Saturday, September 10, 2016

साहित्यकार लक्ष्मण सापकोटालाई प्रलेसको लोगो र झण्डा हस्तान्तरण सहित शुुभकामना प्रदान कार्यक्रम सम्पन्न ।

प्रलेस काभ्रे शाखाका उपाध्यक्ष एवम् प्रथम साहित्यिक हिमाल आरोही (इनजात्से हिमाल, सोलखोम्बुु) लक्ष्मण सोपकोटाले २०७३ असोज १ गतेदेखि प्रगतिशील लेखक सङ्घको लोगो र झण्डा सहित साहित्यिक जागरण (मेची महाकाली साहित्यिक दौड) अभियान प्रारम्भ गर्न लाग्नुुभएको छ । आज २०७३ भाद्र २४ गते मेची–महाकाली साहित्यिक दौड कार्यक्रमको प्रारम्भमा प्रलेसका अध्यक्ष मातृका पोखरेलले दौड अभियानकर्ता लक्ष्मण सापकोटालाई प्रलेसको लोगो र झण्डा हस्तान्तरण गर्नुुभयो । उक्त कार्यक्रममा अध्यक्ष पोखरेलले उहाँको यो साहसिक कार्यले प्रलेसको सङ्गठन विस्तारका साथै प्रगतिशील साहित्यको जागरणमा मद्दत पुुग्ने विश्वास साथ शुुभकामना व्यक्त गर्नुुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव सरल सहयात्री, रक्तिम सांस्कृतिक परिवारका रामप्रकाश पुुरी, प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्ट, एवम् प्रलेस पूूर्व सचिवालय सदस्य बलराम तिमिल्सिनाले शुुभकामना व्यक्त गर्नुुभएको थियो । २०७३ असोज एक गतेदेखि झापाको काकरभिट्टाबाट प्रारम्भ भएर २०७३ असोज १८ गते कञ्चनपुुरको गड्डाचौकीमा दौडको समापन हुनेछ । कार्यक्रममा प्रलेस महासचिव आर. एम् डंगोलले साहित्यकार लक्ष्मण सापकोटाको व्यक्तित्वबारे प्रकाश पार्नुका साथै कार्यक्रमको औचित्यमाथि चर्चा गर्नुुभएको थियो । सो कार्यक्रममा प्रलेस केन्द्रीय उपाध्यक्ष पुुष्करराज भट्ट, प्रलेस केन्द्रीय सचिव प्रकाश सिलवाल एवम् प्रलेसका सदस्यहरू निर्भिकजङ्ग रायमाझी, तर्कना शर्मा एवम् शुुकदेव थपलिया लगायतको उपस्थिति थियो ।

प्रथम मेची–महाकाली साहित्यिक दौडमिति, स्थान र अवधि 

- २०७३ असोज १ गते काँकरभिट्टा–दमक ५० किलोमिटर
- २०७३ असोज २ गते दमक–इटहरी ४५ किलोमिटर
- २०७३ असोज ३ गते इटहरी–कञ्चनपुुर (मौली) ७० किलोमिटर
- २०७३ असोज ४ गते मौली–लाहान ४० किलोमिटर
- २०७३ असोज ५ गते लाहान–ढल्केबार ६० किलोमिटर
- २०७३ असोज ६ गते ढल्केबार–चन्द्रनिगाहपुुर ६९ किलोमिटर
- २०७३ असोज ७ गते चन्द्रनिगाहपुुर–हेटौंडा ७० किलोमिटर
- २०७३ असोज ८ गते हेटौंडा–भरतपुुर ७७ किलोमिटर
- २०७३ असोज ९ गते भरतपुुर–दुुम्कीबास ६० किलोमिटर
- २०७३ असोज १० गते दुुम्कीबास–बुुटबल ५९ किलोमिटर
- २०७३ असोज ११ गते बुुटबल–चन्द्रौटा ६६ किलोमिटर
- २०७३ असोज १२ गते चन्द्रौटा–लमही ६० किलोमिटर
- २०७३ असोज १३ गते लमही–कुुसुुम ५९ किलोमिटर
- २०७३ असोज १४ गते कुुसुुम–कोहलपुुर ५६ किलोमिटर
- २०७३ असोज १५ गते कोहलपुुर–भुुरीगाउँ ५५ किलोमिटर
- २०७३ असोज १६ गते भुुरीगाउँ–मसुुरिया ६८ किलोमिटर
- २०७३ असोज १७ गते मसुुरिया–झलारी ५० किलोमिटर
- २०७३ असोज १८ गते मसुुरिया–गड्डाचौकी ३० किलोमिटर































































=================================

बिभिन्न सञ्चार माध्यमहरुमा लोगो र झण्डा हस्तान्तरण  कार्यक्रम ------



राष्ट्रिय जागरणका लागि मेची–काली दौडमा सापकोटा


(प्रकाश सिलवाल)
काठमाडौँ, २५ भदौ । “मेचीको काँकडभित्ताको पानी र माटो बोकेर राजमार्गमा दौड यात्रा गरेर महाकालीको दोधारा–चाँदनी पु¥याउनेछु, त्यहाँको पानी र माटोमा मिसाएर टीका लगाउनेछु ।”
प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाको सो सन्देशमूलक र साहसी अभियान आगामी असोज १ गतेदेखि प्रारम्भ हुनेछ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गर्नुभएका सापकोटामा आफू मधुमेहबाट पीडित भए पनि पर्याप्त तयारी र अभ्यासबाट साहसी यात्रामा निरन्तर लाग्नबाट पछि नहट्ने अठोट छ । इम्जात्से हिमाल चढ्दा उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठान, महानन्द सापकोटा वाङ्यमय प्रतिष्ठान र जनसाहित्यिक मञ्चको तुल लिएर जानुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरबाट सुरु हुने साहित्यिक दौड बनेपा, पनौती, धुलिखेल( बिपी राजमार्ग)बाट तराई हुँदै महाकालीको गड्डाचौकीमा पुगेर असोज १८ गते समापन हुनेछ । उहाँ भन्नुहुन्छ, “दौड मात्रै गर्ने हो भने मेरा लागि यो यात्रा केवल सात दिनको हुनेछ तर बीचबीचमा साहित्यिक र सांस्कृतिक जागरणका कार्यक्रम गरी राष्ट्रियता र समृद्धिका लागि प्रवद्र्धन पनि गर्ने मेरो लक्ष्य छ ।” सापकोटाको प्रतिदिन कम्तीमा ४० किमी दौडने कार्यक्रम छ । उहाँका सहयोगी समूहले दौडका क्रममा गाडीमा सवार भई पछ्याउनेछन् ।
सापकोटा काँकडभित्ताबाट इटहरी, कञ्चनपुर, लहान, ढल्केवर, चन्द्रनिगाहपुर, हेटौँडा, भरतपुर, बुटवल, चन्द्रौटा, लमही, कोहलपुर, भुरीगाउँ र झलारी हुँदै गड्डाचौकी पुग्ने योजनामा हुनुहुन्छ । सो यात्रामा उहाँले समुदायस्तरबाट पनि सहयोगको अपेक्षा गर्नुभएको छ । गत वर्ष बनेपा–सिन्धुलीको बिपी राजमार्ग दौड सुरु गरी १८० किमी पार गरिसके पनि मधेसको नाकाबन्दीका कारण उहाँको दौड यात्रामा विश्राम लागेको थियो ।
यात्रा सफलताको कामनासहित शुक्रबार प्रगतिशील लेखक सङ्घ (प्रलेस) को झन्डा र प्रतीकचिह्न ग्रहणपछि उहाँले भन्नुभयो, “मैले १५ वर्ष युएइमा विशेष कमान्डो फोर्समा रहँदा ५२ डिग्री सेल्सियसको गर्मीमा अत्याधुनिक हतियार बोकेर पनि तालिम गरेँ, त्यहाँ रहँदा मैले राष्ट्रिय जारगणका लागि अतिरिक्त काम गरेँ, अरबमा १५ वर्ष नामक पुस्तक पनि तयार गरेँ, मेची–काली दौडपछि सर्वाेच्च शिखर सगरमाथामा पुगेर त्यो पुस्तक विमोचन गर्ने र नयाँ विश्व कीर्तिमान गर्ने धोको छ ।” सगरमाथामा हालसम्म लेखक आफँैले आफ्नो पुस्तक विमोचन गराएको कीर्तिमान छैन । चुचुरामा पुगेर अक्सिजनबिना आफ्नो एक राष्ट्रवादी कविता पाठ गर्ने, राष्ट्रिय गान गाउने, गौतम बुद्ध र पशुपतिको तस्बिर प्रदर्शन गर्ने, विश्व कम्युनिस्ट पार्टी स्थापनाको घोषणापत्र र प्रलेसको झन्डासमेत पु¥याउने अठोट सापकोटाको छ ।
झन्डा हस्तान्तरण गर्दै प्रलेसका अध्यक्ष मातृका पोखरेलले प्रगतिशील साहित्यको राष्ट्रियस्तरमा गतिविधि र समाजमा जागरण फैलाउन सापकोटाको यात्रा उल्लेखनीय हुने अपेक्षा व्यक्त गर्नुभयो । सापकोटा प्रलेस, काभ्रेका उपाध्यक्ष र जनसाहित्यिक मञ्च नेपालका जिल्ला अध्यक्ष हुनुहुन्छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इञ्चार्ज बलराम तिमल्सिना, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव सरल सहयात्री र रक्तिम सांस्कृतिक परिवारका रामप्रकाश पुरीले सापकोटाको साहसिक यात्रालाई प्रगतिशील साहित्यिक क्षेत्रले जागरण विस्तारको अवसरका रुपमा लिनुपर्ने जनाउँदै शुभकामना दिनुभयो । 
रासस
http://nepalisamachar.com बाट साभार 

No comments:

Post a Comment