला लगायत २५ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् सर्जक, साहित्यिक पत्रकार मोहन दुवालले पनि मन्तव्य राख्नुभएको थियो । प्रलेस काभ्रेका अध्यक्ष लोक लामाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस उपाध्यक्ष खेम थपलिया र महासचिव आर एम्.डङ्गोलले पनि बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो ।
४.३ ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व विषयक गोष्ठी एवम् कविता वाचन कार्यक्रम
प्रलेस केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा २०७३ भदौ ११ गते भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयोजना  गरियो । प्रलेसको पूर्व अध्यक्ष एवं माकर््सवादी समीक्षक÷समालोचक निनु चापागार्इँको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा समीक्षक एवं संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. विजय सुब्बा र बन्धु चन्दले टिप्पणी गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य एवम् समीक्षक गुरूङ सुशान्तले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अभय श्रेष्ठ, माधव घिमिरे ‘अटल’, शोभा दुलाल, आनन्दराम पौडेल, शशी लुमुम्बु, मित्रलाल पंज्ञानी, मधु क्षेत्री, पुण्य घिमिरे, चेतनाथ धमला, अशोक कुँवर, ढुण्डीराज अधिकारी सुदेश सत्याल लगायतका स्रष्टाहरूले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो ।
४.४ साहित्यकार लक्ष्मण सापकोटालाई प्रलेसको लोगो र झन्डा हस्तान्तरण
प्रथम साहित्यिक हिमाल आरोही, प्रलेस काभ्रेका उपाध्यक्ष साहित्यकार लक्ष्मण सापकोटाले २०७३ असोज १ गतेबाट प्रलेसको लोगो र झन्डासहित प्रगतिशील साहित्यिक जागरणको उद्देश्यले आरम्भ गर्न लाग्नुभएको प्रथम मेची–महाकाली साहित्यिक दौड अभियानको सिलसिलामा उहाँलाई प्रलेसका झन्डा र लोगो तथा शुभकामनासहित बिदाई कार्यक्रमको आयोजना गरियो । केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेलले उहाँलाई लोगो र झन्डा हस्तान्तरण गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव सरल सहयात्री, रक्तिम सांस्कृतिक पारिवारका रामप्रकाश पुरी, प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्ट, एवम् प्रलेस पूर्व सचिवालय सदस्य वलराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
४.५ पुस्तक सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम
ड्ड उपन्यासकार लोकबहादुर थापा मगरद्वारा लिखित ‘सम्झनाका घाउहरू’ र ‘विश्वास’ (मगरभाषाबाट नेपाली भाषामा अनुदित) दुई औपन्यासिक कृतिको २०७३ असोज १३ गते डेनिसहल बागबजारमा सार्वजनिक गरियो । माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलद्वारा सार्वजनिक गरिएको उक्त कृतिमाथि प्रा. रमेश भट्टराई, प्रा. जगत् प्रेक्षित र आहुतीले समीक्षा गर्नुभएको थियो । प्रलेस उपाध्यक्ष रामप्रकाश पुरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा प्राज्ञ श्रवण मुकारूङ र कृतिका स्रष्टा लोकबहादुर थापा मगरले पनि बोल्नुभएको थियो । प्रलेस महासचिव आर.एम्. डङ्गोलद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो ।
ड्ड २०७३ पुस १ गते प्रलेस केन्द्रीय कार्यालय बागबजारमा आयोजित प्रलेस परिसंवादको पहिलो श्रृङ्खला अवसर पारेर प्रलेस प्रकाशक रही प्रकाशित कथाकार रोहित दाहालको ‘पैतालाले थिचेको देवता’ कथासङ्ग्रहको सङ्घका अध्यक्ष मातृका पोखरेलले सार्वजनिक गर्नुभयो ।
ड्ड सङ्घको, केन्द्रीय कार्यालय बागबजारमा २०७५, साउन ११ गते प्रलेस केन्द्रीय सदस्य एवं प्रगतिशील आख्यानकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ को कथाकृति ‘ऋतु फेरिदै जान्छ’ माथि विमर्श कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रा.डा. गोपीन्द्र पौडेल र केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्टले कृतिमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, तेजविलास अधिकारी, जगत वाशिष्ट र डा. विशेष्य लगायतका स्रष्टाहरूले आ–आफ्नो दृष्टिकोण राख्नुभएको थियो । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष कृष्णहरि भट्टले राख्नुभएको थियो ।


४.६ तनहँुको दमौलीमा बहुभाषिक काव्य गोष्ठीको आयोजना
प्रलेस मातृभाषा विभाग र प्रलेस तनहुँ शाखाको संयुक्त आयोजनामा २०७३ मङ्सिर ११ गते तनहुँको दमौलीमा बहुभाषिक कविगोष्ठी आयोजना गरियो । उक्त कार्यक्रममा भोजपुरी, धिमाल, तामाङ, मगर, नेपाल, भाषामा गीत, गजल, कविताहरू प्रस्तुत गरिएका थिए भने स्थानीय राजनीतिक पार्टीका नेताहरूका साथै माक्र्सवादी बुद्धिजीवि शेषमणि आचार्य, प्रगतिवादी बुद्धिजीवि डा. रविलाल अधिकारी, प्रलेस उपाध्यक्ष डा. कृष्णराज अधिकारी, केन्द्रीय सदस्य राजु स्याङ्तान, वैधनाथ ठाकुर लगायतका अतिथिहरूले मन्तव्य राख्नुभएको थियो । प्रलेस तनहुँका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो ।
४.७ ‘नेपाली लघुकथामा सामाजवादी यथार्थवाद’ र ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति, टिप्पणी तथा रचना वाचन कार्यक्रम
२०७३ फागुन १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रलेस केन्द्रको सहकार्यमा र ओखलढुङ्गा, रूम्जाटारस्थित सनराइज स्कुल सभाकक्षमा ‘नेपाली लघुकथामा समाजवादी यथार्थवाद’ र ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयमा क्रमशः प्रलेस उपाध्यक्ष डा. पुष्करराज भट्ट र कोषाध्यक्ष विजयराज आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि क्रमशः प्रलेस महासचिव आर.एम्. डङ्गोल र महिला उपाध्यक्ष डा. विन्दु शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व प्रलेस केन्द्रीय अध्यक्ष एवं प्राज्ञ मातृका पोखरेलले गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा प्रलेस पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् प्राज्ञ नर्मदेश्वरी सत्याल उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवार र स्थानीय समाजसेवी सीताराम गुरूङको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन प्रलेस बाल साहित्य विभाग संयोजक एवम् केन्द्रीय सचिव होमशङ्कर बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा प्रलेस केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य एवम् स्थानीय स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
४.८ ‘समकालीन कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम
२०७३ चैत २६ गते प्रलेस केन्द्र र कास्की शाखाको संयुक्त आयोजनामा ‘समकालीन कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणीमूलक कार्यक्रम सम्पन्न गरियो । प्रा.डा. जगदीशचन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि प्रा.डा. यदुनन्दन उपाध्याय र प्रलेस केन्द्रीय सचिवालय सदस्य सङ्गीत श्रोताले टिप्पणी गर्नुभएको थियो । प्रलेस कास्की शाखा अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कास्की शाखा सचिव परशुराम कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतिथ्य केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीले गर्नुभएको थियो ।
४.९ ‘नेपाली शास्त्रीय छन्द कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम
२०७४ वैशाख ९ गते प्रलेस केन्द्र र चितवन शाखाको संयुक्त आयोजनामा साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसको अवसर पारी ‘नेपाली शास्त्रीय छन्द कवितामा प्रगतिशीलता’ विषयक कार्यपत्र प्रस्तुति तथा टिप्पणी कार्यक्रम आयोजना गरियो । कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि प्रा. जगत उपाध्याय प्रेक्षितले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमाथि डी. आर. पोखरेल, रविकिरण ‘निर्जीव’, एल्.बी. क्षेत्रीलगायतले जिज्ञासा एवं आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार पारिजातको जीवनी र कर्मबारे प्रलेस केन्द्रीय सचिव सरिता तिवारीले बोल्नुभएको थियो ।  प्रलेस चितवन शाखाका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य मोदनाथ मरहठ्ठाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन चितवन शाखाका सचिव विपिन पाठकले गर्नुभएको थियो ।
४.१० स्मृतिसभा तथा श्रद्धाञ्जलि कार्यक्रम
ड्ड रामप्रसाद प्रदीप स्मृतिसभा
प्रलेस, केन्द्रीय समितिको आयोजनामा २०७३ जेठ १५ गते अनामनगरस्थित संवाद डबलीमा नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका अगुवा, प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकारसमेत रहनुभएका रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्न र उहाँको योगदानको स्मरण गर्न स्मृतिसभाको आयोजना गरियो । कार्यक्रममा उहाँको व्यक्तित्व र योगदानबारे साहित्यकार एवम् नेकपा (एमाले) केन्द्रीय सचिव प्रदीप ज्ञवाली, प्रलेसका निवर्तमान अध्यक्ष एवम् प्राज्ञ डा. अमर गिरी र प्रलेसका पूर्व उपाध्यक्ष एवं साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिहर खनालले बोल्नुभएको थियो । कार्यक्रममा रामप्रसाद प्रदीपको परिवारजनको पनि उपस्थिति रहेको थियो ।
ड्ड श्यामप्रसाद शर्मा श्रद्धाञ्जली कार्यक्रम
गत वैशाख २४ गते ८७ वर्षको उमेरमा निधन हुनुभएका यस संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहाकार श्यामप्रसाद शर्माको स्मृतिमा २०७४ जेठ २० गते पदमकन्या क्याम्पस, डेनिसहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा श्यामप्रसादको जीवनी र कर्म तथा उनीसँगको सहकार्यका बारेमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व अध्यक्ष निनु चापागाईँ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरी, शान्तदास मानन्धर, हरिहर खनाल, राम विनय, बासुदेव अधिकारी, मित्रलाल पंज्ञानी लगायत श्यामप्रसाद शर्माकी छोरी सम्झना शर्माले पनि बोल्नुभएको थियो । श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्व विषयमा प्रलेस केन्द्रीय महिला उपाध्यक्ष डा. विन्दु शर्माले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो भने सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो ।
४.११ प्रलेस स्थापना दिवस
ड्ड ६४ औँ स्थापना दिवस
प्रगतिशील लेखक सङ्घ स्थापनाको ६४ वर्ष पुगेको उपलक्ष्यमा २०७३ असोज ५ गते एक समारोहका बीच स्थापना दिवस कार्यक्रममा सम्पन्न गरिएको छ । प्रलेसका पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा पुरस्कारका संस्थापक आनन्ददेव भट्टको प्रमुख आतिथ्यका आयोजित उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रलेस उपाध्यक्ष रामप्रकाश पुरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा कवि, निबन्धकार, एवम् समालोचक विनोद मञ्जनलाई ‘प्रलेस प्रतिभा पुरस्कार–२०७२’ प्रदान गरिएको थियो । कार्यक्रममा ‘प्रगतिशील लेखक सङ्घका चुनौतीहरू’ शीर्षकमा प्रा. रमेश भट्टराइले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा.डा. श्रीधर गौतम र हेमनाथ पौडेलले टिप्पणी गर्नुभएको थियो । प्राज्ञ सुलोचना मानन्धर र कवि एवं कलाकार नमुना शर्माले क्रमशः कविता र गीत प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रलेसका निवर्तमान अध्यक्ष एवं प्राज्ञ डा. अमर गिरी र सल्लाहाकार प्रा.डा. जगदीशचन्द्र भण्डारीले मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा प्रलेसको केन्द्रीय मुखपत्र ‘प्रलेस २२’ समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो भने अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो ।

ड्ड ६५ औँ स्थापना दिवस
२०७४ असोज ५ गते प्रगतिशील लेखक सङ्घ, नेपालको ६५ औँ स्थापना दिवसको अवसर पारेर प्रलेस प्रतिभा पुरस्कार अर्पण तथा ‘प्रगतिशील दृष्टिमा पुरस्कार र सम्मान संस्कृति’ विषयक विचारगोष्ठीको आयोजना गरियो । माक्र्सवादी सौन्दर्यचिन्तक, समालोचक मोहन वैद्य चैतन्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कवि केशव सिलवाललाई रू. १०, ००० ।– (दस हजार) नगद पुरस्कारसहित प्रलेस प्रतिभा पुरस्कार २०७३ अर्पण गरियो । उक्त कार्यक्रममा पुरस्कृत व्यक्रित्वका बारेमा केन्द्रीय महिला उपाध्यक्ष डा. विन्दु शर्माले बोल्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा प्रलेसका निवर्तमान अध्यक्ष एवं प्राज्ञ डा. अमर गिरीले अवधारण–पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणापत्र माथि प्रलेस केन्द्रीय सल्लाहकार आहुति, नेपाली लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ श्रवण मुकारूङ र गोविन्दप्रसाद आचार्यले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रलेस पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा कोषका संस्थापक आनन्ददेव भट्टसहित सल्लाहाकारहरू, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सचिवालय सदस्य कृष्णहरि भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव आर.एम्.डङ्गोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

ड्ड ६६ औँ स्थापना दिवस
२०७५ असोज ५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को सभाकक्षमा प्रगतिशील लेखक सङ्घको ६६ औँ वार्षिकोत्सव अवसरमा ‘अक्टोबर क्रान्तिले नेपाली कला– साहित्यमा पारेको प्रभाव’ विषयक विचारगोष्ठीसहित प्रलेस प्रतिभा पुरस्कार २०७४ बाट साहित्यकार सीता वि.क.लाई सम्मान गरियो । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि पूर्व अध्यक्ष एवं केन्द्रीय सल्लाहाकार निनु चापागाईले (प्रमुख अथितिको रूपमा कार्यक्रममा आमन्त्रण गरिनुभएका आनन्ददेव भट्ट स्वास्थ्य समस्याको कारण आउन सक्नुभएन ।) मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष खेम थपलियाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रमको पहिलो चरणमा विशिष्ट अतिथि निनु चापागाईँ र अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिका संयोजक सोनाम साथीबाट कवि, निबन्धकार सीता विक प्रलेस प्रतिभा पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा ‘अक्टोबर क्रान्तिले नेपाली कला साहित्यमा पारेको प्रभाव’ विषयमा माक्र्सवादी सौन्दर्य चिन्तक एवं समीक्षक मोहन वैद्य ‘चैतन्य’ र माक्र्सवादी दर्शनशास्त्रका अध्येता बेदुराम भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि अधिकारकर्मी तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठ र प्रलेस सल्लाहाकार स्रष्टा सरल रेग्मीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा विशष्टि अतिथि निनु चापागाईँ तथा अर्का अतिथि सोनाम साथीले पनि आ –आफ्नो मन्तव्य राख्नुभएको थियो । प्रलेसका पूर्व अध्यक्ष एवम् सल्लाहाकार डा. अमर गिरीको समेत उपस्थिति रहेको यस कार्यक्रमको प्रारम्भमा केन्द्रीय सदस्य प्रकाश थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा प्रलेस उपाध्यक्ष डा. पुष्करराज भट्टले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो ।

४.१२ प्रगतिशील देउसी/भैलो कार्यक्रम
ड्ड २०७३ कार्तिक १४ र १५ गते काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानका उद्यमी, व्यवसायी, स्रष्टा तथा राजनीतिक पार्टीका नेताहरूको निवासमा प्रगतिशील देउसी–भैलो कार्यक्रम सञ्चालन गरियो । कार्तिक १४ गते सङ्घका अध्यक्ष मातृका पोखरेलको निवासस्थानबाट प्रारम्भ भएको उक्त कार्यक्रममा प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा, प्राज्ञ प्रा.डा. जीवेन्द्रदेव गिरी, नर्मदेश्वरी सत्याल, द्वारिका श्रेष्ठ, वासुदेव अधिकारी, चिन्तामणि सिवाकोटी, भीष्म उप्रेती, जयन्ती स्पन्दन, डा. रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, जगत् प्रेक्षित, भारद्वाज भित्र, डोलिन्द्रप्रसाद शर्मा, राधेश्याम लेकाली, भक्तबहादुर नेपाली, सुरेन उप्रेती, लाक्पाफुटी शेर्पा तथा राजनीतिक पार्टीका शीर्पस्थ नेता के.पी. ओली, प्रदीप ज्ञवाली, सी.पी.मैनाली आदिसँग भेटघाट गरिएको थियो । कार्यक्रमको समापन महासचिव आर.एम्. डङ्गालेको निवासस्थानमा गरिएको थियो । प्रलेसका सल्लाहाकार प्रा.डा. जगदीशचन्द्र भण्डारी, ईश्वरचन्द्र ज्ञवाली, मित्रलाल पज्ञांनीको समेत सहभागिता रहेको उक्त कार्यक्रमको संयोजन केन्द्रीय सदस्य रमेश शुभेच्छुले गर्नुभएको थियो भने व्यवस्थापनको जिम्मेवारी सङ्घका कोषाध्यक्ष विजयराज आचार्यले लिनुभएको थियो ।

ड्ड २०७४ कार्तिक ३ गते अनामनगरस्थित सामाजिक सेवा समाजको हलमा सामूहिक देउसी–भैलो कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा सल्लाहाकार हेमनाथ पौडेल र ईश्वरचन्द्र ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा प्रलेस केन्द्रीय मुखपत्र प्रलेस २३, ‘नारी स्रष्टा विशेष’ सार्वजनिक गरिएको थियो । उक्त साँस्कृतिक कार्यक्रमको संयोजन प्रलेस केन्द्रीय सदस्य रमेश शुभेच्छुले गर्नुभएको थियो ।

४.१३ भेटघाट÷स्वागत कार्यक्रम
ड्ड बङ्गलादेशी प्रगतिशील संस्थाहरूको स्वागत कार्यक्रम
पारिवारिक भ्रमणमा नेपाल आइपुग्नुभएका बङ्गलादेशी प्रगतिशील लेखक सङ्घका केन्द्रीय सङ्गठन सचिव माधव रेलाई २०७३ कार्तिक १ गते सङ्घको केन्द्रीय कार्यालयमा महासचिव आर.एम्.डङ्गोलले स्वागत गर्नुभएको थियो । उक्त भेटघाट तथा स्वागत कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय विभागका संयोजक सङ्गीत श्रोताले गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष निनु चापागाईँ, निवर्तमान अध्यक्ष डा. अमर गिरी र महासचिव मित्रलाल पंज्ञानीसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू एवम् अन्तर्राष्ट्रिय विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।

ड्ड भारतीय नेपाली साहित्यकारहरूसङ्गको भेटघाट तथा सम्मान कार्यक्रम
२०७४ जेठ ८ गते साँझ बागबजारस्थित हार्दिक होटलमा भारतीय नेपाली साहित्यकारहरूसँगको भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीको अवसर पारेर काठमाडौंँमा आयोजित त्रिदिवसीय वाङ्मय सम्मेलनमा भाग लिन आउनुभएका भारतीय नेपाली साहित्यकारहरू केदार गुरूङ, ज्ञानेन्द्र खतिवडा, रूपेश शर्मा, ज्ञानबहादुर, क्षेत्री, टीका भाइ, शुभद्रा बमजन, ज्ञानेन्द्र याक्सो, कृष्णराज घतानी, विकास शर्मा, गोपाल भित्रीकोटीलाई सम्मानसहित रात्रिभोजको आयोजना गरिएको थियो । प्रलेस केन्द्रीय समिति र युद्धप्रसाद स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रलेसका पूर्व अध्यक्ष निनु चापागाईँको पनि उपस्थिति रहेको थियो । युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव आर.एम्. डङ्गालेले गर्नुभएको थियो ।

ड्ड प्रगतिशील लेखक सङ्घ, राजस्थान, भारतका साहित्यकारहरूसँगको अन्तत्र्रिmया कार्यक्रम
२०७५ जेठ १ गते प्रलेस केन्द्रीय कार्यालय, बागबजारमा प्रलेस राजस्थान, भारतका महासचिव इश मधु तलबारको नेतृत्वमा साहित्यकार एवं पत्रकार सुधांशुकुमार सतीश, हरिश गुप्ता, पुनम गुप्तासहितको टोलीसँग भेटघाट तथा आन्तत्र्रिmया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेल, महासचिव आर.एम्. डङ्गोल, पूर्व अध्यक्ष एवं सल्लाहाकार डा. अमर गिरी, पूर्व महासचिव गोपाल ठाकुर, सचिवालय सदस्य आर.सी. न्यौपाने, नेपाली लेखक सङ्घका उपाध्यक्ष गोपाल अश्क, प्रगतिशील आख्यानकार, कवि अभय श्रेष्ठ लगायतले प्रगतिशील, नेपाली साहित्यको बारेमा चर्चा गर्नुभएको थियो भने भारतीय टोलीका तर्फबाट इश मधु तलबारले सांस्कृतिक साम्राज्यवाद विरोधी मोर्चामा सँगै मिलेर काम गर्नुपर्ने कुरा बताउनुभएको थियो । कार्यक्रममा प्रलेस उपाध्यक्ष रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्ट, त्रि.वि. हिन्दी विभाग प्रमुख सञ्जिता वर्माको समेत उपस्थिति रहेको थियो ।

४.१४ प्रलेस परिसंवाद कार्यक्रम
हरेक महिनाको पहिलो शुक्रबार सञ्चालन गरिँदै आएको ‘प्रलेस परिसंवाद’ कार्यक्रमको विवरण यसप्रकार छ ः
ड्ड २०७३ पुस १ गतेको पहिलो श्रृङ्खलामा जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी विषयमा समीक्षक एवं लेखक रजेन्द्र महर्जन अतिथि वक्ताको रूपमा आमन्त्रित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा डा. विन्दु शर्मा, खेम थपलिया, शोभा दुलाल, आर.सी. न्यौपाने, कृष्णहरि भट्ट, राजु स्याङ्तान, गुरूङ सुशान्त, गौरी दाहाल, नरेश ज्ञवाली, चिरञ्जिवी लामिछाने लगायतले आ– आफ्नो पूरक भनाइ तथा जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७३ माघ ७ गतेको दोस्रो श्रृङ्खलामा ‘हृदय चन्द्र सिंह प्रधानको प्रगतिशीलमा योगदान’ विषयक परिसंवादमा कवि एवम् समीक्षक श्यामल अतिथिवक्ता हुनुहुन्थ्यो । उःत्त कार्यक्रममा डा. विन्दु शर्मा, प्रकाश सिलवाल, साघुराम नेपाल लगायतले आ–आफ्ना पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७३ फागनु ६ गतेको तेस्रो श्रृङ्खलामा ‘नेपाली कवितामा आधुनिकता’ विषयमा कवि समालोचक डा. रामप्रसाद ज्ञवाली अतिथि वक्ताको रूपमा निम्त्याइनु भएको थिो । उक्त कार्यक्रममा डा. विन्दु शर्मा, गौरी दाहाल, सी.बी. आचार्य, चेतनाथ हमला, साघुराम नेपाल लगायतले आ–आफ्ना पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७४ चैत्र ४ गतेको चौँथो श्रृङ्खलामा ‘जन आन्दोलनमा स्रष्टाहरूको भूमिका सन्दर्भमा चैत्र–३ र चैत्र–३० को भूमिका’ विषयमा अतिथि वक्ता हरिगोविन्द लुइँटेल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ‘स्रष्टा चैत्र–३०’ का संयोजक मनोज न्यौपानेलाई पनि वक्ताको रूपमा निम्त्याइएको थियो । छलफलमा गोपिरमण उपाध्याय, रणेन्द्र बराली प्रकाश सिलवाल, कृष्णहरि भट्ट, आर.सी. न्यौपाने, तारा लम्साल लगायतका स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो ।

ड्ड २०७४ जेठ ५ गतेको पाँचौँ शृङ्खलामा ‘प्रगतिशील उपन्यास लेखनमा चुनौति’ विषयमा अतिथि वक्ताको रूपमा नारायण ढाकाललाई निम्त्याइएको थियो । कार्यक्रममा गोपिरमण उपाध्याय, राम विनय, रणेन्द्र बराली, रेशम विरही, गुरूङ सुशान्त, पुण्य गौतम ‘विश्वास’, प्रकाश सिलवाल, दीपक सापकोटालगायतका सहभागीहरूले आ–आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७४ असार २ गतेको छैठौँ श्रृङ्खलामा ‘नेपाली कथा लेखनमा चुनौति’  विषयमा अतिथि वक्ताका रूपमा डा. ऋषिराज बराललाई निम्त्याइएको थियो । कार्यक्रममा पुरूषोत्तम रिजाललगायतले आफ्नो विचार र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७४ साउन ६ गतेको सातौँ श्रृङ्खलामा अतिथि वक्ताका रूपमा राजनीतिकर्मी लोकनारायण सुवेदीलाई निम्त्याइएको थियो । उहाँले ‘पुष्पलालको साहित्य चिन्तन’ विषयमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा हरिगोविन्द लुइँटेल, रणेन्द्र बराली, केशव खड्का, रचना शर्मा लगायतले आ– आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो ।
ड्ड २०७४ भदौ २ गतेको आठौँ श्रृङ्खलामा ‘प्राचीन नेपालमा गणतान्त्रिक चिन्तन’ विषयमाथि माक्र्सवादी चिन्तक एवं समीक्षक मुरारी अर्यालले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा बलराम तिमिल्सिना समीर सिंह, रणेन्द्र बरालीले आ–आफ्ना विचार राख्नुभएको थियो ।

ड्ड २०७४ मङ्सिर १ गतेको नवौँ श्रृङ्खलामा ‘नेपाली लोकसाहित्यमा प्रगतिशीलता’ विषयमा लोकसाहित्यका अध्येता मनोहर लामछानेले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ नर्मदेश्वरी सत्याल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, बलराम तिमिल्सिना, कृष्णहरि भट्ट, बैरागी जेठा लगायतका सहभागीहरूबाट आ–आफ्ना जिज्ञासा एवं विचार प्रस्तुत गरिएको थियो ।

ड्ड २०७४ पुस ७ गतेको दशौँ श्रृङ्खलामा माक्र्सवादी दर्शनका अध्येता गोपिरमण उपाध्यायले ‘पूर्वीय दर्शनमा भौतिकवाद’ विषयमा केन्द्रित रही आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माक्र्सवादी दर्शनका अध्येता बेदुराम भुसाल, विष्णु प्रभात, राम विनय, बलराम तिमल्सिना, सीता शर्मा, रोहित दाहाल, डा. भागवत आचार्य, आर.सी. न्यौपाने, पुण्य घिमिरे लगायतका सहभागीहरूबाट जिज्ञासा एवम् विचार प्रस्तुत गरिएको थियो ।

ड्ड २०७४ माघ ५ गतेको ११ औँ श्रृङ्खलामा ‘युद्धप्रसाद मिश्रको साहित्यिक योगदान’ विषयमा कवि बासुदेव अधिकारी अतिथि वक्ताका रूपमा निम्त्याइनुभएको थियो । उक्त कार्यक्रममा गोपिरमण उपाध्याय, युद्धप्रसाद मिश्रकी छोरी कमल मिश्र, आर.सी. न्यौपाने, प्रकाश थापा मगर लगायतले आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७४ फागुन ४ गतेको १२ औँ श्रृङ्खलामा ‘प्रगतिवादी नेपाली साहित्यका सन्दर्भमा घनश्याम ढकालको योगदान’ विषयक परिसंवादमा डा. अमर गिरी अतिथि वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा खेम थपलिया, रोहित दाहाल, आर.सी. न्यौपाने, जगत वाशिष्टले आफ्ना जिज्ञासा एवम् विचार राख्नुभएको थियो ।
ड्ड २०७४ चैत २ गतेको १३ औँ श्रृङ्खलामा ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमाथि अतिथि वक्ताका रूपमा निम्त्याइनुभएका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा डा. विन्दु शर्मा, डा. भागवत आचार्य, नारायण निरासी, भुवन बोहोरा ‘निस्तेज’, विष्णु थिङलगायतले आ– आफ्ना विचार र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ जेठ ४ गतेको १४ औँ श्रृङ्खलामा ‘कवि इच्छुक ः जीवन र कर्म’ विषयमा अतिथि वक्ता प्रा.डा. गोपीन्द्र पौडेल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा रामप्रकाश पुरी, गोपिरमण उपाध्याय, देविका तिमल्सिना, आर.सी. न्यौपाने, तेजविलास अधिकारी डा. शान्तिमाया गिरी लगायतले आ– आफ्नो पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ असार १ गतेको १५ औँ श्रृङ्खलामा ‘रूपचन्द्र विष्ट र थाहा चिन्तन’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता वाम बुद्धिजीवि एवं राजनीतिक विश्लेषक श्याम श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा शान्ता मानवी, गोपिरमण उपाध्याक्ष, मोहनबहादुर कायस्थ, राम विनय, भारद्वाज मित्र, समीर सिंह, श्याम रिमाल, जगत वाशिष्ट लगायतले आ– आफ्नो पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ साउन ४ गतेको १६ औँ श्रृङ्खलामा ‘प्रगतिशील दृष्टिमा सबाल्टर्न अध्ययन’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता प्रा.डा. ताराकान्त पाण्डेय हुनुहुन्थ्यो । कर्याक्रममा प्रलेस पूर्व अध्यक्ष एवं सल्लाहाकार डा. अमर गिरी, वरिष्ठ समालोचक प्रा.डा बद्रीविशाल पोखरेल, गोपिरमण उपाध्याय, सिर्जना शर्मा, मनोहर लामिछाने लगायतले आ– आफ्ना पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ भदौ १ गतेको १७ औँ श्रृङ्खलामा ‘प्रगतिशील साहित्यमा महिलाको उपस्थिति’ विषयमा अतिथि वक्ताको रूपमा साहित्यकार, समालोचक सीता शर्मालाई निम्त्याइएको थियो । उक्त छलफल कार्यक्रममा कृष्णहरि भट्ट, आर.सी. न्यौपाने, समीर सिंह, तेजविलास अधिकारी, विन्दा मैनाली लगायतले जिज्ञासा एवं आफ्ना पूरक भनाइ राख्नुभएको थियो ।

ड्ड २०७५ मङ्सिर ७ गतेको परिसंवाद कार्यक्रममा ‘पदमरत्न तुलाधरको जीवन र सिर्जना’ विषयमा छलफल भयो । उक्त कार्यक्रमको अतिथि वक्ता डा. चुन्दा बज्राचार्य हुनुहुन्थ्यो । कार्यक्रममा सरला रेग्मी, कृष्णहरि भट्ट लगायतले आफ्नो भनाइ र जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ पुष ६ गतेको १९ औं श्रृङ्खलामा ‘साहित्यमा संयुक्त मोर्चाको भूमिका’ विषयमा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष  कृष्णहरि भट्टले आ–आफ्नो भनाइ राख्नुभयो । प्रगतिशील लेखक सङ्घ नेपालको ११ औं राष्ट्रिय सम्मेलन सन्दर्भमा आयोजित उक्त कार्यक्रममा देविका तिमिल्सिना समीर सिंह, आर.सी. न्यौपाने, खेम थपलिया, गोपिरमण उपाध्यायलगायतले पूरक भनाइ एवं जिज्ञासा राख्नुभएको थियो ।

ड्ड २०७५ माघ ५ गतेको २० औँ श्रृङ्खलामा सोही विषयमा रक्तिम सांस्कृतिक परिवारका सल्लाहाकार एंवम् समालोचक डा. गोविन्दप्रसाद आचार्य र एकीकृत जनसांस्कृतिक महासङ्घका अध्यष सरल सहयात्रीले आ–आफ्नो भनाइ राख्नुभएको थियो । उक्त  कार्यक्रममा रामप्रकाश पुरी, वैरागी जेठा लगायतले आफ्नो पूरक भनाइ र जिज्ञासा राख्नुभएको थियो ।
ड्ड २०७५ फागुन ३ गतेको २१ औँ श्रृङ्खलामा सोही विषयमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष एवं अखिल नेपाल लेखक सङ्घका अध्यक्ष शोभा दुलाल र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीलाई अतिथि वक्ताका रूपमा निम्त्याइएको थियो । कार्यक्रममा रविप्रसाद गुरागाइँ, बैरागी जेठा, गोपिरमण उपाध्याय, होमशङ्कर बास्तोला, आर.सी न्यौपानेलगायतले आफ्नो पूरक भनाइ र जिज्ञासाहरू राख्नुभएको थियो ।
यस कार्यक्रमको संयोजन सङ्घका उपाध्यक्ष डा. पुष्करराज भट्ट र सञ्चालक महासचिव आर.एम्. डङ्गोल तथा अध्यक्षता मातृका पोखरेलले गर्दै आउनुभएको छ । प्रलेस पदाधिकारी सचिवालय सदस्य, केन्द्रीय तथा राष्ट्रिय परिषद् सदस्यहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

५.प्रदेश ÷जिल्ला  सम्मेलन तथा अन्य गतिविधिहरू
५.१ प्रदेश सम्मेलन
५.१.१ प्रदेश नं. १ प्रथम प्रादेशिक सम्मेलन
. २०७४ चैत २६ गते झापाको दमकमा १ नम्बर प्रदेशको भेलाबाट प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्तीको संइँेज्क्ततव्म्ँ २५ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएकोमा २०७५ चैत ९ गते सुनसरीको धरानमा आयोजित सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षातामा ४३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । अग्रज प्रगपतशील स्रष्टा कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक मिश्र वैजयन्तीले गर्नुभएको थियो । कार्यक्रममा पूर्व केन्द्रीय सल्लाहाकार प्रा. डा. बद्री विशाल पोख्रेल, केन्दीय समिति, राष्ट्रिय परिषद्सदस्यहरूको उपस्थित रहेको थियो ।
५.१.२ प्रदेश नं. २ प्रथम प्रादेशिक सम्मेलन
२०७५ चैत १६ गते महोत्तरीको जलेश्वरमा आयोजित भेलाले इन्द्रजित लामाको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरेको छ । कार्यक्रमको प्रथम अतिथि नेकपा केन्द्रीय सदस्य दीपशहादुर योञ्जन हुनुहुन्थ्यो । कार्यक्रममा प्रदेश नं. २ का केन्द्रीय सदस्य, राष्ट्रिय परिषद्सदस्यहरूको उपस्थित रहेको थियो ।
५.१.३ प्रदेश नं. ३ प्रथम प्रादेशिक सम्मेलन
२०७३ मङ्सिर २५ गते काठमाडौँ अनामनगर संवाद डवलीको सभाकक्षमा प्रदेश नं. ३ का इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष खेम थपलियाको संयोजकत्त्वमा ७७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएकोमा २०७५ चैत्र ९ गते काठमाडौँ ल क्याम्पसमा आयोजित सम्मेलनले मुक्तन थेवाको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिति गठन गरेको छ । केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको प्रमाुख अतिथ्यि एवं प्रगतिशील साहित्यिक साँस्कृतिक आन्दोलनका अगुवाहरू मणि लामा, खगेन्द्र राई, राम विनयको अतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक मिश्र वैजयन्तीले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्षहरू, महासचिव, केन्द्रीय सचिवहरू, कोषाध्यक्ष, सचिवालय सदस्य तथा केन्द्रीय समिति, राष्ट्रिय परिषद्र जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
५.१.४ प्रदेश नं. ४ प्रथम प्रादेशिक सम्मेलन
२०७३ चैत २६ गते कास्की, पोखरामा प्रलेस केन्द्र र कास्की शाखाको संयुक्त आयोजनामा समकालीन कवितामा प्रगतिशीलता विषयक विचार गोष्ठीमा उपस्थित भेलाले प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीको संयोजकत्त्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेकोमा २०७५ फागुन २५ गते सहिद चोकस्थित सहिद स्र्मति भवनको घनश्याम कक्षमा आयोजित  सम्मेलनले लोकबहादुर थापाको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समितिको गठन गरेको छ । सम्मेलन आयोजक समितिका संयोजक डा. कृष्णराज अधिकारीको अध्यक्षता तथा मातृका पोख्रेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय महासचिव आर. एम्. डङ्गोल, प्रगतिशील स्रष्टा एवं पारिजात स्मृति केन्द्रका सदस्य सचिव स्नेह सायमीको पनि उपस्थिति थियो ।
५.१.५ प्रदेश नं. ५ प्रथम प्रादेशिक सम्मेलन
२०७५ वेशाख २९ गते दाङको लमहीस्थित सहिद नेत्रलाल पौडेल ‘अभागी’ स्मृति प्रतिष्ठानको हलमा उपस्थित भेलाले प्रदेश इन्चार्ज एवं केन्द्रीय उापध्यक्ष पद्मप्रसाद शर्माको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेकोमा २०७५ मङ्सिर ७ र ८ गते सोही हलमा आयोजित सम्मेलनले केशव थापाको अध्यक्षतामा १९ सदिस्यीयउ प्रदेश समितिको गठन गरेको छ । साहित्यकार रामचन्द्र भट्टराईको प्रमुख आतिथ्य तथा प्रदेश सम्मेलन आयोजक समितिका संयोजक पद्मप्रसाद शर्माको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा केन्द्रीय सल्लाहाकार शशिधर भण्डारीको पनि उपस्थित रहेको थियो ।

५.१.६ प्रदेश नं. ६ प्रथम प्रादेशिक सम्मेलन

२०७५ चैत्र १७ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सम्मेलनलेृ गिरीप्रसाद बुढामगरको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरेको ट्छ । प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा पूर्व महासचिव प्रा. डा. जीवेन्द्र गिरीको पनि आतिथ्य रहेको थियो ।

५.१.७ प्रदेश नं. ७ प्रथम प्रादेशिक सम्मेलन
कन्चनपुर निर्माण व्यवसायी सङ्घको भवनमा २०७३ असोज १८ गते ७ नं. प्रदेश भेलाले प्रदेश नं. ७ का इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्टको संयोजकत्त्वमा १ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन भएकोमा २०७५ चैत्र २ गते धनगढीमा आयोजित प्रथम सुदुरपश्चिम सम्मेलनले जनक रसिकको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश समिति गठन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि डा. पुष्करराज भट्ट हुनुहुन्थ्यो भने अध्यक्षता केन्द्रीय सचिवालय सदस्य लक्षीरामा आचार्यले गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य, राष्ट्रिय परिषद्सदस्यहरूको पनि उपस्थिति थियो ।
५.२ जिल्ला सम्मेलन
५.२.१ सिन्धुपाल्चोकको चौथो जिल्ला सम्मेलन

२०७३ वैशाख १६ गते सिन्धुपाल्चोकको चौतारामा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको प्रमुख आतिथ्य र ३ नं. प्रदेश उपाध्यक्ष खेम थपलियाको विशेष आतिथ्य तथा केन्द्रीय सदस्य साघुराम नेपालको उपस्थिति रहेको उक्त सम्मेलनले दिनेश दुलालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

५.२.२ बैतडीको दोस्रो जिल्ला सम्मेलन
२०७३ कार्तिक १२ गते प्रलेस, बैतडीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित उक्त सम्मेलनले करण दयालको अध्यक्षतामा दश सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

५.२.३ भक्तपुरको चौँथो जिल्ला सम्मेलन
२०७३ पुस १६ गते भक्तपुरको सूर्य विनायकस्थित यचु पार्टी प्यालेसमा प्रलेस भक्तपुर शाखाको चौँथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य र २ नं. प्रदेश उपाध्यक्ष रोशन जनकपुरी र महासचिव आर.एम्. डङ्गालको आतिथ्य रहेको उक्त सम्मेलनले डी.पी.ढकालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

५.२.४ इलामको दोस्रो जिल्ला सम्मेलन
२०७३ पुस २९ गते इलामको सदरमुकाममा प्रलेस इलामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशीलको प्रमुख आतिथ्य र पार्षद् जमुना श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले डा.देवी क्षेत्री दुलालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

५.२.५ पाँचथरको प्रथम जिल्ला सम्मेलन
२०७३ माघ १५ गते पाँचथरको फिदिममा प्रलेस पाँचथरको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रदेश उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख आतिथ्य तथा सङ्घका केन्द्रीय सल्लाहाकार भवानी क्षेत्री, केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशील र पार्षद् जमुना श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले प्रेम ओझाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

५.२.६ ताप्लेजुङको प्रथम जिल्ला सम्मेलन
२०७३ माघ १६ गते ताप्लेजुङको सदरमुकाममा आयोजित भेलाले माबोहाङ लिम्बुको संयोजकत्त्वमा १९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेकोमा २०७३ फागुन १३ गते आयोजित सम्मेलनले रविमान लम्जेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनमा प्रलेस प्रदेश सदस्य डा. देव िक्षेत्री दुलालको उपस्थििति रहेको थियो ।

 ५.२.७ सर्लाहीको प्रथम जिल्ला सम्मेलन
२०७४ चैत ९ गते प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले निर्मल बराल (रामहरि) को संयोजकत्वमा ११ सदस्यीय प्रलेस सर्लाही जिल्ला तदर्थ समिति गठन गरेको छ ।

५.२.८ ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन
२०७४ वैशाख २५ गते ओखलढुङ्गा, रूम्जाटारमा प्रलेस ओखलढुङ्गाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनले युवराज दाहालको अध्यक्षतामा १३ सदसस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो ।

५.२.९ दाङको दसौँ जिल्ला सम्मेलन
२०७५ जेठ १२ गते दाङको घोराहीमा प्रलेसको दसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले भुवन देवकोटाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । उक्त कार्यक्रममा केन्द्रीय सदस्य यज्ञबहादुर डाँगीको उपस्थिति रहेको थियो ।

५.२.१० उदयपुरको चौँथो जिल्ला सम्मेलन

२०७५ असोज २० गते उदयपुरको गाइघाटमा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेसका पूर्व केन्द्रीय सदस्य राममणि पोखरेलको प्रमुख आतिथ्यता रहेको उक्त सम्पन्नले माधव पोखरेल ‘गोज्याङ्ग्रे’ को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । उक्त कार्यक्रममा साहित्यकार राममणि पोखरेल र पुण्य कार्कीलाई सम्मान गरिएको थियो ।

५.२.११ कैलालीको चौँथो जिल्ला सम्मेलन

२०७५ कार्तिक ७ गते कैलालीको धनगढीमा प्रलेस कैलालीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले तिलक सिंहको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । कार्यक्रममा सचिवालय सदस्य लक्षीराम आचार्य तथा केन्द्रीय सदस्य जनक रसिकको पनि उपस्थिति रहेको थियो ।

५.२.१२ दार्चुलाको प्रथम जिल्ला सम्मेलन
२०७५ कात्र्तिक ३० गते सदरमुकाममा आयोजित प्रथम जिल्ला सम्मेलनले पदम बडालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य मानबहादुर धामी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

५.२.१३ पाल्पाको प्रथम जिल्ला सम्मेलन
२०७५ कार्तिक ३० गते महेन्द्र बोधि मा. वि. पाल्पामा आयोजित प्रथम जिल्ला सम्मेलनले रामप्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व सभासद् नारायणी घिमिरे उपस्थित हुनुहुन्थ्यो ।

५.२.१४ खोटाङको तेस्रो जिल्ला सम्मेलन
२०७५ पुस २८ गते आयोजित तेस्रो जिल्ला सम्मेलनले चित्रकुमार सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य वेदीकुमार राई र ओमप्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।

५.२.१५ रसुवाको तेस्रो जिल्ला सम्मेलन
२०७५ माघ १६ गते कालिकास्थानमा आयोजित सम्मेलनले इन्द्रप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष खेम थपलियाले गर्नुभएको थियो ।

५.२.१६ स्याङ्जाको तेस्रो जिल्ला सम्मेलन
२०७५ माघ १८ गते सदरमुकाममा आयोजित सम्मेलनले देवेन्द्र लम्सालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारलिे गर्नुभएको थियो ।

५.२.१७ लमजुङको दोस्रो जिल्ला सम्मेलन
२०७५ माघ १९ गते सदरमुकाममा आयोजित सम्मेलनले वसन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं उपाध्यक्ष डा. कृष्णराज अधिकारीले गर्नुभएको थियो ।

५.२.१८ तनहुँको तेस्रो जिल्ला सम्मेलन
२०७५ माघ १९ गते सदरमुकाम दमौलीमा आयोजित सम्मेलनले नारायण श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय पछि थप्ने गरी १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू परशुराम कोइराला र नारायण परिश्रमीको पनि उपस्थिति रहेको थियो ।

५.२.१९ कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन
२०७५ माघ १९ गते कपिलवस्तुको जीतपुरमा आयोजित सम्मेलनले अर्जुनकुमार पौडेलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा पुनराम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

५.२.२० म्याग्दीको तेस्रो जिल्ला सम्मेलन
२०७५ माघ २३ गते सदरमुकाम बेनीमा आयोजित सम्मेलनले राजु केसीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य अर्जुन पौडेल ‘निर्जन’को प्रमुख आतिथ्य रहेको थियो ।

५.२.२१ बाग्लुङको दास्रो जिल्ला सम्मेलन 
२०७५ माघ २२ गते सदरमुकाममा आयोजित सम्मेलनले भरत बाग्लुङेको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । यस कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिषद् सदस्य अर्जुन पौडेल ‘निर्जन’ हुनुहुन्थ्यो ।

५.२.२२ मकवानपुरको सातौँ जिल्ला सम्मेलन
२०७५ माघ २६ गते हेटौँडामा आयोजित सम्मेलनले शान्तिप्रिय वन्दनानको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्देश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य निमेष निखिलको पनि आतिथ्य रहेको थियो ।
५.२.२३ सुनसरीको आठौँ जिल्ला सम्मेलन
२०७५ फागुन ११ गते सुनसरी जिल्लाको आठौँ जिल्ला सम्म्ेलनले रामप्रसाद खरेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशील, राष्ट्रिय परिषद् सदस्य केशव कुमार सुनाम, लोकराज निरौला तथा जमुन श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।
५.२.२४ कास्कीको आठौँ जिल्ला सम्मेलन
२०७५ फागुन ११ गते कास्कीको पोखरामा आयोजित आठौँ जिल्ला सम्मेलनले नारायण मरासिनीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा प्रगतिवादी समालोचक प्रा. डा. रविलाल अधिकारी र मानव अधिकारकर्मी टेकनाथ बराललाई सम्मान गरिएको थियो ।
५.२.२५ चितवनको छैठौँ जिल्ला सम्मेलन
२०७५ फागुन ११ गते आयोजित छैठौँ जिल्ला सम्मेलनले विपिन पाठकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश  इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष खेम थपलियाको आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सचिव सरिता तिवारी, केन्द्रीय सल्लाहाकार इन्द्र रेग्मी लगायतको उपस्थिति थियो ।
५.२.२६ झापाको नवौँ जिल्ला सम्मेलन
२०७५ फागुन १२ गते झापामा आयोजित नवौँ जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सल्लाहाकार भवानी क्षेत्री, केन्द्रीय सदस्य सरोजकुमार ओली, राष्ट्रिय परिषद् सदस्य सुमित्रा बाङ्देल लगायतको उपस्थिति थियो ।
५.२.२७ मोरङको नवौँ जिल्ला सम्मेलन
२०७५ फागुन १३ गते आयोजित नवौँ जिल्ला सम्मेलनले विदुर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रगतिवादी लेखक विश्वराज पाण्डेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशील तथा गोपाल निर्भीक र राष्ट्रिय परिषद् सदस्य केशव कुमार सुनाम र हरिकट्टेलको पनि उपस्थिति थियो ।
५.२.२८ बझाङको प्रथम जिल्ला सम्मेलन
२०७५ फागुुन १७ गते सदरमुकाममा आयोजित प्रथम जिल्ला सम्मेलनले लालबहादुर बोहराको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
५.२.२९ गोरखाको तेस्रो जिल्ला सम्मेलन
२०७५ फागुन १८ गते आयोजित तेस्रो जिल्ला सम्मेलनले जिश्वेश्वर कट्टेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्य रेहको उक्त कार्यक्रममा केन्द्रीय सदस्य मोदनाथ भट्टराई तथा राष्ट्रिय परिषद् सदस्य भीम राना भाटको पनि उपस्थिति थियो ।
५.२.३० पर्वतको पाँचौँ जिल्ला सम्मेलन
२०७५ फागुन १८ गते कुस्मामा आयोजित पाचौँ जिल्ला सम्मेलनले किशोर मनस्वीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । नेकपाका गण्डकी प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख मनोहर बी पौडेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य अर्जुन पौडेल ‘निर्जन’ को पनि उपस्थिति थियो ।
५.२.३१ नुवाकोटको तेस्रो जिल्ला सम्मेलन
२०७५ फागुन २० गते नुवाकोटको विदुरमा आयोजित तेस्रो जिल्ला सम्मेलनले राजकुमार अर्याल ‘पुत्ला’ को अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा प्रदेश इन्चार्ज केन्द्रीय उपाध्यक्ष खेम थपलिया र महासचिव आर. एम्. डङ्गोलको पनि उपस्थित थियो ।
५.२.३२ नवलपुरको प्रथम जिल्ला सम्मेलन
२०७५ फागुन २३ गते पूर्व नवलपरासी ÷ नवलपुरको प्रथम जिल्ला सम्मेलनले डा. धनपति कोइरालाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रलेस केन्द्रीय सल्लाहाकार इन्द्र रेग्मी र केन्द्रीय सदस्य प्रकाश चापागाईँको आतिथ्य रहेको थियो ।
 ५.२.३३ सिन्धुलकिो दोस्रो जिल्ला सम्मेलन
२०७५ फागुन २४ गते सदरमुकाम सिन्धुलीमाडीमा आयोजित दोस्रो जिल्ला सम्मेलनले टङ्कध्वज थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष खेम थपलियाले गर्नुभएको थियो ।
५.२.३४ रूकुम (पूर्व) को प्रथम जिल्ला सम्मेलन
२०७५ फागुन २४ गते सदरमुकाममा आयोजित प्रथम जिल्ला सम्मेलनले बसन्त पुनको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनको प्रमुख आतिथ्य प्रदेश नं. ५ का प्रदेश सदस्य गोविन्द पुन ‘गिरीष’ ले गर्र्नुभएको थियो ।
५.२.३५ धनकुटाको चौथो जिल्ला सम्मेलन
२०७५ फागुन २५ गते सदरमुकाममा आयोजित चौथो जिल्ला सम्मेलनले रमेशचन्द्र अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । केन्द्रीय सदस्य लमजेल सङ्घर्षशीलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य केशव कुमार सुनामको उपस्थिति थियो ।
५.२.३६ रामेछापको प्रथम जिल्ला सम्मेलन
२०७५ फागुन २५ गते रामेछापको मन्थलीमा आयोजित प्रथम जिल्ला सम्मेलनले धन योञ्जनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष खेम थपलिया हुनुहुन्थ्यो ।
५.२.३७ अछामको प्रथम जिल्ला सम्मेलन
२०७५ फागुन २९ गते जिल्ला सदरमुकाममा आयोजित प्रथम जिल्ला सम्मेलनले नरेश न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

५.२.३८ कञ्चनपुरको पाचौँ जिल्ला सम्मेलन
२०७५ फागुन ३० गते सदरमुकाममा आयोजित पाचौँ जिल्ला सम्मेलनले रमेश पन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य डा. पुष्करराज भट्टले र आतिथ्य केन्द्रीय सदस्य रामचन्द्र नेपालले गर्नुभएको थियो ।
५.२.३९ सिराहाको तेस्रो जिल्ला सम्मेलन
२०७५ चैत १ गते लाहानमा आयोजित तेस्रो जिल्ला सम्मेलनले भैरव गेलालको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल ‘गोज्याङ्ग्रे’ को उपस्थिति रहेकको थियो ।
५.२.४० धादिङको प्रथम जिल्ला सम्मेलन
२०७५ चैत २ गते धादिङ बेँसीमा आयोजित प्रथम सम्मेलनले रमेश अधिकारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिव प्रकाश सिलवाल हुनुहुन्थ्यो ।
५.२.४१ भोजपुरको प्रथम जिल्ला सम्मेलन
२०७५ चैत २ गते सदरमुकाममा आयोजित प्रथम सम्मेलनले अम्बिका ताम्राकारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य लमजेल सङ्घर्षशीलले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य लोकराज बरालको पनि उपस्थिति रहेको थियो ।
५.२.४२ काठमाडौँको चौथो जिल्ला सम्मेलन
  २०७५ चैत २ गते काठमाडौँ ल क्याम्पसको सभाकक्षमा आयोजित चोथो जिल्ला सम्मेलनले प्रकाश थापा मगरको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष डा. विन्दु शर्मा, खेम थपलिया, रामप्रकाश पुरी सचिव, महासचिव आर. एम्. डङ्गोल लगायतका उपस्थिति रहेको थियो ।
५.२.४३ प्युठानको पाँचौँ जिल्ला सम्मेलन
२०७५ चैत २ गते पुण्डखोला प्युठानमा आयोजित पाँचौँ जिल्ला सम्मेलनले लीला पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्मा उपस्थित हुनुहुन्थ्यो ।
५.२.४४ ललितपुरको चोथो जिल्ला सम्मेलन
२०७५ चैत ३ गते ललितपुर पाटन क्याम्पसमा आयोजित चौथो सम्मेलनले शेखर अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा सचिवालय सदस्य आर. सी न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
५.२.४५ ताप्लेजुङको तेस्रो जिल्ला सम्मेलन
२०७५ चैत ६ गते सदरमुकाम फुङ्लिङमा तेस्रो जिल्ला सम्मेलनले अम्बिका हाङ्बाङको अध्यक्ष्तामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त जिल्लामा २०७३ माघ १६ गते आलोक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको थियो ।

५.२.४६ काभ्रेको दोस्रो जिल्ला सम्मेलन
२०७५ चैत ६ गते काभ्रेको बनेपामा आयोजित दोस्रो जिल्ला सम्मेलनले भवानी पाण्डेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा मोहन दुवालको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य जितबहादुर लामाको आतिथ्य रहेको थियो ।
५.२.४७ बाँकेको छैठौँ जिल्ला सम्मेलन
२०७५ चैत ९ गते नेपालगञ्जमा आयोजित छैठौँ सम्मेलनले पङ्कजकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष पदमप्रसाद शर्माले गर्नुभएको थियो भने हरिप्रसाद तिमल्सिना र खेमराज शर्माको आतिथ्य रहेको थियो ।
५.२.४८ रूपन्देही जिल्लाको आठौँ सम्मेलन
२०७५ चैत ९ गते रूपन्देहीको न्यू होराइजन बोर्डिङ स्कुलमा आयोजित आठौँ सम्मेलनले दलबहादु गुरूङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रगतिवादी स्रष्टा दिल सहानीको प्रमुख आतिथ्य रहेको थियो भने रामचन्द्र भट्टराई, बालकृष्ण भट्टराई, खोमा तरामु मगर, हृदय लेकाली लगायतको उपस्थिति रहेको थियो ।
५.२.४९ अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन
२०७५ चैत १४ गते सदरमुकामस्थित शान्ति बगैँचामा आयोजित दोस्रो जिल्ला सम्मेलनले बुद्धिबहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माले गर्नुभएको थियो भने खेमराज शर्मा र प्रलेस प्रदेश नं. ५ का बुद्धिराम गैरेको विशेष आतिथ्यता रहेको थियो ।
५.२.५० सङ्खुवासभाको दोस्रो जिल्ला सम्मेलन
२०७५ चैत १५ गते सङ्खुवासभाको खाँदबारीमा आयोजित दोस्रो जिल्ला सम्मेलनले राजेन्द्र सर्वहाराको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा जिल्ला सल्लाहाकार शेरबहादुर विश्वकर्माको आतिथ्य रहेको थियो ।
५.२.५१ महोत्तरीको दोस्रो जिल्ला सम्मेलन
२०७५ चैत १६ गते सदमुकाममा आयोजित दोस्रो जिल्ला सम्मेलनले वीरू जीवन स्पर्शीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दीपबहादुर योञ्जनको आतिथ्य रहेको थियो ।
५.२.५२ सुर्खेतको तेह्रौँ जिल्ला सम्मेलन
२०७५ चैत १६ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेह्रौँ जिल्ला सम्मेलनले जगत वाशिष्टको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीको प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रा. डा. जीवेन्द्रदेव गिरी उपस्थित हुनुहुन्थ्यो ।
५.२.५३ रोल्पाको चौथो जिल्ला सम्मेलन
२०७५ चैत १८ गते रोल्पाको लिवाङमा आयोजित चौथो जिल्ला सम्मेलनले अमर जी.एम्.को अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । प्रदेश सदस्य खेमराज शर्माको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा मानसिंह वि.क. र महेश न्यौपाने पनि उपस्थित हुनुहुन्थ्यो ।
५.२.५४ बर्दियाको चौथो जिल्ला सम्मेलन
२०७५ चैत १९ गते सदरमुकाम गुलरियामा आयोजित चौथो जिल्ला सम्मेलनले मुकुन्द सुवेदीको अध्यक्षतामा ११  सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा हरि तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो भने प्रदेश सदस्य सुशील चौधरी र केन्द्रीय सदस्य मणि अर्याल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
५.३ जिल्ला गतिविधि÷प्रकाशन
५.३.१ प्रलेस, मकवानपुरको गाउँ जागरण अभियान
प्रलेस, मकवानपुरले प्रत्येक महिना ‘प्रलेस गाउँ जागरण अभियान’ लाई मासिक श्रृङ्खलाका रूपमा सञ्चालन गर्दै आइरहेको गत वैशाखदेखि सञ्चालन गरिएको उक्त शृङ्खलाअन्तर्गत ८ वटा गाउँमा कार्यक्रम आयोजना गरिसकिएको छ ।
ड्ड २०७३ भदौ १७ गते ‘तिज कति संस्कृति कति विकृति’ अन्तक्रिर्यात्मक कार्यक्रम आयोजना गरिएको,
ड्ड २०७३ पुस २७ गते ‘जनपक्षीय काव्य लेखनमा युद्धप्रसाद मिश्रको योगदान’ विषयक परिचर्चा कार्यक्रम गरिएको ।
ड्ड २०७४ पुस २७ गते मकवानपुरको हेटौँडामा प्रलेस मकवानपुर शाखा र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली कथा र समय चेतना’ विषयक गोष्ठी सम्पन्न गरिएको ।
५.३.२ प्रलेस, सिन्धुपाल्चोकको स्रष्टा यात्रा कार्यक्रम
ड्ड प्रलेस, सिन्धुपाल्चोकले नियमित श्रृङ्खलाका रूपमा प्रलेस स्रष्टा यात्रा’ को थालनी गरेको छ । भदौ ३१ गते सदरमुकाम चौतारामा ¥यालीसहित आयोजित उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय महासचिव आर.एम् डङ्गोलले गर्नुभएको थियो । प्रलेस केन्द्रीय सदस्य साधुराम नेपाल, जिल्ला सल्लाहाकार भारद्वाज मित्र, सरेश नेपाल लगायत जिल्लाका बुद्धिजीवी, पत्रकार, पेशाकर्मीहरूको उत्साहप्रद उपस्थिति रहेको उक्त कार्यक्रममा २० जना कविहरूले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रमको दोस्रो शृङ्खला २०७३ पुस ९ गते पर्यटकीय क्षेत्र हेलम्बुमा सम्पन्न गरिएको छ ।
ड्ड २०७५ जेठ २६ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रलेस सिन्धुपाल्चोक शाखा र नेपाल प्रज्ञा प्रतिष्ठान, आख्यान विभागको सहकार्यमा ‘विकास र समृद्धिको लागि साहित्य’ शीर्षकको विचारगोष्ठी तथा ‘स्रष्टा यात्रा –२०७५’ सम्पन्न गरिएको ।
५.३.३ प्रलेस, काठमाडौँको ‘सडकमा कविता’ अभियान
प्रलेस, काठमाडौंले नियमित रूपमा देशको समसामयिक विषयवस्तुमा कवितामार्फत अभिव्यक्ति दिन जागरण अभियानको थालनी गरेको छ । ‘सडकमा कविता’ नाम  दिइएको उक्त अभियानका भदौ ३१ गते केन्द्रीय महासचिव आर.एम् डङ्गोलको कविताबाट प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नरेश शाक्य, पिताम्बर भण्डारी, पुण्य गौतम ‘विश्वास’, शोभा दुलाल, माधव घिमिरे ‘अटल’, यदुनाथ वसन्तपुरे, श्रीहरि फुयाल, केवल बिनाबी, मुक्तान थेवा, जनता पोखरेल, नारायण निरासी लगायत २५ जना कविहरूले कविता वाचन गरेका थिए ।
५.३.४ प्रलेस दाङका गतिविधिहरू
ड्ड प्रलेस दाङ शाखाले २०७३ पुस ३ गते आफ्नो चौबीसौँ स्थापना दिवसको अवसर पारेर शाखाबाट स्थापित पाँचवटा पुरस्कार विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको
ड्ड जिल्ला २०७३ जेठ ६ र जेठ १२ गते क्रमशः नेत्रलाल स्मृति दिवस तथा कृष्णसेन इच्छुक दिवस मनाइएको
ड्ड माघ २९ गते हृदय चन्द्र स्मृति कार्यक्रमको आयोजना गरिएको
ड्ड २०७५ पुस ३ गते २६ औँ स्थापना दिवसको अवसर पारेर प्रलेस दाङ शाखाले विशेष कार्यक्रमको आयोजना गरिएको ।
५.२.५ प्रलेस, चितवनका गतिविधिहरू
ड्ड प्रलेस चितवन शाखाले ‘साहित्य सङ्गम चितवन’, र ‘हाम्रो सिर्जना साहित्यक त्रैमासिक’ सँगको  संयुक्त आयोजनामा गत वैशाख ४ गते डा. धनेश्वर भट्टराईका ३ वटा समालोचनात्मक कृतिको सार्वजनिक कार्यक्रम आयोजना गरिएको
ड्ड २३ औँ पारिजात स्मृति दिवसको अवसर पारेर २०७३ वैशाख १८ गते ‘प्रगतिशील साहित्य यस्तो लेख्ने, किन लेख्ने ?’ विषयक वहस कार्यक्रमको आयोजना गरिएको, उक्त वहस कार्यक्रममा लेखकद्वय डा. अमर गिरी र खगेन्द्र सङ्ग्रौलाको सहभागिता रहेको, कार्यक्रमको सहजीकरण प्रलेस केन्द्रीय सचिव सरिता तिवारीले गर्नुभएको थियो ।
ड्ड २०७३ जेठ ८ गते प्रगतिवादी स्रष्टा रणेन्द्र बरालीको ‘हाम्रो संस्कृति र संस्कार’ पुस्तक र २०७३ मङ्सिर १८ गते जनकराज सापकोटाद्वारा लिखित ‘कहर’ औपन्यासिक कृतिमाथि अन्तरत्र्रिmया कार्यक्रम आयोजना गरिएको
ड्ड २०७३ असोज ८ गते मेची महाकाली साहित्यिक दौड २०७३ अभियानका धावक लक्ष्मण सापकोटाको स्वागत तथा अभिनन्दन कार्यक्रमको अयोजना गरिएको
ड्ड प्रलेस केन्द्रीय सदस्य एवम् ‘उन्मुक्त पुस्ता’ का कवि केवल विनाबीको एकल कविता वाचन कार्यक्रमको आयोजना
ड्ड प्रलेस चितवनले प्रदान गर्दै आइरहेको ‘श्रीप्रसाद तथा रेणुका रेग्मी स्मृति पुरस्कार–२०७३’ बाट निबन्धकार पूर्णबहादुर अधिकारीलाई पुरस्कृत गरिएको ।
ड्ड २०७४ साउन २१ गते भरतपुर, क्षेत्रपुरस्थित रामेश्वर पुस्तकालयको सभाकक्षमा कवि आर.एम.् डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिएको ।
५.२.६ प्रलेस, रूपन्देहीका गतिविधि
ड्ड प्रगतिशील लेखक सङ्घको गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शनसहित तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी आर्थिक सङ्कलन गरिएको,
ड्ड प्रलेस जिल्ला शाखा र बुटवल साहित्य सङ्गमसँग सहकार्य गरी विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरिरहेको ।
ड्ड २०७३ चैत्र २६ गते जनआन्दोलन दिवसको अवसर पारेर प्रलेस रूपन्देही शाखाले बुटवलमा ‘आन्दोलन साहित्यको सिंहवलोकन’ विषयक विचारगोष्ठी एवं सिर्जनावाचन कार्यक्रम आयोजना गरिएको ।

५.२.७ प्रलेस, पर्वतको गतिविधि
ड्ड २०७३ जेठ १५ गते पर्वतको कुस्मामा गणतन्त्र दिवसको अवसर पारेर प्रगतिशील रचना (गीत, कविता, गजल) वाचन कार्यक्रमको आयोजना, कार्यक्रममा १८ जना कविहरूले कविता वाचन गर्नुभएको थियो,
ड्ड २०७३ माघ १ गते ‘पाँच कवि, पाँच कविता’ शीर्षकमा सशुल्क कवितावाचन कार्यक्रम सम्पन्न, उक्त कार्यक्रममा प्रलेस सचिवालय सदस्य सङ्गीत श्रोतालगायत पाँचजना कविहरूले कविता वाचन गर्नुभएको
थियो ।

५.२.८ प्रलेस, कञ्चनपुरका गतिविधिहरू

ड्ड २०७३ असार २५ गते ‘नेपाली साहित्यमा प्रगतिवाद’ शीर्षकमा विचारगोष्ठी तथा वृहत् काव्य गोष्ठीको आयोजना, उक्त कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र जोशी र भुवन बोहोरा ‘निस्तेज’ बाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने ४० जनाभन्दा बढी कविहरूबाट आ–आफ्ना रचनाहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्य हुनुहुन्थ्यो ।

ड्ड २०७३ असोज १८ गते साहित्यकार लक्ष्मण सापकोटाद्वारा थालनी गरिएको प्रथम मेची–महाकाली दौड अभियानको समापन समारोहको आयोजना गरियो । केन्द्रीय उपाध्यक्ष पुष्करराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धावक लक्ष्मण सापकोटालाई सम्मानसमेत गरिएको थियो ।
५.२.९. प्रलेस झापाको गतिविधि
ड्ड २०७४ चैत्र २८ गते झापाको बिर्तामोडमा प्रलेस झापा शाखा  र नेपाल प्रज्ञा प्रतिष्ठानको ‘सहकार्यमा समकालीन नेपाली कथामा साइबर संस्कृति’ विषयक गोष्ठी सम्पन्न गरिएको  ।
५.२.१०. प्रलेस सोलुखुम्बुको गतिविधि
ड्ड २०७५ वैशाख १ गते, सोलुखुम्बुको पताले, गौरीटापमा ओखलढुङ्गा प्रलेसको आयोजनामा ‘साहित्य यात्रा सगरमाथा सँगसँगै’ विषयक प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गरिएको ।
५.३ प्रकाशन
प्रलेस सुर्खेतबाट ‘रातो थुङ्गा’ रुपन्देहीबाट ‘प्रलेस – २’, काठमाडौँबाट ‘प्रलेस काठमाडौँ’, प्युठानबाट ‘पसिना’, बाँकेबाट ‘परिवर्तन’, सिन्धुपाल्चोकबाट ‘बिहानी’ लगायतका मुखपत्रहरू प्रकाशन भइसकेका छन् ।

६. केन्द्रीय प्रकाशन÷प्रेस नोट्स (प्रेस वक्तव्य), परिपत्र

६.१ केन्द्रीय प्रकाशन

ड्ड प्रलेस नेपालको केन्द्रीय मुखपत्रको रूपमा प्रलेसको २२ औँ अङ्क दसौँ राष्ट्रिय सम्मेलन विशेषको रूपमा र २३ औँ अङ्क ‘नारी श्रष्टा विशेष’ का रूपमा प्रकाशित भएको छ । केन्द्रीय महिला विभागकी संयोजक डा. विन्दु शर्माले यस अङ्कको सम्पादन गर्नुभएको छ । २४ औँ अङ्क कार्यपत्र विशेषको रूपमा एघारौँ राष्ट्रिय सम्मेलनको अवसरमा प्रकाशित गरिएको छ ।

६.२ प्रेस नोट्स / विज्ञप्ति

ड्ड प्रलेसका संस्थापक अध्यक्ष एवं सल्लाहाकार श्यामप्रसाद शर्मा (जन्म वि.सं. १९८६ असार ६) को २०७४ वैशाख २४ गते भएको निधनप्रति वैशाख २४ गते, प्रलेसका पूर्व केन्द्रीय सदस्यसमेत रहिसक्नुभएका नेपाल भाषाका प्रगतिवादी कवि बुद्ध साय्मिको २०७३ पुस १० गते भएको निधनप्रति पुस १२  गते र पूर्व केन्द्रीय सदस्य एवम् प्रगतिवादी कवि पीताम्बर भण्डारी (जन्म २००४ असार ११) को २०७४ फागुन १० गते भएको निधनमा  प्रलेस केन्द्रले शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

ड्ड प्रलेस केन्द्रीय सदस्य आरोह नेपालीलाई २०७४ जेठ २८ गते,  केन्द्रीय सल्लाहाकार माइला लामालाई २०७४ भदौ १ गते गरिएको पक्राउ तथा केन्द्रीय उपाध्यक्ष एवं विधागत विभाग संयोजक खेम थपलियालाई २०७४ मङ्सिर ३ गते सङ्घको कार्यालय–परिसरबाटै गरिएको पक्राउको विरोध गर्दै उहाँहरूको रिहाइको माग गर्दै प्रेस विज्ञप्ति जारी गरिएको थियो । उपाध्यक्ष खेम थपलियाको रिहाइका लागि साङ्गठनिक स्तरमै पहलकदमीसमेत गरिएको थियो । त्यसैगरी २०७५ जेठ १ गते पक्राउ पर्नुभएको प्रलेस राष्ट्रिय परिषद् सदस्य कुशल बोगटीको रिहाइको लागि जेठ ६ गते प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

ड्ड पुरस्कार र सम्मान संस्कृतिमा देखापरेको विकृतिविरुद्ध र खासगरी नई प्रकाशनको पदक र सम्मानबारे प्रलेसले आधिकारिक धारणा प्रस्तुत गर्दै यस्ता पुरस्कार र सम्मानप्र्रति अस्वीकृति जनाउँदै २०७३ पुस ५ गते प्रेस विज्ञप्ति जारी गरेको थियो ।

ड्ड पछिल्लो समय सिरियामाथि शक्ति राष्ट्रहरूबाट थोपारिएको नरसंहारकारी युद्ध र वाह्य हस्तक्षेपको विरोध गर्दै सिरियाली जनताको जीवन रक्षाको माग गर्दै २०७४ फागुन ११ गते प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

ड्ड भारतीय सेनापतिबाट नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप हुनेगरी व्यक्त विचारप्रति प्रलेस केन्द्रले २०७५ असोज ७ गते प्रस विज्ञप्ति जारी गर्दै विरोध गरेको थियो ।

ड्ड सरकारबाट विप्लव नेतृत्त्वको नेकपाको क्रियाकलापलाई लिएर अख्तियार गरेको नीतिप्रति असहमति व्यक्त गर्दै प्रलेस केन्द्रले २०७५ फागुन २९ गते दुवै पक्षलाई वार्ता र सहमतिबाटै समाधान खोज्न पहल गर्न अनुरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

ड्ड पछिल्लो समय प्रलेसबारे उठाइएका विवादबारे प्रलेस केन्द्रले यथार्थतासहित आफ्नो मत जाहेर गर्दै मिति २०७५ चैत्र १७ गते प्रेस विज्ञप्ति जारी गरेको छ ।

ड्ड प्रलेस केन्द्रका सम्पूर्ण गतिविधि, प्रलेस जिल्ला शाखाहरूको गतिविधि तथा प्रलेसका बारेमा लेखिएका लेख, रचनाहरू तथा प्रलेस केन्द्रबाट प्रकाशित केन्द्रीय मुखपत्रहरूको सबै अङ्कसहितका सामग्रीहरूलाई डिजिटल प्रविधिमार्फत सुरक्षित र व्यवस्थित गरिएको छ । यसका लागि क्रमशः

www.pralesa.blogspot.com
www,pralesapatrika.blogspot.com

मा हेर्न सकिने छ। हालसम्म प्रलेसका सम्पूर्ण विद्युतीय सामाजिक सञ्जालको संयोजन एवं सम्पादन केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्दै आउनुभएको छ ।

६.३ परिपत्रहरू

दसौँ राष्ट्रिय सम्मेलनको दोस्रो दिन (२०७२ चैत्र २०) बसेको बैठकले गरेको निर्णय सम्बन्धी २०७३ असार २० गते, २०७३ असोज ४ गतेको दोस्रो केन्द्रीय समिति बैठकका निर्णयहरूबारे २०७३ कार्तिक ७ गते, २०७२३ पुस १९ गते बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे २०७३ पुस २० गते, २०७३ फागुन १३ – १४ गते ओखलढुङ्गाको रुम्जाटारमा बसेको राष्ट्रिय परिषद्को दोस्रो बैठकका निर्णयहरूबारे २०७३ फागुन २३ गते, २०७४ चैत्र २७ गते इलामको चित्रेमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरूबारे २०७५ वैशाख ३ गते र २०७५ पुस ७ गते इच्छुक सांस्कृतिक प्रतिष्ठानमा बसेको तेस्रो केन्द्रीय समितिको बैठकका निर्णयहरूबारे २०७५ पुस १४ गते गरी ५ वटा परिपत्रहरू जारी गरियो ।

७. चुनौती र सम्भावना

प्रगतिशील लेखनको उद्देश्य र प्रयोजनमा प्रतिबद्धता र विश्व दृष्टिकोण जोडिन आउँछ । सङ्गठनको गतिशीलता र जीवन्तताको सन्दर्भमा नेतृत्वको जिम्मेवारी प्रधान हुन आउँछ । विचार निर्माण तथा सङ्गठन संयोजनमा नेतृत्वले जिम्मेवारी लिन सक्नुपर्छ । यस हिंसाबाट पछिल्लो समय प्रगतिशील लेखक सङ्घभित्र र बाहिरबाट अनेक प्रश्न उठिरहेका छन् । बहस, विवादको क्रम सुरु भएको छ । असल नियतबाट गरिएको स्वस्थ बहसबाट सङ्गठनले गति र ऊर्जा प्राप्त गर्न सक्छ । तर, समस्या हामीभित्रै छ । हाम्रो संस्कार र चरित्रमा सामन्तवाद अझै जीवित छ । आवरणमा माक्र्सवादी र सिर्जनामा अराजकतावादी, सिर्जनामा घोर माक्र्सवादी व्यवहारमा आदर्शवादी, सङ्गठनको समूह भावनाभन्दा व्यक्तिवादी अहम्, शास्त्रीय जडता, बौद्धिक दम्भ र अहङ्कार, वैचारिक सङ्कीर्णता, स्वार्थी मनोवृत्ति एवम् आत्मप्रशंसाले हामी कुजिँदै छौँ । यसले सङ्गठनको जीवनमा पनि प्रभाव पारेको छ । सत्ता केन्द्रको पक्ष–विपक्षमा विभाजित भएर शङ्कै शङ्का र प्रश्नै प्रश्नमात्र उठाउने अथवा शक्ति केन्द्रको परिक्रमा गरेर प्रशंसाको भजन–कीर्तनमात्र गाउने यी दुवै सोच प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनका समस्या हुन् । प्रगतिशील लेखक सङ्घमा आबद्ध घटक सङ्गठनभित्रैको वैचारिक अन्तर्सङ्घर्षको प्रभाव पनि यसमा देखापर्ने गरेको छ । घटक सङ्गठनहरूले वैचारिक हिसाबले स्पष्ट, लेखनमा प्रभावशाली स्रष्टाहरूलाई भूमिकामा ल्याउन एक–आपसमा समन्वय गर्नु आवश्यक देखिन्छ । 

पछिल्लो समय प्रलेसको परिमार्जित विधानअनुसार केन्द्रले प्रदेश र जिल्लाहरूसँग समन्वय गरी प्रदेश समितिको साङ्गठनिक आधार खडा गरेको छ । यसो हुँदा केन्द्रीय नेतृत्वको भद्दा स्वरूपलाई छिटो–छरितो बनाइनु आवश्यक छ ।

सङ्गठनले सङ्घीयताको मूल मर्मअनुसार प्रदेशभित्रको भूगोल, भाषा, जनजीवन, इतिहास, संस्कृतिलाई उचित प्राथमिकतामा राखी सिर्जनात्मक वैचारिक गतिविधिलाई अगाडि बढाउने, समकालीन बुर्जुवा साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकतावादी अराजक साहित्यिक चिन्तनका विरुद्ध प्रतिरोधी वैचारिक सिर्जनात्मक क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिनु आवश्यक छ । सामाजिक, सांस्कृतिक क्षेत्रमा व्याप्त विकृति, विसङ्गति तथा राष्ट्रिय जीवन र नागरिक जीवनमा थोपरिन सक्ने समस्या र सङ्कटका विरुद्ध प्रगतिशील लेखक सङ्घ नेपालले पहिलेभन्दा अरू प्रभावकारी वैचारिक सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ । प्रलेसको दोस्रो र तेस्रो राष्ट्रिय परिषद् बैठकको क्रममा पारित दसबुँदे रुम्जाटार घोषणा–पत्र (२०७३) र पन्ध्र बुँदे इलाम घोषणा–पत्र (२०७४) को अन्तर्वस्तुलाई आत्मसात् गरी साझा मोर्चा हुनुको अनेकौँ जोखिमी र चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकियो भने सङ्गठन अझ ऊर्जावान् र गतिशील बन्न सक्ने कुरामा कुनै शङ्का छैन ।

८. निष्कर्ष
प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनको साँढे ६ दशक लामो ऐतिहासिक विरासतसहित सिर्जना र सङ्गठनका माध्मबाट यसले निर्माण गरेको इतिहास गर्व गर्नलायक छ । अहिले यसको साङ्गठनिक जीवनमा केही असहज परिस्थिति खडा भएको छ । प्रगतिशील आन्दोलन क्षणिक आवेग र सीमित शक्ति समूहको स्वार्थसाधनाका कारण रोकिन सक्दैन । यो मुलुकका आम जनसमुदायका मनमस्तिष्कमा प्रगतिशील वैचारिकी निर्माणका लागि निरन्तर चलिरहने सांस्कृतिक अभियान पनि हो । समयक्रममा यसका सामु तेर्सिएका समस्याहरू दीर्घकालीन आन्दोलनले नै हल गर्दै लानेछ । परिवर्तनलाई संस्थागत गर्दै समाज र राष्ट्रको समग्र रूपान्तरणका लागि आफ्नो सर्जकीय हस्तक्षेपको सङ्गठित आन्दोलनलाई यसले निरन्तर अगाडि बढाइरहनेछ ।
धन्यवाद ।



आर.एम्. डङ्गोल
महासचिव
प्रगतिशील लेखक सङ्घ, नेपाल
थप जानकारीका लागि—
www.pralesa.blogspot.com

=======================================================


प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलनमा केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीद्वारा प्रस्तुत संशोधित तथा परिमार्जित विधान

प्रस्तावना 

साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्र्रमुख कारक एवम् प्र्रेरक तत्व ठान्ने र श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्र्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्र्राज्यवाद, प्र्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कलासहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्र्रतिनिधित्व एवम् पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्र्रतिबद्ध साहित्य–सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रियस्तरको सङ्गठन प्र्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत् सञ्चालन गर्न यो विधान एघारौँ राष्ट्रिय सम्मेलनबाट आवश्यक संशोधन एवम् परिमार्जनसहित पारित गरिएको छ ।

उद्देश्य र कार्यक्रम
प्रलेसको उद्देश्य तथा कार्यक्रम निम्नबमोजिम हुनेछन्  :
१. प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवम् संवद्र्धनका निम्ति प्रयत्नशील एवम् कार्यरत रहने । 
२. सामन्तवादी तथा एकाधिकार दलाल पुँजीवादी, साम्र्राज्यवादी कुसंस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी संस्कृतिको योजनबद्ध निर्माणका साथै, मुलुकको आमूल परिवर्तनका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने ।
३. अन्धविश्वास, रुढिवाद र सबैखाले अवैज्ञानिक एवम् यथास्थितिवादी विचार र रचनाप्र्रति आलोचक हुँदै वैज्ञानिक एवम् प्र्रगतिवादी सिर्जनाकर्मलाई विकसित एवम् समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील रहने ।
४. देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समानभाषिक अधिकारको प्रप्ति एवम् अन्तर्भाषिक सामञ्जस्यका साथै विभिन्न भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निम्ति क्रियाशील रहने ।
५. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै सबै प्र्रकारका असमान सन्धि, सम्झौता र र समझदारीका विरुद्धमा दृढतापूवर्क उभिने ।
६. ‘अन्यायका विरुद्ध विद्र्रोह गर्नु अधिकार हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनसमुदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूवर्क कलम चलाउने तथा सबैखाले फासिवादी निरङ्कुशताको विरोध गर्दै न्याय, समानता एवम् मानवअधिकारको बहालीका निम्ति सङ्घर्षरत रहने । 
७. वर्गीय, लैङ्गिक, जातीय तथा वर्णगत (छुवाछुतजन्य) धार्मिक एवम् क्षेत्रीय (भौगोलिक) आदि मानद्वेष विभेद तथा उत्पीडनका विरोधमा दृढतापूवर्क उभिँदै यस्ता विभेदको अन्त्य एवम् परस्पर सद्भाव र सामञ्जस्यपूर्ण समाज निर्माणका निम्ति शब्द र कर्मका क्षेत्रमा एकत्वभावका साथ सक्रिय हुने । 
८. आवश्यकताअनुसार विभिन्न स्वदेशी एवम् विदेशी भाषाका प्र्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।
९. राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्षशील रहने ।
१०. विभिन्न जातिका जनताहरूबीच फुट, द्वेष तथा अहङ्कार फैलाउने तथा कुनै क्षेत्रमा साम्प्र्रदायिक विचार ल्याउन खोज्ने तत्व तथा प्र्रयत्नहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।
११. कुनै पनि शक्ति राष्ट्रहरूको साम्र्रज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्धमा हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवम सङ्घर्षहरूको र विश्वशान्तिको पक्षमा दृढतापूवर्क उभिने ।
१२. अन्तर्राष्ट्रिय क्षेत्रमा प्र्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवम् मैत्रीसम्बन्ध कायम राख्ने । 
१३. धर्मनिरपेक्षताका पक्षमा दृढतापूवर्क उभिँदै यसको पूर्ण व्यावहारिक प्र्रत्याभूतिका निम्ति आवाज उठाउने तथा धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवम् सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने ।
१४. नेपालमा बोलिने सबै मातृभाषाका प्र्रगतिशील साहित्यकारको साझा मञ्चका रूपमा प्र्रलेसलाई विकास गर्ने ।

स्पष्टीकरण तथा व्याख्या
विषय वा प्र्रसङ्गले अर्को अर्थ नलागेमा —
(क) ‘प्रलेस ’ वा ‘सङ्घ’ भन्नाले यस सविधानअनुरूप गठित ‘प्र्रगतिशील लेखक सङ्घ’ भन्ने बुझाउँछ ।
(ख) ‘सदस्य’ भन्नाले यस विधानको धारा ४ बमोजिमको सदस्यलाई बुझाउँछ ।
(ग) सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्र्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको ‘राष्ट्रिय परिषद्’, ‘केन्द्र्रीय समिति’ र ‘प्रदेश समिति’ तथा जिल्ला समितिलाई समेत बुझाउँछ ।
(घ) ‘विधान’ भन्नाले ‘प्र्रगतिशील लेखक सङ्घ, नेपालको विधान’ लाई बुझाउँछ ।
(ङ) केस भन्नाले प्र्रगतिशील लेखक सङ्घको ‘केन्द्रीय समिति’ बुझाउँछ ।

धारा १  : नाम
यस सङ्गठनको नाम प्र्रगतिशील लेखक सङ्घ नेपाल रहनेछ र सङ्क्षेपमा यसलाई प्रलेस , नेपाल भनिनेछ । अङ्ग्र्रेजीमा एचयनचभककष्खभ ध्चष्तभचकु ब्ककयअष्बतष्यल, ल्भउब िर छोटकरीमा एध्ब्, ल्भउब िभनिनेछ ।

धारा २  : प्रारम्भ 
यो विधान तुरुन्त लागू हुनेछ ।

धारा ३  : झन्डा
यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोाणीय चारकुने आकारको हुनेछ । यसका बीचमा सेतो रङका खुलको खाली कापी र कापीको माथि बायाँपट्टि बिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० डिग्र्रीको कोणमा निहुरिएको कलम रहनेछ । ‘प्र्रतीक चिन्ह (लोगो) को बनावट झन्डामाथि प्र्रगतिशील लेखक सङ्घ, नेपाल तथा झन्डाको तलतिर स्था. २००९,  अङ्ग्र्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापना ई. १९५२ भएको गोलाकार हुनेछ ।’

धारा ४  : सदस्यता
प्रलेस को सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ —
४.१ प्रलेस को उद्देश्य र कार्यक्रमसँग सहमत कुनै पनि प्रतिवद्ध साहित्यसर्जक प्र्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।
४.२ सदस्यता प्रदानसम्बन्धी कार्यविधि केसले निर्माण गरी लागू गर्नेछ ।  

धारा ५  : सदस्यता शुल्क
प्रलेस को सदस्यहरूको सदस्य शुल्क निम्नबमोजिम हुनेछ —
५.१ प्र्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनको नवीकरण शुल्क वार्षिक रु. १००÷– (रु. एक सय) का दरले एकमुष्ठ रु. ३०० (रु. तीन सय) बुझाउनुपर्नेछ ।
५.२ साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लिँदा नयाँ सदस्यता  शुल्क रु. १०० (एक सय) बुझाउनुपर्नेछ । यसमा केन्द्र्रले तोकेबमोजिमको थप प्र्रवेश शुल्क बुझाउनुपर्नेछ ।

धारा ६  : सङ्गठनको स्वरूप
६.१ साझा मञ्चको अवधारणाअनुरूप प्र्रलेसको नेतृत्व निर्माण गर्दा यसका सदस्यहरूबीच जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा लोकतान्त्रिक विधिअनुरूप नेतृत्व निर्माण गरिनेछ र त्यसक्रममा मुलुकभित्र विद्यमान विभिन्न भाषाभाषी, महिला, दलित, जनजाति तथा क्षेत्र (भूगोल) एवम् अपाङ्गहरूको न्यायोचित प्र्रतिनिधित्व हुने गराउने व्यवस्था पनि मिलाइनेछ । सङ्गठनको स्वरूप समावेशी हुनेछ ।
६.२ प्र्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दुईओटा राष्ट्रिय सम्मेलनलका बीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्र्रीय समितिसहितको ९१ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । केन्द्र्रीय समितिको सङ्ख्या ४५ जनाको रहनेछ, जसमा अध्यक्ष १, एकजना महिलासहित उपाध्यक्ष २, महासचिव १, उपमहासचिव १, सचिव २ र कोषाध्यक्ष १ गरी ८ जना पदाधिकारी रहनेछन् । केन्द्र्रीय समितिले पदाधिकारीसमेत रहनेगरी १५ जनाको एक सचिवालय गठन गर्नेछ । सङ्घको नियमित कार्यसञ्चालनका निम्ति पदाधिकारीहरू रहेको एक कार्यालय रहनेछ । राष्ट्रिय परिषद् सदस्य सङ्ख्या ४६ रहनेछ । 
६.३ प्रदेश समितिका अध्यक्षहरू स्वतः केन्द्रीय समितिका सदस्य रहनेछन् ।  
६.४ पूर्व अध्यक्षहरू रहने गरी साहित्यिक–सांस्कृतिक क्षेत्रमा लामो समय योगदान पु¥याउनुभएका व्यक्तित्वहरू समेटेर एक केन्द्रीय सल्लाहकार समिति गठन गरिनेछ । 
६.५प्रलेसको सक्रियताका साथ देशव्यापी प्र्रभावकारी ढङ्गले अघि बढाउन जिल्ला समितिहरू निर्माण हुनेछन् । जिल्ला समितिमा सदस्यहरूबाट उठेको रकम ३० प्रतिशत स्वयम् जिल्ला समितिमा राखी २० प्रतिशत प्रदेश समिति र ५० प्र्रतिशत केन्द्रीय समितिमा पठाउनुपर्नेछ । 

धारा ७  : राष्ट्रिय सम्मेलन
७.१ प्रलेस को राष्ट्रिय सम्मेलन प्र्रत्येक ३÷३ वर्षमा गरिनेछ । यसका प्र्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्र्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्र्राप्त हुनेछ । 
७.२  राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नुपर्नेछ । विशेष परिस्थितिमा ६ महिनाअघि वा पछि पनि गर्न सकिनेछ । 
७.३ प्र्रलेसका २५ प्र्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्शाएर लिखित प्र्रस्ताव पेश गरेमा केन्द्र्रीय समितिले सो प्र्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनुपर्नेछ । 
७.४ राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचन समितिको गठन गर्नेछ ।

धारा ८  : केन्द्रीय समिति
८.१ राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्र्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्र्रीय समिति नै हुनेछ । 
८.२ केन्द्र्रीय समिति प्र्रलेसको राष्ट्रिय सम्मलेनप्र्रति जिम्मेवार हुनेछ ।
८.३ सदस्यता प्र्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्काशनलगायत सम्पूर्ण क्रियाकलापमा केन्द्र्रीय समितिले अन्तिम निर्णय लिनेछ । 
८.४ सामान्यतयाः केन्द्र्रीय समितिको बैठक ६ महिनामा १ पटक बस्नेछ । आवश्यकताअनुसार प्र्रलेसका अध्यक्षको निर्देशनअनुरूप प्र्रलेसका महासचिवले केन्द्रीय समितिको बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । २ वटा बैठकमा समयावधिका बीचमा आवश्यकताअनुसार सचिवालयको बैठकले पनि आवश्यक निर्णय लिई कार्य सञ्चालन गर्नेछ । 
८.५ प्र्रलेसका नियमित बैठकका निम्ति ५१ प्र्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिनेछ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्र्रतिशत सदस्यहरूको उपस्थिति आवश्यक पर्नेछ ।
८.६ समितिमा २५ प्र्रतिशतभन्दा बढी सदस्यहरूले केन्द्रीय समितिको बैठकको माग गरी अनुरोध गरेमा अध्यक्षले केन्द्रीय समितिमा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्नेछ ।
८.७ साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्र्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्नेछ । विभागको काम, कर्तव्य केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ । ती विभागहरू केन्द्रीय समितिप्र्रति जबाफदेही हुनेछन् ।  

धारा ९  : राष्ट्रिय परिषद्
९.१ राष्ट्रिय परिषद्को बैठक वर्षमा सामान्यताः १ पटक बस्नेछ र सो बैठक केन्द्र्रीय समितिले बोलाउनेछ । 
९.२ राष्ट्रिय परिषद्ले केन्द्र्रीय समितिलाई आवश्यक रायसल्लाह दिने, केन्द्र्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्नेछ । 
९.३ राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्र्रीय समितिका अध्यक्षले गर्नेछन् ।

धारा  : १० प्रदेश  समितिको गठन

१०.१ प्रदेश समितिमा अध्यक्ष १, एक महिलासहित उपाध्यक्ष २, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ सहित आवश्यकताअनुसार सदस्यहरू रहनेछन् । 
१०.२ प्रदेश समितिको एकतिहाइ सदस्य सङ्ख्या रहेको प्रदेश समितिको सचिवालय गठन गर्न सकिनेछ । 
१०.३ प्रदेश समितिले प्र्रदेशका सम्पूर्ण साहित्यिक, सांस्कृतिक, भाषिक गतिविधि र काम–कार्बाहीको नेतृत्व गर्नेछ । 
१०.४ प्रदेश समितिको पदावधि ३ वर्षको हुनेछ । राष्ट्रिय सम्मेलन हुनुअगावै प्रदेशसम्मेलन हुनुपर्नेछ । 

धारा ११ : जिल्ला समिति / स्थानीय समिति 

११.१ सबै जिल्लामा जिल्ला समिति गठन गरिनेछन् । जिल्ला समितिले प्र्रलेसको विधानमा उल्लिखित उद्देश्यअनुरूपका सिर्जनात्मक, साङ्गठनिक, वैचारिक तथा आवश्यकताअनुरूप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । आवश्यकताअनुसार केन्द्र्रीय समितिसँग सहयोग र परामर्श पनि लिन सक्नेछन्  ।

११.२ जिल्ला समितिहरूले केन्द्र्रीय समिति र प्रदेश समितिले निर्देश गरेअनुरूपका कार्यहरू सञ्चालन गर्नेछन् । जिल्ला समितिका गतिविधिबारे केन्द्र्रीय समिति र प्रदेश समितिलाई अद्यावधिक जानकारी गराउनेछन् ।

११.३ जिल्ला समितिमा अध्यक्ष १, महिलासहित उपाध्यक्ष २, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ सहित आवश्यकताअनुसार सदस्य सङ्ख्या रहेनछन् । जिल्ला समितिको सम्पूर्ण सदस्य सङ्ख्याको पदाधिकारीसहित एकतिहाइ सदस्य सङ्खया रहेको सचिवालय गठन हुनेछ ।

११.४ जिल्ला समितिको पदावधि ३ वर्षको हुनेछ । प्रदेश सम्मेलन हुनुअगाडि जिल्ला समितिहरूको सम्मेलन हुनुपर्नेछ । 

धारा १२  : अध्यक्ष
१२.१ अध्यक्षले बैठकको अध्यक्षता गर्नेछन्
१२.२ केन्द्रीय  समिति एवम् पदाधिकारीहरूको कामको निरीक्षण तथा सुपरीवेक्षण गर्नेछन् ।
१२.३ केन्द्रीय समितिको बैठकमा मतदान हुने हुँदा मत बराबर भएमा निर्णायक मत दिनेछन् ।
१२.४ अध्यक्षले आवश्यकताअनुसार प्र्रलेसको कोषबाट रु. १०,०००÷– (रु. दश हजार) सम्म खर्च गर्न सक्नेछन् । खर्चको अनुमोदन केन्द्रीय समितिको बैठकमा गराउनुपर्नेछ ।

धारा १३  : उपाध्यक्ष
१३.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण काम तोकिएको उपाध्यक्षले गर्नेछन् । 
१३.२ केन्द्र, प्रदेश  र जिल्ला समिति सबै तहमा सम्बन्धित अध्यक्षको काममा आवश्यक सहयोग गर्नेछन् । 

धारा १४  : महासचिव
१४.१ महासचिवले अध्यक्षको परामर्श लिई केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्र्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्नेछन् । 
१४.२ केन्द्रीय समितिको दैनिक कार्य सञ्चालन गर्नेछन् र सङ्गठन निर्माणमा पहल गर्नेछन् । 
१४.३ प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुका साथै त्यसको अभिलेख राख्नेछन् । 
१४.४ महासचिवले आवश्यकताअनुसार बढीमा रु. १०,०००:- (रु. दश हजार) सम्म खर्च गरी केन्द्रीय समितिको बैठकबाट अनुमोदन लिनेछन् । 
१४.५  प्रलेसका आधिकारिक धारणा प्र्रस्तुत गर्दा सचिवालयको निर्णयअनुरूप महासचिवले प्रवक्ताको काम गर्नेछन् ।

धारा १५  : उपमहासचिव
१५.१ महासचिव अनुपस्थितिमा महासचिवको सम्पूर्ण काम उपमहासचिवले गर्नेछन् । 
१५.२ महासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।

धारा १६  : सचिव
१६.१ महासचिव र उपमहासचिवको अनुपस्थितिमा तोकिएबमोजिम काम सचिवले गर्नेछन् । 
१६.२ महासचिव र उपमहासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।
१६.३ प्रदेश र जिल्ला समितिका सचिवले भने अध्यक्षको परामर्शमा आ–आफ्ना समितिको कार्य सञ्चालन गर्नेछन् । 

धारा १७  : कोषाध्यक्ष
१७.१ आम्दानी खर्चको फाँटवारी राख्नुका साथै, लेखापरीक्षण गराउनेछन् ।
१७.२ अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकका पेश गर्नेछन् ।
१ठ.३ सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन नेतृत्व प्र्रदान गर्नेछन् । 

धारा १८  : सदस्य
१८.१ केन्द्रीय समितिका सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् । केन्द्रीय समितिको कामको अवलोकन–निरीक्षण गर्नेछन् । प्रलेस 
१८.२ अध्यक्ष तथा अन्य पदाधिकारीलाई सरसल्लाह र सहयोग दिनेछन् ।
१८.३ सामूहिक एवम् साङ्गठनिक भावनालाई दह्रो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहनेछन् । 

धारा १९  : राजीनामा/पदपूर्ति व्यवस्था

१९.१ कुनै पनि तहको कुनै पनि पदाधिकारीले तथा सदस्य या साधारण सदस्यहरूले प्र्रलेसबाट राजीनामा दिन सक्नेछन् । 
१९.२ साधारण सदस्यले सम्बन्धित जिल्ला समितिमा, जिल्ला समितिका अध्यक्षबाहेक अन्य पदाधिकारीले जिल्ला समितिको अध्यक्षसमक्ष राजीनामा दिन सक्नेछन् । प्रदेश समितिको अध्यक्षबाहेक पदाधिकारी तथा अन्य सदस्यहरूले प्रदेश समितिका अध्यक्षसमक्ष  राजीनामा दिन सक्नेछन् । जिल्ला समितिका अध्यक्ष एवम् प्रदेश समितिका अध्यक्ष तथा केन्द्र्रका पदाधिकारी र अन्य सदस्यहरूले केन्द्र्रीय अध्यक्षसमक्ष र केन्द्रीय अध्यक्षले उपाध्यक्षसमक्ष राजीनामा पेश गर्नुपर्नेछ । राष्ट्रिय परिषद् र केन्द्र्रीय समितिका सदस्यहरूको राजीनामा केन्द्रीय समितिको सामान्य बहुमतबाट पनि स्वीकृत हुन सक्नेछ ।
१९.३ कुनै पनि माध्यमबाट कुनै पनि पदाधिकारी वा समितिका सदस्यले आफू सम्बन्धित पद वा समितिमा नरहने जानकारी गराएमा, राजीनामा दिएमा, खारेजी वा अनुशासनको कार्बाहीमा परी निष्काशन भएमा वा मृत्यु भएमा उक्त पद रिक्त भएको मानिनेछ । 
१९.४ रिक्त हुन आएको पद केन्द्रीय समितिले मनोनित गरेर बाँकी पदावधिका लागि पदपूर्ति गर्नेछ । 

धारा २०  : अर्थ व्यवस्था
२०.१ सदस्यता शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्र्राप्त रकम प्रलेसकोआयस्रोत हुनेछ ।
२०.२ प्रलेसको खाता अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ । साथै, कोषाध्यक्ष अनिवार्य रहनेगरी अध्यक्ष वा महासचिवमध्ये एकको हस्ताक्षरसहित खाता सञ्चालन हुनेछ । प्र्रदेश र जिल्लाको हकमा अध्यक्ष र सचिवमध्ये एक र कोषाध्यक्ष अनिवार्य रहने गरी संयुक्त दस्तखतबाट खाता सञ्चालन गरिनेछ । 

धारा २१  : आचारसंहिता 
प्रलेस को केन्द्रीय समितिले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागू गर्नेछ ।


धारा २२  : गोपनीयता तथा अनुशासनसम्बन्धी प्रतिवद्धता 
प्रलेसका शाखा, प्र्रदेश तथा केन्द्र्रका कार्यसमितिका सम्पूर्ण सदस्यहरूले अनुसूची २ बमोजिमको गोपनीयता तथा अनुशासनसम्बन्धी प्रतिवद्धता व्यक्त गर्नेछन् ।

धारा २३  : विधान संशोधन
यस विधानलाई राष्ट्रिय सम्मेलनबाट संशोधन तथा परिमार्जन गर्न सकिनेछ । 

धारा २४  : केन्द्रीय  कार्यालय
प्रलेसको केन्द्रीय कार्यालय केन्द्रीय समितिले तोकेको ठाउँमा रहनेछ । 

अनुसूची  १ 

प्रगतिशील लेखक सङ्घको आचारसंहिता
(क) सङ्घभित्रका लेखकहरूका माझ वैमनस्य, असमझदारी, कलह र फुट उत्पन्न हुने तथा सङ्घको सिद्धान्त र उद्देश्यविपरीत जाने किसिमको कुनै पनि वक्तव्य, मन्तव्य लिखत, अभिव्यक्ति आदि नदिने, त्यस्तो व्यवहार पनि नदेखाउने । साथै, यस सङ्घको साझा उद्देश्यलाई हानि हुनेगरी कुनै सङ्घसंस्थाको सदस्य नबन्ने । 
(ख) देशको सार्वभौमिकता, जातीय सद्भाव, राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने । 
(ग) अन्धविश्वासयुक्त धारणाको प्रचार–प्रसार नगर्ने, आफ्नो लेखन र व्यवहारको Ôेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने । 
(घ) जातीय, भाषिक, लैङ्गिक, शारीरिक तथा Ôेत्रीय (भौगोलिक) विभेद देखिने वा त्यसलाई प्रश्रय मिल्ने खालको सिर्जना नगर्ने ।
(ङ) जातीय एकता एवम् सद्भावको विकास, भाषिक समानता तथा सांस्कृतिक आदान–प्रदानका निम्ति विशेष अग्रसरता देखाउने । 
उपर्युक्त कुराहरूका विरुद्ध कुनै लेखकले कार्य गरेको छ भने – 
(अ) सर्वप्रथम सामान्य आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरिएमा, कडा आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरिएमा, नसिहत दिनेछ र अन्त्यमा केही सुधार नहुने देखिएमा सङ्घबाट निलम्बन गरी निष्काशनसमेत गर्न सक्नेछ तर उपर्युक्त कुनै किसिमले अनुशासनको कार्वाही गर्दा पनि सम्बन्धित सदस्यलाई सफाई दिन पाउने पूरा मौका दिइनेछ । 
(आ) कुनै पनि विषयमा उक्त लेखकले सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा आफ्ना विचार प्रकट गरेको छ भने त्यो कुरा वैचारिक सङ्घर्षको विषय बन्नेछ । प्रलेसको विधान नमान्ने तथा त्यसको विरुद्ध जाने एवम् असैद्धान्तिक, अवैचारिक, निजी सङ्कुचितता र स्वार्थबाट प्रेरित भई सङ्घ, त्यसका सदस्य र नेपाली उत्पीडित श्रमजीवी जनतालाई हानी–नोक्सानी पु¥याउने कुनै पनि लेखकले प्रलेसको सदस्य बन्ने योग्यता राख्नेछैन । 
(इ) कुनै लेखकद्वारा प्रगतिशील वैचारिकताका सीमाभित्रै रहेर लेखिएको वा अगाडि सारिएको सैद्धान्तिक वा सौन्दर्यशास्त्रीय भिन्न मत वा विचारलाई आचारसंहिताको उल्लङ्घन मानिनेछैन तर प्रगतिशील आचरण एवम् प्रलेसको विधानको प्रस्तावना, लक्ष्य एवम् भावनाविरुद्ध कुनै सदस्यद्वारा लेखेर वा व्यक्तिगत व्यवहार÷आचरणका माध्यमबाट कुनै गतिविधि गरिएमा त्यसलाई आचारसंहिताको उल्लङ्घनको विषय मानिनेछ र सङ्घले त्यसको प्रकृति हेरी कार्वाहीको प्रक्रिया अघि बढाउनेछ ।

अनुसूची  २ 

गोपनीयता तथा अनुशासनसम्बन्धी प्रतिवद्धता 
राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीसहित समितिका अन्य सदस्यहरूले अध्यक्ष मण्डलसमक्ष र अन्य समितिका सदस्यहरूले माथिल्लो समितिका पदाधिकारीसमक्ष निम्न व्यहोराको प्रतिवद्धता व्यक्त गर्नेछन् ः
ड्ड म निःस्वार्थ रूपले प्रगतिशील लेखक सङ्घको नीति, नियम र विधानप्रति प्रतिवद्ध रही यसको उद्देश्य प्राप्तिका लागि निरन्तर निष्ठाका साथ लागिरहनेछु ।
ड्ड जनवादी केन्द्रीयतालाई अनुशरण गर्दै सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वका आधारमा सङ्गठनले दिएका जिम्मेवारी पूरा गर्नेछु । 
ड्ड निरन्तर क्रान्तिको आलोकमा अनुशासन, गोपनीयता साङ्गठानिक पद्धतिलाई आत्सात् गर्नेछु । 
ड्ड माक्र्सवादी सौन्दर्यचिन्तनको पदप्रदर्शनमा रही सङ्गठनको हित र स्वार्थलाई दृढ सङ्कल्पका साथ पूरा गर्नेछु ।
ड्ड प्रगतिशील साहित्यिक आन्दोलन जिन्दावाद !
ड्ड प्रगतिशील लेखक सङ्घ, नेपाल जिन्दावाद !





========================================================


२०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको प्रगतिशील लेखक संघ, नेपाल एघारौं राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य एवम् राष्ट्रिय परिषद सदस्यको नामावली

केन्द्रीय समिति 


(१) अध्यक्ष– प्रा.डा. जीवेन्द्रदेव गिरी
(२) उपाध्यक्ष–गोपीरमण उपाध्याय
(३) उपाध्यक्ष–सुशीला प्रधानाङ्ग
(४) महासचिव–समीर सिंह
(५) उपमहासचिव–आर.सी. न्यौपाने
(६) सचिव–प्रकाश थापा मगर
(७) सचिव–बाबुराम आचार्य
(८) कोषाध्यक्ष–डा. ध्रुवप्रसाद घिमिरे
(९) सदस्य–लोकबहादुर थापा
(१०) सदस्य–डा. देवी क्षेत्री दुलाल
(११) सदस्य–केशव थापा
(१२) सदस्य–जनक रसिक
(१३) सदस्य–गिरीप्रसाद बुढा
(१४) सदस्य–नारायण मरासिनी
(१५) सदस्य–नवराज रिजाल
(१६) सदस्य–मधु पोखरेल
(१७) सदस्य–राममणि ढुङ्गेल
(१८) सदस्य–डा. दिपक गौतम
(१९) सदस्य–सरस्वतीकुमारी राई
(२०) सदस्य–नरेश न्यौपाने
(२१) सदस्य–ओमप्रकाश घिमिरे
(२२) सदस्य–बालाकृष्ण अधिकारी
(२३) सदस्य–मणि अर्याल
(२४) सदस्य–झगिन्द्र्रराज ढकाल ‘पारस’
(२५) सदस्य–सुमित्रा वाङ्देल ‘चेली’
(२६) सदस्य–इन्द्रराज लामा
(२७) सदस्य–पुरु लम्साल
(२८) सदस्य–बम बानिँया
(२९) सदस्य–मधु क्षेत्री
(३०) सदस्य–राजेश विक
(३१) सदस्य–प्रदिप प्रधान
(३२) सदस्य–मिनबहादुर राना
(३३) सदस्य–जीवन शाही
(३४) सदस्य–ताराप्रसाद शर्मा
(३५) सदस्य–कमल कार्की
(३६) सदस्य–अर्जुन पौडेल ‘निर्जन’
(३७) सदस्य–शालिकराम तिमिल्सिना
(३८) सदस्य–ऋद्धिरमण घिमिरे
(३९) सदस्य–शरद अधिकारी


राष्ट्रिय परिषद 


(१) सदस्य–अनन्तबहादुर कार्की
(२) सदस्य–सुवास खनाल
(३) सदस्य–कल्याण ओझा
(४) सदस्य–ताराबहादुर बुढाथोकी
(५) सदस्य–पुष्कर रिजाल
(६) सदस्य–प्रशान्त खरेल
(७) सदस्य–भैरवी भुगोल
(८) सदस्य–बोधकुमार घिमिरे
(९) सदस्य–बिजुला रायमाझी
(१०) सदस्य–युवराज दाहाल
(११) सदस्य–विजया सुवेदी
(१२) सदस्य–होम भट्टराई
(१३) सदस्य–कल्पना पौडेल ‘जिज्ञासु’
(१४) सदस्य–सुभास जिसी
(१५) सदस्य–बिनु केसी
(१६) सदस्य–केशवनाथ योगी
(१७) सदस्य–राम बसु
(१८) सदस्य–रितु केसी
(१९) सदस्य–ध्र्रुुव गिरी
(२०) सदस्य–धर्मराज दानी
(२१) सदस्य–लोक लामा
(२२) सदस्य–जगत वाशिष्ठ
(२३) सदस्य–कौशिला रिसाल
(२४) सदस्य–डा. यादेवी ढकाल
(२५) सदस्य–शेखर अर्याल
(२६) सदस्य–प्रेमिला राई
(२७) सदस्य–रामबहादुर घिसिङ
(२८) सदस्य–धनकुटे कान्छा
(२९) सदस्य–गनेसकुमार राई
(३०) सदस्य–पदम बडाल
(३१) सदस्य–कृष्ण किसु
(३२) सदस्य–यादवराज उपाध्याय
(३३) सदस्य–सुब्बा श्रेष्ठ
(३४) सदस्य–सुवास रिजाल
(३५) सदस्य–बाबा बस्नेत
(३६) सदस्य–देवी पन्त
(३७) सदस्य–कल्पना पौडेल
(३८) सदस्य–हेमराज आश्रय
(३९) सदस्य–विजय राना

-------------------------------------------------------




No comments:

Post a Comment