Friday, October 20, 2017

प्रलेसको आयोजनामा सामुहिक देउसी/भैलो कार्यक्रम-२०७४ सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा २०७४ साल कार्तिक ३ गते अनामनगरको सामाजिक सेवा समाजको हलमा  सामुहिक देउसी भैलो कार्यक्रम -२०७४ सम्पन्न भयो । नेपाल प्रज्ञा - प्रतिष्ठानका सदस्य-सचिव एवम् प्रगतिशील लेखक सङ्घका पूर्व महासचिव डा. प्रा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त  सामुहिक देउसी भैलो कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेस  पूर्णाङ्क -२३ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा विध्यावारिधीको शोधकार्य सम्पन्न गर्नुभएकोमा केन्द्रीय सदस्य भागवत आचार्यलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा  प्रमुख आतिथि डा. प्रा. जीवेन्द्रदेव गिरी, प्रलेसका  सल्लाहकार हेमनाथ पौडेल र ईश्वरचन्द्र ज्ञवालीले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । गीत, नृत्य र कविता वाचन सहितको सांस्कृतिक प्रस्तुति गरिएको उक्त कार्यक्रमको संचालन महासचिव आर.एम. डंगोल र केन्द्रीय सदस्य रमेश शुभेच्छुले संचालन गर्नुभएको थियो ।

==============



प्रलेस देउसी / भैलो कार्यक्रम  - १ 


प्रलेस देउसी / भैलो कार्यक्रम - २


प्रलेस देउसी / भैलो कार्यक्रम - ३ 

=================================================

कार्यक्रमका तस्विरहरू :
























































































































=========================================



====================================

प्रगतिशील लेखक सङ्घ

केन्द्रीय कार्य समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रम -२०७४


उठान 
एउटै चाडमा उन्ने पशु पन्छी र मानिस
तिहारको खुसी बाँड्दै आयौँ आपस आपस
यही दीपावली ज्योत्स्ना जिन्दगीभर चम्कियोस्
देउसेका शुभेच्छाले पाइला पाइला चिनोस् ।
देउसी गीत १
आहै भनभन दाजुभाइ .............देउसिरे (पुरुषले मात्र)
भनभन दिदी बहिनी .......... देउसिरे (नारीले मात्र)
स्वर मिलाई भन ........... देउसिरे (सबैले)
ताल मिलाई भन .... देउसिरे
आहै भनभन साथी हो ः देउसिरे
भनभन सँगी हो ः देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
ताल मिलाई भन .... देउसिरे
वर्षै र दिनको .. देउसिरे .......
तिहार यो पर्व .... देउसिरे
मनाउनै पर्ने .... देउसिरे
देउसी र भैलो .... देउसिरे
ए खेल्नै पर्ने .... देउसिरे
झिलिमिली भिलिमिली.... देउसिरे
केको झिलिमिली .... देउसिरे
फूलको झिलिमिली.... देउसिरे
बत्तीको झिलिमिली .... देउसिरे
चाडको झिलिमिली .... देउसिरे
भ्रातृत्व झिलिमिली.... देउसिरे
भगिनित्व झिलिमिली.
हिमालको झिलिमिली ... देउसिरे
पहाडको झिलिमिली.....देउसिरे
तराइको झिलिमिली ...देउसिरे
ए देउसिरे भन.... देउसिरे
गीत (देउसी गीतको लयमा)
हामी त्यसै आएनौँ , प्रलेसले पठायो
संस्कृतिकर्मी खोजेर, आसिक दिन खटायो
जसले संस्कृति चिन्दैन, ऊ मरे कोही रुँदैन
बेलैमा संस्कृति चिनेर, नमानी पर्व हुँदैन ।
साहित्य स्रष्टा मिलेर , संस्कृति गाथा खोजेर
बाजेको लौरो टेकेर, नातिको जाँगर बोकेर
यहाँको आँगन रोजेर, देउसिरे खेलौँ भनेर
आएका हामी बन्धु हो, देउसिरे भन मिलेर । (देउसी गीतको लयमा)
आहै भनभन दाजुभाइ ... देउसिरे
भनभन दिदी बहिनी ....देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
श्रद्धाले भन..........देउसिरे
खुसीले भन.......देउसिरे

कविता अंश १
जाग जाग अब जाग न जाग
लाग उन्नतिविषे अब लाग
घोर नीद अबता परित्याग
भो भयो अति सुत्यौ अब जाग । (धरणीधर कोइराला)

कविता अंश २
ताप्छन् घाम उचा उचा घरहरु रुन्छन् नि झुप्रा तल
कावा खाइरहेछ चील नभमा लुक्छन् परेवा तल
यौटा पेल्छ बनेर कोल र सयौँ पेलिन्छ पेचा बनी
उल्टो लागिरहेछ न्याय युगको के भन्नु भन्दा पनि ।

देउसी गीत २
आहै भनभन दाजुभाइ ... देउसिरे
भनभन दिदी बहिनी ....देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
गीत
हामी त्यसै के आउँथ्यौँ कलमको नाता गाँसियो
प्रगतिशील लेखक संघले यता पठायो
साहित्य कला संस्कृति धेरै पछि पर्यो रे
देउसी खेली उठाउ भन्ने काइदा सिकायो । (देउसी गीतको लय)
भनभन दाजुभाइ .....देउसिरे
भनभन दिदी बहिनी ........ देउसिरे
स्वर मिलाई भन ........... देउसिरे
तल मिलाई भन .... देउसिरे
लेखक भन्नु .... देउसिरे
युगका स्रष्टा .... देउसिरे
युगका द्रष्टा .... देउसिरे
कलमजीवी .... देउसिरे
कलम योद्धा देउसिरे
उनैको कलम.......
बन्दक नहोस्
उनैको श्रम
शोषण नहोस्
आहै भन भन दाजुभाइ
राम्ररी भन
सुर मिलाई भन
तल मिलाइ भन
श्रममा बाँच्ने
क्सैको पनि
शोषण नहोस् .
भोको र नागो
कोही पनि नहोस्
औषधी पानी
नपाइकन
कसैको ज्यान
नजाओस् त्यसै
शिक्षाको ज्योति
नपाइ कोही
पछाडि नहोस्

कविता अंश ३
सयमा दश पाँच धनी गनिनु
अरुले उसकै करिया बनिनु
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो । (महानन्द सापकोटा)

कविता अंश ४
गरीब भन्छौ सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलासको लासल दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम । (लक्ष्मीप्रसाद देवकोटा)

देउसी गीत २ 
(आँदी खोला उर्लेर आयोको लयमा)
झिलिमिली तिहारै आयो
गाउँ बस्ती खुसीले रमायो ।
हिमालचुली पल्लोपटि स्वच्छ संलो खोला
माग्न आए देउसेभैले नभन्दिनु होला ।
झिलिमिली तिहारै.............।
हिमालचुली ओल्लोपटि उपत्यकाबाट
द्यौसी खेल्न आयौँ हामी खोलिदिनु ढाट
झिलिमिली तिहारै.............।
तराई पहाड हिमालका बन्धुहरु मिली
सयपत्री मखमली माला झिलिमिली
झिलिमिली तिहारै.............।
थुँगा थुँगा नसम्झनु हाम्रो मालालाई
संस्कृतिको समर्थनमा सलाम सबैलाई
झिलिमिली तिहारै.............।
छरछिमेकी मिलेर बसेको, मिलेर बसेको
गाउँघर जस्तै सहरमा जमेको सहरमा जमेको
झिलिमिली तिहारै.............।

आहै भनभन दाजुभाइ ... प्रलेस
है भनभन दिदी बहिनी ....प्रलेस
है स्वर मिलाई भन ....प्रलेस
है तल मिलाई भन ....प्रलेस
प्रलेश भन......प्रलेस
बली राजाले ......प्रलेस
पठाको हैन.........प्रलेस
यमराजले .............प्रलेस
खटाको हैन.............प्रलेस
सिर्जनाकर्मी मिलेर आयौँ ‘।.........

संस्कृति चिनी
चडपर्म मानी
कविता अंश ........
मान्छे बिगार्ने जति लोभ पाप हुन्
मान्छे सपार्ने बलिदान त्याग हुन्
बिग्रोस् न जे बिग्रनु हुन्न चिन्तन
संसार बिग्रन्छ नि बिग्रिए मन । (रामप्रसाद ज्ञवाली)
कविता अंश......
फोर्दै जाऊ गिरि र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी शेष हून् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमिन तह यो विश्वको सिर्ज टार ।
गीत ....
द्यौसी खेल्ने घरहरु अरु कति थिए थिए
यै घरको आस्था चिनी हाम्रा पाइला मोडिए
जुन घरमा माया मिल्छ त्यै घरमा गइन्छ
झ्याली मादल ठट्ताएर द्यौसी खेलिन्छ ।
भनभन दाजुभाइ : के भन्ने
स्थायी शान्ति  ले भन्ने 
गरी खान  दे भन्ने 
उद्योग धन्दा  खोल भन्ने 
भ्रष्टाचारी  पोल भन्ने 

अत्याचारी  ठोक भन्ने
विदेश जान :  रोक भन्ने 
स्वदेशमा मौका  छोप भन्ने 
शैक्षिक व्यापार  रोक भन्ने 
स्वास्थ्यको व्यापार  रोक भन्ने
प्राज्ञिक व्यापार  रोक भन्ने 
चेतना वीज  रोप भन्ने 
देशको नाक  राख भन्ने
नमास हाम्रो  साख भन्ने 
कालाबजारी  चिन भन्ने 
कानुनी बाटो  हिँड् भन्ने 
दासतालाई  खेद भन्ने 
आस्थाको दियो  बाल भन्ने 
आशाको दियो :  बाल भन्ने 
बेरोजगारी  मास भन्ने 
एकता माला  गाँस भन्ने 
साझा खुसीमा  हाँस् भन्ने 
नेपाली सान  राख् भन्ने
कविता अंश .......
अघि सर अघि सर साहस जोड
काँतर पन ली प्राण नछोड
पाइन बलको अब देखाऊ
बैरीलाई मार भगाऊ
चम्क युवक अब चम्क न चम्क
छाती फुकाइ लम्क न लम्क । (सिद्धिचरण श्रेष्ठ)
द्यौसी गीत ४
(भैली गीत)

आहै भनभन दिदी बहिनी भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैलीनी भन ............भैली
भैलिनी आयौँ आँगन..समानता शिक्षा मागन
हे औसी बारो गाइतिहारो भैलाृ....................
हामी त्यसै आएनौ
प्रलेसले पठायो
घरभित्र मात्रै नबसे
दाजु भइले उकासे
आमा दिदी बैनी हो
घरमा बस्नु बन्धन हो
भनेर हाम्रै माइतीले
भैलिनी खेल्न पठाए
आहै भनभन दिदी बहिनी .................भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैली भन ............भैली
प्रगतिशील लेखक संघका (दिदी बहिनी घरैसम्म)
मादल ठोक्तै भैली खेल्दै नाच्तै आयौँ छम्म छम्म
तिहारको खबर ल्यायौ, मखमली उनी आयौ
माइतीलाई आसिक बाँड्दै
तिहारको खुसी साट्तै
नाच्तै आयौँ छम्म छम्म ।
आहै भनभन दिदी बहिनी भैली
भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैली भन ............भैली

नारी कमजोर हुदैनन् ....हिम्मत हार्दैनन्
आफ्नो वर्ग अन्यायको बन्दी पार्दैनन्
छोराछोरी बराबरी भेद गर्दैनन्
जस्तै काम गर्न पनि पछि पर्दैनन्

ए भनभन काकी फुपु ............भैली
है स्वर मिलाई भन .............भैली
है ताल मिलाई भन .... ............भैली
भैलीनी भन ............भैली

आसिक दिन्छौँ ..................भैली
हाम्रा माइती  महान् हुन् 
संसारका  आहान् हुन् 
छोराछोरी  विद्वान् हुन् 
बाआमाले  आसिक दिउन् 
गोठको गाई  नमरोस् 
दुखी भै बस्नु  नपरोस् 
कुनै माइती :  नेता हुन्
कुनै माइती  मन्त्री हुन् 
कुनै माइती  वकिल हुन् 
कुनै माइती  हाकिम हुन् 
कुनै माइती  प्रोफेसर हुन्
कुनै माइती  उद्यमी हुन् 
रोगले साइनो नगाासोस्
कालले गाउँ नहाँसोस्
बाआमा वृद्धाश्रम  नजाउन् 
घरैमा माया  पाइरहून् 
सन्तान विदेसी  नबनून् 
अर्काका भाँडा  नमाझून् 
आफ्नै देशमा  केही गरुन्
भाफ्नै कममा  रमाउन् 
नाम र दाम  कमाउन् 
भकारीमा  धान होस्
माइतीका शिरमा ज्ञान होस् ।

देउसी गीत ५
(आसिक गीत )

यस घरका परिवारकोे भलो होस् है भलो
धान, मान ज्ञान फल्ने खलो होस् है खलो
दुनियाँको आस्था केन्द्र बनोस् यही आँगन
द्योसे भैले टोलीबाट लाख लाख सलाम ।
ए भन भन दाजुभाई .(...........शुभाशिष
भनभन दिदी बहिनी .......शुभाशिष
शुभाशिष भन .............

यसै घरका बाबा आमा समाजपूज्य बनून्
यसै घरका लालाबाला ठाउँपिच्छे अघि बढून्
यसै घरका युवाहरू समाजका काँध बनून्
सबै लागून् सबै जुटुन् विश्व जित्ने नाम बनून्

व्यवसाय उद्योग धन्दा फस्टाएर जाओस्
कर्मवीर पाखुरीले उच्च मान पाओस्
विकास होस् आर्जन होस् अरु अरु भन्दा
बन्द नहोस् कैल्यै पनि हाम्रो उद्योग धन्दा ।
कविता 
(शुभकामना)
कामना ज्योति ज्योतिमा बत्ती बालेर कामना
सयौ बास्नामय थुँङ्गा माला गाँसेर कामना
माथ चम्काउने रङ्गी टीका मुछेर कामना
सिँढी उन्नतिका कप्तै कोटियौँ शुभ कामना
कोटियौँ मात्र के भन्ने अरबौँ शुभकामना
अरबौँ मात्र के भन्ने खरबौँ शुभकामना
सङ्ख्यामा कसरी गन्ने शंखौँ पध्मौँ छ कामना
शुभ सकल्पका साथ सम्पूर्ण शुभकामना ।।
ए भन भन दाजुभाइ ः...........शुभाशिष
भनभन दिदी बहिनी .......शुभाशिष
शुभाशिष भन .............

द्यौसी गीत छ
(बिसौनी)
द्यौसे हो भैले हो
ऋर्को साल केहुन्छ के हुन्छ
नाच्ने नै ऐले हो
साथी हो संगी हो
अर्को साल के हुन्छ के हुन्छ
गउने नै ऐले हो ।
सेल रोटी नि पकाउनु भा रैछ
दियो वत्ती जगाउनु भारैछ
द्यौसे हो..............।
भ्m्याल ढोका नि सजाउनु भा रैछ
द्यौसी गीत बजाउनु भारैछ
द्यौसे हो भैले हो............।
डाडमध्ये रमाइलो चाड तिहार
आयौँ लेखक कवि र कलाकार
द्यौसे हो भैले हो ...........।
हेर्नुपर्छ नाचगानको रमिता
आसिकले सिर्जियोस् कविता
द्यौसे हो भैले हो ...........।
सबै चिने जानेकै ठाउँ रैछ
राम्रा छिमेक रमाइलो गाउँ रैछ
द्यौसे हो भैले हो ...........।
बिसौनी आसिक कविता
उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्
खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्
कुनै पीडा चिन्ता मन मन लिई दुख्नु नपरोस्
गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।
(सङ्कलन संयोजन  रमेश शुभेच्छु)

No comments:

Post a Comment