Wednesday, March 8, 2017

दोस्रो राष्ट्रिय परिषद बैठकको परिपत्र ( २०७३/११/२३ )







=============================================



विषय : परिपत्र 
मितिः २०७३/११/२३
श्री ……. ……. ……. ……. ……. ……. …….
……. ……. ……. ……. ……. ……. …….
 समिति/ शाखा



१. दोस्रो राष्ट्रिय परिषद् बैठक सम्पन्न 
प्रगतिशील लेखक सङ्घ, नेपालको दोस्रो राष्ट्रिय परिषद बैठक गत फागुन १३–१४ गते ओखलढुङ्गाको रुम्जाटारमा सम्पन्न भएको छ । फागुन १३ गते अपरान्ह रुम्जाटारस्थित पद्माहलको सभाकक्षमा प्रारम्भ भएको बैठकका ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलिबाट सुरु भएको थियो । बैठक सञ्चालनसँगै महासचिव आर.एम. डङ्गोलद्वारा साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष विजयराज आचार्यबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षता र प्रलेसका पूर्व कोषाध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ नर्मदेश्वरी सत्यालको अतिथ्यमा सञ्चालित बैठकमा महिला उपाध्यक्ष डा. विन्दु शर्मा, प्रदेश इन्चार्जसमेत रहनुभएका प्रादेशिक उपाध्यक्षहरू मिश्र वैजयन्त्ती (प्रदेश नं. १), खेम थपलिया (प्रदेश नं. ३), डा. कृष्णराज अधिकारी (प्रदेश नं. ४), रामप्रकाश पुरी (प्रदेश नं. ६) र पुष्करराज भट्ट (प्रदेश नं. ७) बाट परिपोर्टिङसहित प्रतिवेदनमाथि आ–आफ्नो विचार प्रस्तुतिपछिथागित सो बैठक १४ गते विहानबार पुन : प्रारम्भ भएको थियो । बैठकमा प्रलेस, केन्द्रीय सचिव प्रकाश सिलवाल, र होमशङ्कर बास्तोला, सचिवालय सदस्यहरू आर.सी. न्यौपाने, कृष्णहरि भट्ट, लक्षीराम आचार्य तथा केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरूबाट आ–आफ्ना विचार, सुझावहरू प्रस्तुत भएको थियो । 
साङ्गठानिक प्रतिवेदनमा प्रलेसका चुनौति तथा समस्याहरू र समाधानका उपायहरू स्पष्ट हुनुपर्ने, जिल्ला गतिविधिहरूको पूर्ण विवरण समेटिनुपर्ने जस्ता सल्लाहा–सुझाव प्रस्तुत भएको थियो । त्यसैगरी आर्थिक प्रतिवेदन लेखाशास्त्रीय विधिअनुसार प्रस्तुत नभएकोमा सचिवालय सदस्य आर.सी. न्यौपानेले आलोचनात्मक दृष्टिकोण राख्नुभएको थियो । बैठकले दुवै प्रतिवेदनलाई थप परिमार्जन गर्नुपर्ने सल्लाहा सुझावसहित पारित ग¥यो । 
बैठकको समापन क्रममा प्रमुख आतिथि नर्मदेश्वरी सत्यालले सामाजिक, सांस्कृतिक रूपान्तरणको अहम् भूमिका निर्वाह गर्न प्रलेसले सिर्जनात्मक तथा वैचारिक रूपमा ठोस कदम चाल्नुपर्ने सुझाव दिनुभयो । बैठकको अध्यक्षता गरिरहनुभएका अध्यक्ष मातृका पोखरेलले संस्थाको साङ्गठानिक जीवनमा विचारधारात्मक तथा सिर्जनात्मक पक्षमा संस्थासामु चुनौति खडा भएको र संस्थामा आबद्ध लेखक स्रष्टाहरूले आ–आफ्नो लेखकीय जिम्मेवारी बहन गर्न थप सिर्जनशील हुनुपर्ने तथा वैचारिक प्रतिबद्धताको सवालमा पनि स्पष्ट हुनुपर्ने कुरा औँल्याउँदै बैठकमा साहभागीहरूबाट प्राप्त सल्लाहा, सुझावअनुसार संस्थालाई अझ गतिशील बनाइने प्रतिबद्धतासहित १० बुँदे रुम्जाटार घोषणा–पत्र जारी गरी बैठक समापन गर्नुभयो ।

२. दसबुँदे रुम्जाटार घोषणापत्र 
१. देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक समाज्यवाद र भारतीय दलाल एकाधिकार पुँजीवाद विरोधी साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रूपमा थप गतिशील बनाउन तथा घोषित कार्ययोजना र लक्ष्यहरू पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरूका साथ एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस प्रतिबद्ध छ । 
२. राष्ट्रिय जीवनका विविध पक्षहरू राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र र हस्तक्षेप अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजन सहित सिर्जनात्मक अभियानमार्फत प्रतिवाद गर्दछ । 
३. मुलुकमा संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई राष्ट्रिय हित तथा अखण्डतामा प्रतिकूल नहुने गरी अस्थिरता र अन्योललाई चिर्दै राष्ट्रिय राजनीतिक सहमतिसहित प्रभावकारी कार्यान्वयनका लागि यो बैठक जोडदार माग गर्दछ । 
४. करिव दुई दसकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासमा सन्दर्भमा सकारात्मक ठान्दै उक्त निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित रूपमा सम्पन्न गराउन नेपाल सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्दछ । 
५. समकालीन बुर्जुवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्ति विरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान जारी राख्ने निर्णय गर्दछ । 
६. राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवं संस्कृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रूपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानहरू तथा अध्ययन, बहस जस्ता कार्यक्रम सञ्चालनका लागि पहलकदमी लिने निर्णय गर्दछ । 
७. साहित्यिक र सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मानका परम्परा र अभ्यासका नाममा हावी हुन खोजेको विकृति, नातावाद, कृपावाद र अलोकतान्त्रिक कार्यशैली अन्त्य गरी वस्तुवादी मूल्याङ्कन माध्यमबाट पुरस्कार तथा सम्मान परम्पराको थालनी गर्ने निर्णय गर्दछ । 
८. सूचना र प्रविधिको व्यापकतम् प्रयोगका सन्दर्भमा यसको उपयोगबाट सिर्जनात्मक कर्मलाई थप प्रभावकारी बनाउन आन्तरिक ताजगीकरण र स्वयं सक्रियताका माध्यमबाट सूचना आदान प्रदान सहित सिर्जनात्मक उपलब्धि हासिलका लागि प्रयत्नशील रहने निर्णय गर्दछ । 
९. ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सह्राहना गर्दै रुम्जाटार विमानस्थलको स्तरोन्नति, पर्यटन, शैक्षिक गन्तव्यस्थल विकास एवं, जनजीविकाका सवालमा राज्यका तर्फबाट प्राथमिकता दिन माग गर्दछ । 
१०. प्रलेसको परिषद् बैठक सफल बनाउन केन्द्रीय व्यवस्थापन संयोजन समिति, न्यानो स्वागत र सुन्दर व्यवस्थापनसहित स्थानीय आतिथ्यतामा अगुवाई गर्ने समाजसेवी सीताराम गुरुङ, स्थानीय जनसमुदाय, प्रलेस जिल्ला तदर्थ समिति, सनराइज आवसिय विद्यालय लगायतका संघ सस्थाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

३. बैठकका नीतिगत निर्णयहरू 
बैठकले प्रलेसका आगामी वर्ष (२०७४) का लागि निम्नलिखित केन्द्रीय स्तरका कार्यक्रमिक योजना पारित गरेको छ :

३.१ लेबी  सम्बन्धमा 
प्रलेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरूले न्यूनतम १०० रूपैयामा नघटाई स्वैच्छिक मासिक लेबी तिर्नुपर्ने निर्णय गरेको छ । 

३.२ कार्यक्रमिक योजना सम्बन्धमा 
१) दोलखाको चरिकोटमा गजल विधासँग सम्बन्धित प्रशिक्षण कार्यक्रम तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने, 
२) पूर्वीय दर्शनमा भौतिकवादी चिन्तन सम्बन्धी गोष्ठीको आयोजना गर्ने, 
३) संस्कार परिवर्तन सम्बन्धमा गोष्ठीको आयोजना गर्ने, 
४) प्रत्येक प्रदेशमा यस वर्षभित्र आयोजना गरिने सम्मेलन आयोजनक समितिको भेलाका क्रममा एक एक वटा वैचारिक÷सिर्जनात्मक कार्यक्रमको आयोजना गर्ने,
५) उपत्यकामा बृहत् प्रगतिशील नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने, 
६) नेपाली पुरस्कार, सम्मान संस्कृति सम्बन्धमा एउटा बृहत् गोष्ठीको आयोजना गर्ने, 
७) इतिहास लेखन परियोजनालाई मूर्त रूप दिने, 
८) प्रदेश सम्मेलनसम्ममा प्रत्येक प्रदेशले आफ्नो मुखपत्र प्रकाशन गर्ने,
९) प्युठानमा एउटा बृहत् काव्यगोष्ठीसहित कविता सम्बन्धी वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने,
१०) प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना अन्तर्गत प्रगतिशील समालोचनाको इतिहास लेखनको जिम्मेवारी पाउनुभएका हेमनाथ पौडेलले कार्य व्यस्तताका कारण सो कार्य गर्न नसकिने जानकारी गराउनु भएकोले सो कार्य सम्पन्न गर्नका लागि डा. अमर गिरीलाई जिम्मेवारी दिने । 
११) आगामी केन्द्रीय समितिको बैठक प्रदेश नं. ७ को बैलालीस्थित धनगढीमा आयोजना गर्ने (प्रदेश नं. ७ उपाध्यक्ष पुस्करराज भट्टले प्रस्ताव गर्नु भए बमोजिम) यस सम्बन्धी थप तयारी, व्यवस्थापनको लागि सचिवालय बैठकले आवश्यक निर्णय लिन सक्ने छ । 

४. नेपाली ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयक विचारगोष्ठी तथा रचनावाचन कार्यक्रम सम्पन्न
२०७३ फागुन १४ गते रुम्जाटारस्थित सनराइज बोर्डिङ स्कुलको प्राङ्गणमा नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘नेपाली साहित्यमा प्रगतिशीलता’ विषयक कार्यपत्रप्रस्तुति, टिप्पणी एवम् रचना वाचन कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञा–प्रतिष्ठन आख्यान विभाग प्रमुख एवम् प्रलेस अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, त्यसै क्षेत्रका सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख नर्मदेश्वरी सत्यालको विशेष अतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्रलेस केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रलेस महिला उपाध्यक्ष डा. विन्दु शर्माले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको संयोजन बालसाहित्य विभागका संयोजक होमशङ्कर बास्तोलाले गर्नुभएको 
थियो ।  
 ५. प्रलेस, ओखलढुङ्गा शाखा गठन तथा प्रलेस, सोलुखुम्बु शाखा तदर्थ समिति गठन 

ड्ड २०७२ फागुन १४ गते परिषद् बैठक समापनपछिको विशष समारोहमा प्रलेस, ओखलढुङ्गा शाखाको सम्मेलन सम्पन्न भयो । सम्मेलनमा प्रलेस, उपाध्यक्ष एवम् सोही क्षेत्रका इन्चार्ज मिश्र वैजयन्तीले युवराज दाहालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखाको घोषणा गर्नुभयो । कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेलले नवनिर्वाचित कार्यसमितिप्रति शुभकामना मन्तव्य राख्नुभएको थियो । 

ड्ड २०७३ फागुन १५ गते सोलुखुम्बुको सल्लेरीमा एक भेलाबिच लोचन शर्मा कट्टेलको संयोजकत्वमा १७ सदस्यीय जिल्ला नदर्थ समिति गठन भएको छ । कार्यक्रममा प्राज्ञ नर्मदेश्री सत्याल, महासचिव केन्द्रीय अध्यक्ष मातृका पोखरेल तथा महासचिव आर.एम्. डङ्गोलले आ–आफ्नो विचार राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेस महिला उपाध्यक्ष डा. विन्दु शर्मा, उपाध्यक्ष पुष्करराज भट्ट, सचिव होमशङ्कर वास्तोला, कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य आर.सी. न्यौपानेको पनि उपास्थिति रहेको थियो । 


आर्.एम्. डङ्गोल
महासचिव

No comments:

Post a Comment