Thursday, September 29, 2016

प्रलेसको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा  २०७३ साल असोज १३ गते उपन्यासकार लोक बहादुर थापा मगरद्वारा लिखित दुई उपन्यासहरु "सम्झनाका घाउहरु " र " विश्वास " को विमोचन एवम् परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) का वरिष्ठ नेता राम बहादुर थापा मगर हुनुहुन्थ्यो । पहिले मगर भाषामा प्रकाशित र पछि लेखकलेनै अनुवाद गर्नु भएर नेपाली भाषामा प्रकाशित गर्नुभएको उक्त उपन्यासहरुको प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) का वरिष्ठ नेता राम बहादुर थापा बादलले विमोचन गर्नुभएको थियो । प्रलेसका केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीको स्वागत मन्तव्य र नेपाल प्रज्ञा - प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको शुभकामना मन्तव्य पश्चात् उपन्यासकार लोक बहादुर थापा मगरद्वारा लिखित दुई उपन्यासहरु "सम्झनाका घाउहरु " र " विश्वास " को परिचर्चा कार्यक्रम सुरु भएको थियो ।

परिचर्चा कार्यक्रममा समिक्षकहरु आहुती, रमेशप्रसाद भट्टराई र जगत प्रेक्षितले उपन्यासकार थापाका दुबै उपन्यासको अन्तर्वस्तुले प्रगतिवादी आधारलाई आत्मसात गरेको धारणा राख्नुभएको थियो ।

प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सङ्घका महासचिव आर. एम. डङ्गोलले गर्नुभएको थियो ।











































































































============================
संचार माध्यमहरुबाट --- 


बादलद्वारा झुस्या मगरको ‘सम्झनाका घाउ’ र ‘विश्वास’ विमोचन !


श्याम रानामगर
मगर मिडिया, आश्विन १४, २०७३  काठमाडौँ


लोक बहादुर थापा मगर “झुस्या”द्धारा मगरभाषामा लिखित र नेपाली भाषामा अनुवादित “सम्झनाका घाउ” र “विश्वास” उपन्यास कृतिको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा मगर बादलद्धारा एक समारोह विच सार्वजनिकीकरण गरिएको छ ।



प्रगतिशिल लेखक सङ्घ, केन्द्रिय समितिको आयोजनामा आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मातृका पोखरेलले सभापतित्व गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका केन्द्रिय उपाध्यक्ष रामप्रकाश पुरीले राख्नुभएको थियो । प्राज्ञ श्रवण मुकारुङले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जगत उपाध्याय प्रक्षित, रमेश भट्टराई र विश्वभक्त दुलाल आहुतीले कृतिहरुको समीक्षा गर्नुभएको थियो । कृतिको समिक्षामा कृति माथि बोल्दै साहित्यमा पनि मातृभाषाको विकास र क्रान्तीको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । प्रगतिशिल लेखक संघका महासचिव आर एम डङगोलको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सर्जकले कृति रचना र अनुवाद गर्दाको अनुभव पनि बाड्नुभएको थियो ।



लेखक लोक बहादुर थापा मगर झुस्या पृथ्वी नारायण क्याम्पस, पोखराका उप–प्राध्यापक तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठानका पुर्व सदस्य सचिव पनि हुनुहुन्छ । स्याङजामा जन्मिनु भएका सर्जकले मगर भाषा साहित्य सम्वन्धी ७ वटा, मगर भाषा सम्वन्धी ४ वटा, सम्पादन ३ वटा, पाठ्यपुस्तक ३ वटा साथै विभिन्न अन्य कृतिहरु प्रकाशन गरि सक्नुभएको छ । सर्जक थापा मगर हर्क पुरस्कार–२०४८ नेपाल मगर संघ केन्द्रिय समिति, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५३ युवा खेलकुद तथा संस्कृति मन्त्रालय, जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार– २०६३ जितबहादुर सिंजाली मगर भाषा साहित्य प्रतिष्ठान, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०६९ नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता पुरस्कारहरुबाट सम्मानित भई सक्नुभएको छ ।

http://magarmedia.com बाट साभार 
badal-launches-jhusya-magar-books-004
badal-launches-jhusya-magar-books-005
badal-launches-jhusya-magar-books-006
badal-launches-jhusya-magar-books-007
badal-launches-jhusya-magar-books-008
badal-launches-jhusya-magar-books-009
badal-launches-jhusya-magar-books-010
badal-launches-jhusya-magar-books-011

No comments:

Post a Comment