Tuesday, September 20, 2016

प्रलेसको दोस्रो पूर्ण बैठक - २०७३ साल असोज ४

प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको 
दोस्रो पूर्ण बैठक ( २०७३ साल असोज ४) सङ्घको परिपत्र 






===========================

प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ( २०७३ साल असोज ४) सङ्घका महासचिव आर.एम.डंगोलद्वारा प्रस्तुत प्रतिवेदन। 

============================


अध्यक्षज्यू, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य एवम् केन्द्रीय सदस्यज्यूहरू,

प्रगतिशील लेखक सङ्घ, नेपालको गत २०७३ चैत २६– २७ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट नयाँ केन्द्रीय कार्यसमिति गठनलगतै (चैत २६ गते राति) बसेको पहिलो केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठकपछिको छैठौँ महिनाको पहिलो साता हामी दोस्रो केन्द्रीय समिति बैठकमा उपस्थित भएका छौँ । बैठकको प्रारम्भमा न्याय, समानता र मुक्तिका लागि भएका राजनीतिक तथा साहित्यिक–सांस्कृतिक आन्दोलनको क्रममा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरूप्रति श्रद्धासुमन प्रकट गर्न चाहन्छु । 

१. पृष्ठभूमि 

हामी प्रगतिशील लेखक सङ्घको ६४ औँ स्थापना दिवस मनाउँदै छौँ । स्थापनाको झन्डै साँढे ६ दशक लामो यात्रामा यसले विचार, सिर्जना र आन्दोलनको तहबाट जुन साङ्गठानिक ऐतिहासिकी निर्माण गरेको छ, त्यो गरिमामयी छ । संसारको सबैभन्दा वैज्ञानिक विश्वदृष्टिकोण सहितको वैचारिक शक्तिबाट चलायमान यस संस्थाले विगतदेखि वर्तमानसम्म विश्वको उथलपुथलपूर्ण राजनीतिक, साहित्यक–सांस्कृतिक घटनाक्रमहरूबाट वैचारिक ऊर्जा पनि प्राप्त गर्दै आइरहेको छ, अनुभव र शिक्षा पनि । यो संस्था मुलुकको हरेक राजनीतिक तथा सामाजिक सांस्कृतिक आन्दोलनर्सग जोडिदै आइरहेको छ । वैयक्तिक जीवनमा थोपरिने कुरूपता, रुढताको ऐँठनबाट मुक्त व्यक्तित्व, समाजको निर्माणको प्रश्नमा होस् वा राष्ट्रिय जीवनमा थोपरिने विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र, हस्तक्षेपको प्रश्नमा होस्, आफ्नो सिर्जनाका माध्यमबाट सुन्दर व्यक्तित्व निर्माण र न्याय र समतामूलक समाज व्यवस्था स्थापना गर्न तथा समृद्ध मुलुकको निर्माणमा बल पु¥याउनु यस संस्थाको मूल अभीष्ट हो । अहिले प्रगतिशील स्रष्टाहरूले सङ्गठित रूपमा विचार र कलाको सुन्दर संयोजन सहितको सिर्जनात्मक हतियारले एकसाथ अनेकौँ मोर्चाहरूबाट वैचारिक र सिर्जनात्मक लडाइँ लड्दै आइरहेका छन् । प्रलेस तिनै मध्येको देशको साहित्यिक सांस्कृतिक आन्दोलनको साझा लेखकीय मोर्चा हो । 

मुलुकमा सङ्घीय गणतन्त्रको नयाँ मानचित्र कोरिदै गर्दा संविधानसभाबाट निर्मित संविधानको सर्व स्वीकार्यतामा अनेक प्रश्नहरू उठेका छन् । परिवर्तनकामी शक्तिहरूको परिवर्तनको एजेन्डा बेवारिस बन्दै गइरहेको छ । मुलुकको श्रमशक्ति विदेशी बजारमा छरिएको छ । मुलुक या त रेमिट्यान्सले या त विदेशी राष्ट्रहरूको अनुकम्पामा निर्भर हुनुपर्ने अवस्थामा पुगेको छ । हाम्रा आचार –विचार व्यवहार र संस्कृतिमा सामन्तवाद जीवितै छ । राजनीतिक द्वन्द्व चुलिदै गइरहेको वर्तमान सङ्क्रमणकालीन परिवेशमा नेपाली समाज उपभोक्तावादी संस्कृतिको प्रयोग र परीक्षण स्थल बन्न पुगेको छ । अहिले विश्वमै शक्ति राष्ट्रहरूको सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । यसबाट हामी पनि अछुतो छैनौँ । अधिकार प्राप्तिको हाम्रो आन्दोलनमा अनेकौँ विदेशी स्वार्थका एजेन्डाहरू घुसाइएका छन् । देशले नै धान्न नसक्ने आन्दोलनको स्वामित्व लिन अरूहरू नै उद्दत हुँदै जाँदाको परिणाम के होला ? स्रष्टाहरूले मनन गर्नु पर्छ कि पर्दैन ? 

देशको राष्ट्रिय जीवनलाई थप विद्रुप र विषम बनाउने दुईवटा ठुला दुर्घटनाहरू हामीले भोगिसकेका छौँ । एकातिर गत वर्ष वैशाख १२ को महाविनाशकारी भूकम्पले मुलुकलाई जर्जर बनाएको छ भने अर्काेतिर हाम्रै आन्तरिक राष्ट्रियताको कमजोरीको फाइदा उठाएर छिमेकी मुलुकबाट नाकाबन्दी थोपरियो । मुलकुको राष्ट्रियता यतिबेला गम्भीर सङ्कटमा छ । पछिल्लो समय नेपाली भाषाको वर्णविन्यास सम्बन्धी विवाद र अराजकताले यसमा थप बल पुगिरहेको छ । 

मुलुकको यस्तो विषम परिस्थितिबिच प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सङ्घीय गणतान्त्रिक नेपालमा संविधानको मूल मर्म अनुसार सङ्गठनलाई अझ व्यापक र अरू बढी समावेशी बनाउने प्रयत्न अनुसार यसको साङ्गठानिक स्वरूपमा परिमार्जन गरिएको छ । देशभरका प्रगतिशील÷प्रगतिवादी स्रष्टाहरूको सिर्जनात्मक प्रतिभा, सीप र वैचारिक ऊर्जाद्वारा जनजीविका, राष्ट्रियताको सवालमा एकै ठाउँमा उभिएर सामाजिक न्याय र समानतामा आधारित समाज व्यवस्था स्थापित गर्ने आन्दोलनलाई बल पु¥याउने उद्देश्यले यसले विचार, सिर्जना र सङ्गठनको तहबाट आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको छ । 

२. साङ्गठानिक क्रियाशीलता 

२.१ केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को पहिलो बैठकको निर्णय 
दसौँ राष्ट्रिय सम्मेलनको दोस्रो दिन चैत्र २६ गतेको बन्द सत्रबाट  परिमार्जित विधान अनुसार मातृका पोखरेलको नेतृत्वमा केन्द्रीय समिति र राष्ट्रिय परिषद् समेत गरी १३७ जना (दुई रिक्त राष्ट्रिय परिषद सदस्य सचिवालय वैठकले मनोनयन गर्ने गरी) को कार्य समिति निर्वाचित भएको र सो कार्य समितिको सम्मेलन लगत्तै पछि सोही रात बसेको बैठकले पूर्व केन्द्रीय समिति, राष्ट्रिय परिषद्, सल्लाहाकार एवं सम्मेलनको बन्द सत्रको अध्यक्ष मण्डल, निर्वाचन मण्डलप्रति धन्यवाद व्यक्त गर्ने निर्णयका साथै प्रलेसको आगामी ३ वर्षको कार्यकालको लागि कार्य योजना निर्माण तथा कार्यान्वयनका लागि जिम्मेवारी दिने गरी २३ सदस्यीय सचिवालय गठन गर्ने निर्णय ग¥यो । 

२.२ सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू 

२०७३ वैशाख ३१ गते सङ्घको नयाँ केन्द्रीय कार्यालय, बागबजारमा सचिवालयको पहिलो बैठक बस्यो । बैठकले दसौँ राष्ट्रिय सम्मेलनको गम्भीरतापूर्वक समीक्षा गरी परिमार्जित विधान अनुसार सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्य समिति (केन्द्रीय समिति र राष्ट्रिय परिषद) चयन गरी सफलताका साथ सम्मेलन सम्पन्न भएको निष्कर्षसहित निम्नानुसारका निर्णयहरू ग¥यो :

(क)  राष्ट्रिय परिषद्मा रिक्त रहेका दुई सदस्यमा सर्वसम्मतिबाट खोटाङका अटल क्रान्तिकारी र सुर्खेतका जगत वाशिष्टलाई मनोनयन गर्ने निर्णय ग¥यो ।

(ख) प्रलेसको सल्लाहाकार परिषद्मा निम्नानुसारका व्यक्तित्वहरूलाई मनोनयन गर्ने निर्णय गरियो ः
१. अनिल शर्मा ‘विरही’
२. डा. अमर गिरी
३. आनन्ददेव भट्ट
४. आहुती
५. इन्द्र रेग्मी
६. ईश्वरचन्द्र ज्ञवाली
७. कमलजङ्गली आचार्य
८. प्रा. केशव सुवेदी
९. कुन्ता शर्मा
१०. प्रा.डा. जगदीशचन्द्र भण्डारी
११. जीवन शर्मा
१२. प्रा.डा. ताराकान्त पाण्डेय
१३. नारायण ढकाल
१४. निनु चापागाईँ
१५. पूर्ण वैद्य
१६. प्रदीप ज्ञवाली
१७. भवानी क्षेत्री
१८. भाष्कर
१९. मणि थापा
२०. माइला लामा 
२१. मित्रलाल पंज्ञानी
२२. राम विनय
२३. लोकनारायण सुवेदी
२४. डा. विजय सुब्बा
२५. शशिधर भण्डारी
२६. प्रा.डा. श्रीधर गौतम
२७. श्यामप्रसाद शर्मा
२८. सरला रेग्मी
२९. हरिगोविन्द लुइँटेल
३०. हेमनाथ पौडेल

(ग) प्रलेस केन्द्रीय कार्यालयलाई व्यवस्थित ढङ्गले दैनिक रूपमा सञ्चालन गर्नका लागि राष्ट्रिय परिषद सदस्य पुण्य घिमिरेलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरियो । 

(घ) प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकार समेत रहिसक्नुभएका नेपाली प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनका अगुवा रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको निधनमा गहिरो शोक र परिवारजनप्रति समवेदना प्रकट गर्दै २०७३ जेठ १५ गते स्मृति सभाको आयोजना गर्ने निर्णय गरियो । 

२०७३ असार १७ गते बसेको दोस्रो सचिवालय वैठकले निम्नानुसारका निर्णयहरू ग¥यो :

प्रलेसको वैचारिक र सिर्जनात्मक आन्दोलनलाई गति दिन प्रलेसका केन्द्रीय पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरूलाई जिम्मेवारी दिने गरी १३ वटा विभागहरूको गठन गर्ने र ती विभागहरूले १ महिनाभित्र बैठक बसी कार्ययोजना प्रस्ताव गर्नुपर्ने निर्णय ग¥यो, जस अनुसारः 
१. इतिहास लेखन विभाग 
१. संयोजक ः राजबहादुर कुँवर 
२. सचिव ः पुण्य घिमिरे 
३. सदस्य  ः कुशल बोगटी 
४. सदस्य ः केवल विनावी 
५. सदस्य ः भीम रानाभाट
६. सदस्य ः रुपक अलङ्कार 
७. सदस्य ः जनक रसिक

२. सम्पादन÷ प्रकाशन
१. संयोजक ः आर.एम्.डङ्गोल 
२. सचिव ः सरिता तिवारी 
३. सदस्य ः गौरी दाहाल 
४. सदस्य ः रघुनाथ अधिकारी 
५. सदस्य ः नारायण शर्मा 
६. सदस्य ः भागवत आचार्य 
७. सदस्य ः माधव घिमिरे ‘अटल’

३. विधागत विभाग 
१. संयोजक ः खेम थपलिया 
२. सचिव ः आर.सी. न्यौपाने 
३. सदस्य ः दीपक सापकोटा 
४. सदस्य ः गुरुङ सुशान्त 
५. सदस्य ः मोदनाथ मरहठ्ठा 
६. सदस्य ः टेकबहादुर बलम्पाकी
७. सदस्य ः शकुन्तला जोशी 
८. सदस्य ः साधुराम नेपाल 
९. सदस्य ः श्याम शाह 
१०. सदस्य ः रमण पौडेल 
११. सदस्य ः खगेन्द्र जोशी 
१२. सदस्य ः जीत कार्की 
१३. सदस्य ः स्वप्नील स्मृति
१४. सदस्य ः अटल क्रान्तिकारी 
१५. सदस्य ः केशव थापा

४. आर्थिक विभाग 
१. संयोजक ः विजयराज आचार्य 
२. सचिव ः प्रकाश चापागाइँ
३. सदस्य ः विन्दा मैनाली 
४. सदस्य ः युवराज नास्तिक 
५. सदस्य ः लक्ष्मण बेल्बासे 
६. सदस्य ः बालमुकुन्द कार्की
७. सदस्य ः बाबा बस्नेत 

५. अन्तर्राष्ट्रिय विभाग 
१. संयोजक ः सङ्गीत श्रोता
२. सचिव ः समीर सिंह 
३. सदस्य ः डा. विदुर बस्ती
४. सदस्य ः निमेष निखिल 
५. सदस्य ः भुक्तान थेवा 
६. सदस्य ः विनोदविक्रम के.सी. 
७. सदस्य ः सरोज ओली

६. प्रचारप्रसार विभाग
१. संयोजक ः प्रकाश सिल्वाल 
२. सचिव ः चेतनाथ धमला
३. सदस्य ः धर्मेन्द्र कर्ण 
४. सदस्यः हरिलाल महतारा 
५. सदस्य ः अशोक कुँवर
६. सदस्य ः जगत् वाशिष्ट 
७. सदस्य ः मिनबहादुर राना

७. महिला विभाग 
१. संयोजक ः डा. विन्दु शर्मा
२. सचिव ः शोभा दुलाल 
३. सदस्य ः भावना पाठक
४. सदस्यः वाङ्देल चेली 
५. सदस्य ः विमला चन्द
६ं सदस्य ः मनु वि.क. 
७. सदस्य ः रचना शर्मा 
८. सदस्य ः जमुना श्रेष्ठ 
९. सदस्य ः कल्पना चिलुवाल

८. बालसाहित्य विभाग 
१. संयोजक ः होमशङ्कर बास्तोला 
२. सचिव ः अर्जुन कार्की
३. सदस्यः माधव घिमिरे ‘अटल’
४. सदस्यः नवराज रिजाल 
५. सदस्य ः लक्ष्मण उप्रेती 
६. सदस्यः निलिमा पुन 
७. सदस्य ः छायादत्त न्यौपाने

९. इतिहास तथा सामाजिक अध्ययन विभाग 
१. संयोजक ः रामप्रकाश पुरी 
२. सचिव ः लम्जेल सङ्घर्षशील
३. सदस्य ः रामचन्द्र नेपाल 
४. सदस्य ः गोपाल वैद्य 
५. सदस्य ः प्रमोद धिताल 
६. सदस्य ः नारायण परिश्रमी 
७. सदस्यः प्रदीप जैशी 

१०. मातृभाषा विभाग 
१. संयोजक ः रोशन जनकपुरी 
२. सचिव ः राजु स्याङ्तान 
३. सदस्य ः केशव सुनाम 
४. सदस्यः खोमा तरामु मगर 
५. सदस्य ः आनन्दसुन्दर श्रेष्ठ 
६. सदस्य ः वैधनाथ ठाकुर 
७. सदस्यः गणेशकुमार राई 

११. संस्कृति विभाग 
१. संयोजक ःकृष्णहरि भट्ट
२. सचिव ः प्रकाश थापा 
३. सदस्य ः स्ट्रगल राना
४. सदस्य ः जितबहादुर लामा 
५. सदस्य ः आरोह नेपाली 
६. सदस्यः युद्धविक्रम शाही 
७. सदस्य ः बलबहादुर परियार 

१२. प्रवासी साहित्य विभाग 
१. संयोजक ः पुण्य गौतम ‘विश्वास’ 
२. सचिव ः अनिल श्रेष्ठ 
३. सदस्य ः रमेश शुभेच्छु 
४. सदस्य ः चिरन पुन 
५. सदस्य ः मधु क्षेत्री
६. सदस्य ः मधुकर थापा
७. सदस्य ः अर्जुन पौडेल ‘निर्जन’

१३. प्रशिक्षण विभाग 
१. संयोजक ः कृष्णराज अधिकारी 
२. सचिव ः परशुराम कोइराला 
३. सदस्य ः गोपिरमण उपाध्याय 
४. सदस्य ः सिद्धबहादुर खड्का 
५. सदस्य ः नमुना शर्मा 
६. सदस्य  ः लक्ष्क्षीराम आचार्य 
७. सदस्य ः आस्था के.सी.

= विभागको बैठकबाट प्रस्तुत कार्ययोजना प्रस्ताव तथा प्रादेशिक भेला, सम्मेलन पछि यसले तय गरेको नीति, योजना, कार्यक्रमलाई समेत समन्वय गरी वार्षिक तथा आवाधिक कार्ययोजनाको रूपरेखा तयार गर्नका लागि वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’को संयोजकत्वमा सचिवहरू प्रकाश सिलवाल, शोभा दुलाल, सरिता तिवारी, होमशङ्कर बास्तोला रहेको पाँच सदस्यीय कार्य योजना प्रस्ताव समिति गठन गर्ने निर्णय गरियो । 
= प्रलेसको नयाँ सदस्यता वितरणको लागि स्पष्ट मापदण्ड तय गरी व्यक्तिगत फारमको नमुना तयारीका लागि सचिवालय सदस्य सङ्गीत श्रोता र भागवत आचार्यलाई जिम्मेवारी दिने निर्णय गरियो । 
= २०७३ साउन ८ गते शनिबार प्रलेस केन्द्रीय समिति र काभ्रे शाखाको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका सभाकक्षमा ‘राजनीति र साहित्यबिचको अन्तर्सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुति टिप्पणी एवम् विशेष कवि गोष्ठी गर्ने निर्णय गरियो । 
= २०७३ असोज ४ गते प्रलेस केन्द्रीय समितिको वैठक डाक्ने तथा असोज ५ गते प्रलेस स्थापना दिवस मनाउनका लागि विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरियो । 
२०७३ भदौ ९ गते बसेको तेस्रो सचिवालय बैठकले निम्नानुसार निर्णयहरू ग¥यो ः 
= प्रलेस स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार’को लागि प्रतिभा चयन गर्न उपाध्यक्ष डा. विन्दु शर्माको संयोजकत्वमा उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको ‘प्रलेस प्रतिभा छनौट समिति’ गठन गर्ने निर्णय गरियो । 
= प्रत्येक महिनाको पहिलो शुक्रबार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रका ख्याति प्राप्त स्रष्टामा केन्द्रित ‘प्रलेस परिसंवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो । सो कार्यक्रमको संयोजनको जिम्मेवारी प्रदेश नं. ७ का उपाध्यक्ष पुष्करराज भट्टलाई दिने निर्णय गरियो । 
= प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व’ शीर्षकमा कार्यपत्र प्रस्तुति, टिप्पणी एवम् कविता गोष्ठी गर्ने निर्णय गरियो । 
२०७३ भदौ २८ गते बसेको चौथो सचिवालय बैठकले निम्नानुसारका निर्णयहरू ग¥योः 
= प्रलेस स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार”का लागि गठित ‘प्रलेस प्रतिभा पुरस्कार छनौट समिति’ ले २०७३ भदौ २१ गते बैठक बसी कवि, निबन्धबाट एवम् समीक्षक विनोद मञ्जनलाई सो पुरस्कारको लागि सिफारिस गरे अनुसार बैठकले सो प्रस्तावलाई अनुमोदन गर्ने निर्णय ग¥यो । 
= बैठकले असोज ४ गते केन्द्रीय समितिको बैठक र असोज ५ गतेको ‘प्रलेस स्थापना दिवस’ कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारी गर्ने निर्णय ग¥यो । 
२.३ विभागका बैठकका निर्णयहरू 
१३ वटा विभागहरूमध्ये ७ वटा विभागले विभिन्न मितिमा बैठक बसी निम्नानुसारको निर्णयहरू गरेको छः 
२.३.१ इतिहास लेखन संयोजन विभाग 
२०७३ असार २७ गते बसेको यस विभागको वैठकले गरेका निर्णयहरू यस प्रकार छन् ः 
= यस अघिको प्रलेस केन्द्रीय कार्य समितिले प्रगतिशील साहित्यको इतिहास लेखन सम्बन्धमा गरेको निर्णयहरूलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय ग¥यो । 
= इतिहास लेखनका लागि जिम्मेवारी दिइएका सम्बन्धित विषय क्षेत्रका विज्ञहरूसँग निरन्तर सम्पर्कमा रही इतिहास लेखनका लागि ताकेता गर्ने निर्णय गरियो । 
= यस काममा बल पु¥याउनका लागि जिल्ला जिल्लाबाट इतिहास लेखनका लागि सामग्री सङ्कलनमा पहलकदमी लिने निर्णय गरियो 
यस विभाग अन्तर्गत ‘मगर भाषाको प्रगतिशील साहित्यको इतिहास’ लेखनको जिम्मेवारी लिनुभएका लोकबहादुर थापा मगर र बालसाहित्य विधा अन्तर्गतको जिम्मेवारी पाउनुभएका विनय कसजूबाट सामग्री प्राप्त भइसकेको छ । 
२.३.२ विधागत विभाग 
२०७३ साउन १८ गते बसेको विधागत विभागको बैठकले गरेको निर्णयहरू यसप्रकार छन् ः 
= विधागत विभाग अन्तर्गत साहित्यका विभिन्न विधाहरूलाई संयोजन गर्ने गरी उप समिति गठन गरिएको र सो उपसमितिमा निम्नानुसारका व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ः 
= समालोचनाः – गुरुङ सुशान्त, निबन्ध ः दीपक सापकोटा, कथा ः श्याम शाह, उपन्यास ः साधुराम नेपाल, गद्य कविता ः शकुन्तला जोशी, पद्यकविता ः मोदनाथ मरहट्टा, गीत ः टेकबहादुर बलम्पाकी, गजल ः जीत कार्की, मुक्तक ः रमण पौडेल, लोकसाहित्य ः मनोहर लामिछाने 
= यी उपसमितिले बैठक बसी आवश्यक कार्ययोजना प्रस्ताव गर्ने निर्णय गरियो । 
२.३.३ मातृभाषा विभाग 
२०७३ साउन २० गते बसेको मातृ भाषा विभागका निर्णयहरू यस प्रकार छन् ः 
= असोज महिनाभित्र तनहुँमा बहुभाषिक कवि गोष्ठी आयोजना गर्ने 
= माघ महिनामा जनकपुरमा मैथिली भाषामा प्रगतिशील साहित्यको अवस्था विषयक गोष्ठी गर्ने 
= यसै वर्षभित्र हेटौँडा र काठमाडौँमा ‘तामाङ र नेपाल भाषामा प्रगतिशील साहित्यको अवस्था’ विषयक गोष्ठी गर्ने 
= फागुन महिनामा वीरगञ्जमा ‘भोजपुरी भाषामा प्रगतिशील साहित्यको अवस्था’बारे गोष्ठी गर्ने 
= यसै वर्षभित्र धरानमा बहुभाषिक कवि गोष्ठी गर्ने 

२.३.४ सम्पादन÷प्रकाशन विभाग 
२०७३ साउन २३ गते बसेको सम्पादन÷प्रकाशन विभागले गरेका निर्णयहरू यस प्रकार छन्ः 
= सङ्गठनको मुखपत्रका रूपमा प्रकाशन हुँदै आइरहेको ‘प्रलेस’ पत्रिकाको २२ औँ अङ्क ‘दसौँ राष्ट्रिय सम्मेलन विशेष’ का रूपमा प्रकाशन गर्ने निर्णय गरियो । 
= प्रलेसका आगामी अङ्कहरूका लागि गोष्ठीपत्र, टिप्पणी, विचार जस्ता सामग्री सङ्कलनका लागि आर.एम्. डङ्गोल, सिर्जना विशेषका लागि सरिता तिवारी र केन्द्र, प्रदेश, शाखा गतिविधि सम्बन्धी सामग्रीका लागि भागवत आचार्यलाई जिम्मेवारी दिने निर्णय गरियो । 

२.३.५ महिला विभाग
२०७३ साउन २८ गते बसेको महिला विभागको बैठकले गरेको निर्णयहरू यस प्रकार छन्ः 
= ‘प्रलेस’ को आगामी कुनै एक अङ्कलाई ‘महिला लेखन विशेषाङ्क’ बनाउने गरी आवश्यक सामग्री सङ्कलन गर्ने 
= यसै वर्षभित्र ‘पारिजातको आख्यानमा नारी चेतना विषयक’ गोष्ठी गर्ने 
= प्रगतिशील महिला समालोचना लेखनको समस्यालाई मध्यनजर गरी समालोचनमा लेखन प्रशिक्षण कार्यक्रम आयोजन गर्ने 
= ‘समसामयिक प्रगतिशील नेपाली कवितामा महिला उपस्थिति’ विषयक विचार गोष्ठी एवम् काव्य गोष्ठीको आयोजना गर्ने । 

२.३.६ बाल साहित्य विभाग 
२०७३ साउन २७ गते विभागका संयोजक होमशङ्कर बास्तोलाको अध्यक्षतामा बसेको विभागको वैठकले निम्नलिखित निर्णय ग¥यो ः
= यही असोज महिना भित्रमा प्रगतिशील लेखनमा बालसाहित्यको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने । 
= आउँदो पुस महिनामा बालसाहित्य कार्यशालाको आयोजना गर्ने । 

२.३.७ प्रचारप्रसार विभाग 
२०७३ साउ २८ गते प्रचारप्रसार विभागको वैठकले गरेका निर्णयहरू यस प्रकार छन्ः 
= प्रगतिशील लेखक सङ्घ, नेपालको साङ्गठिक परिचय झल्किने परिचय पुस्तिका 
(ब्रोसर) तयार गर्ने 
= प्रलेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यलाई लक्ष्यित गरी सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने 
= प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको इतिहास झल्कने वृत्तचित्र निर्माणको लागि प्रयत्न गर्ने 
विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको सम्पर्क, अन्य साहित्यिक पत्रिकाहरूको विवरण सहितको सम्पर्क सामग्री सूचि पत्र तयार गर्ने 

३. वैचारिक÷सिर्जनात्मक कार्यहरू 
३.१ श्यामप्रसाद शर्माको राष्ट्रिय अभिनन्दनमा सक्रिय सहभागिता 
२०७३ वैशाख २९ गते प्रगतिवादी साहित्यका धरोहर ‘श्यामप्रसाद अभिनन्दन राष्ट्रिय समिति’ले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा प्रलेस, केन्द्रका तर्फबाट  केन्द्रीय अध्यक्ष मातृका पोखरेलबाट प्रलेसका संस्थापक अध्यक्ष समेत रहिसक्नुभएका प्रसिद्ध प्रगतिवादी स्रष्टा श्यामप्रसाद शर्मालाई आभिनन्दन पत्र प्रदान गरियो । 

३.२ रामप्रसाद प्रदीप स्मृति सभा 
प्रलेस, केन्द्रीय समितिको आयोजनामा २०७३ जेठ १५ गते अनामनगरस्थित संवाद डबलीमा नेपाल प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका अगुवा, प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकार समेत रहिसक्नुभएका रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको असामयिक निधन प्रति गहिरो शोक व्यक्त गर्न र उहाँको योगदानको स्मरण गर्न स्मृति सभाको आयोजना गरियो । कार्यक्रममा उहाँको व्यक्तित्व र योगदानबारे साहित्यकार एवम् नेकपा (एमाले) केन्द्रीय सचिव प्रदीप ज्ञवाली, प्रलेसका निवर्तमान अध्यक्ष एवम् प्राज्ञ डा. अमर गिरी र प्रलेसका पूर्व उपाध्यक्ष एवं साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिहर खनालले बोल्नु भएको थियो । कार्यक्रममा रामप्रसाद प्रदीपका सुपुत्र ...को पनि उपस्थित रहेको थियो । 

३.३. ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रम 
प्रलेस केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा २०७३ साउन ८ गते शनिबार बनेपा नगरपालिका सभा कक्षमा साहित्य र राजनीतिको अन्तर्सम्बन्ध विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकार एवम् राजनीतिज्ञ नारायणमा विजुक्छेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा सर्जक एवम् समालोचक पुरुषोत्तम सुवेदीले सो  विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार आहुतिले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि विमल निभा लगायत मोदनाथ मरहट्टा, निभा शाह, केवल बिनाबी, दीपक सापकोटा, मुक्तान थेवा, रामप्रकाश पुरी, राजु स्याङ्तान, निर्भिकजङ रायमाझी, लक्ष्मण सापकोटा, पुष्पदास स्याउला लगायत २५ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् सर्जक, साहित्यिक पत्रकार मोहन दुवालले पनि मन्तव्य राख्नुभएको थियो । प्रलेस काभ्रेका अध्यक्ष लोक लामाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस उपाध्यक्ष खेम थपलिया महासचिव आर एम्.डङ्गोलले पनि बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । 

३.४ ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व विषयक गोष्ठी एवम् कविता वाचन कार्यक्रम 
प्रलेस केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा २०७३ भदौ ११ गते भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूका दायित्व” विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयेजना  गरियो । प्रलेसको पूर्व अध्यक्ष एवं मार्कसवादी समीक्षक÷समालोचक निनु चापागाइँको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा समीक्षक एवं साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. विजय सुब्बा र बन्धु चन्दले टिप्पणी गर्नुभएको थियो । प्रस्तुत कार्यपत्र र टिप्पणी सन्दर्भमा राष्ट्रिय परिषद सदस्य एवम् समीक्षक गुरुङ सुशान्तले पनि आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा अभय श्रेष्ठ, माधव धिमिरे ‘अटल’, शोभा दुलाल, आनन्दराम पौडेल, शशी लुमुम्बु, मित्रलाल पंज्ञानी, मधु क्षेत्री, पुण्य घिमिरे, चेतनाथ धमला, अशोक कुँवर, ढुण्डीराज अधिकारी लगायतका स्रष्टाहरूले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो । 
३.५ साहित्यकार लक्ष्मण सापकोटालाई प्रलेसको लोगो र झन्डाहस्तान्तरण 
प्रथम साहित्यिक हिमाल आरोही, प्रलेस काभ्रेका उपाध्यक्ष साहित्यकार लक्ष्मण सापकोटाले २०७३ असोज १ गतेबाट प्रलेसको लोगो र झन्डासहित प्रगतिशील साहित्यको जागरणको उद्देश्यले आरम्भ गर्न लाग्नुभएको प्रथम मेची महकाली साहित्यिक दौड अभियानको सिलासिलामा उहाँलाई प्रलेसका झन्डा र लोगो तथा शुभकामना सहित शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरियो । केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेलले उहाँलाई लोगो र झन्डा हस्तान्तरण गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानवा सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, अखिल नेपाल जन सांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वरचन्द ज्ञंवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव सरल सहयात्री, रक्तिम सांस्कृतिक पारिवारका रामप्रकाश पुरी, प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्ट, एवम् प्रलेस पूर्व सचिवालय सदस्य वलराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

४. जिल्ला सम्मेलन÷गतिविधि 
४.१ जिल्ला सम्मेलन 
४.१.१ प्रलेस सिन्धुपाल्चोक शाखाको चौथो जिल्ला सम्मेलन 

२०७३ वैशाख १६ गते सिन्धुपाल्चोकको चौतारामा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको प्रमुख आतिथ्य र ३ नं. प्रदेश उपाध्यक्ष खेम थपालियाको विशेष आतिथ्य तथा केन्द्रीय सदस्य साघुराम नेपालको उपस्थिति रहेको उक्त सम्मेलनले दिनेश दुलालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । 

४.१.२ प्रलेस सुर्खेत शाखाको बाह्रौँ जिल्ला सम्मेलन 
२०७३ असार १९ गते सदरमुकाम वीरेन्द्र नगरमा प्रलेस सुर्खेतको बाह्रौँ जिल्ला सम्मेलन सम्पन्न भएको 
छ । प्रदेश नं. ६ उपाध्यक्ष रामप्रकाश पुरीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य मणिकुमार पोखरेलको विशेष आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले हरिलाल महताराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । 

४.१.३ प्रलेस रुपन्देही शाखाको सातौँ जिल्ला सम्मेलन
२०७३ भदौ ३१ ग्ते रुपन्देहीको बुटवलमा प्रलेस रुपन्देही शाखाको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलका प्रमुख आतिथ्य र प्रलेस ५ नं. प्रदेश उपाध्यक्ष पद्मप्रसाद शर्माको विशेष आतिथ्य तथा केन्द्रीय सदस्या गोपिरमण उपाध्ययको आतिथ्यमा सञ्चालित उक्त सम्मेलनले देवेन्द्र घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

४.२ जिल्ला गतिविधि 
४.२.१ प्रलेस मकवानपुरको गाउँ जागरण अभियान 
प्रलेस, मकवानपुरले प्रत्येक महिना ‘प्रलेस गाउँ जागरण अभियान’ लाई मासिक श्रृङ्खलाका रूपमा सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रमले गाउँ वस्तीमा साहित्यिक जागरण पैदा भइरहेको छ । 

४.२.२ प्रलेस सिन्धुपाल्चोकको ‘प्रलेस स्रष्टा यात्रा’ आरम्भ 
प्रलेस, सिन्धुपाल्चोकले नियमित श्रृङ्खलाका रूपमा प्रलेस स्रष्टा यात्रा’ को थालनी गरेको छ । भदौ ३१ गते सदरमुकाम चौतारामा ¥याली सहित आयोजित उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय महासचिव आर.एम् डङ्गोलले गर्नुभएको थियो । कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य साधुराम नेपाल, जिल्ला सल्लाहाकार भारद्वाज मित्र, सरेश नेपाल लगायत जिल्लाका बुद्धिजीवी, पत्रकार, पेशाकर्मीहरूको उत्साहप्रद उपस्थिति रहेको उक्त कार्यक्रममा २० जना कविहरूले कविता वाचन गर्नुभएको थियो । 



४.२.३ प्रलेस काठमाडौंको ‘सडकमा कविता’ अभियान 
प्रलेस, काठमाडौंले नियमित रूपमा देशको समसामयिक विषयवस्तुमा कविता मार्फत अभिव्यक्ति दिँदै जागरण अभियानको थालनी गरेको छ । ‘सडकमा कविता’ नाम  दिइएको उक्त अभियानका भदौ ३१ गते केन्द्रीय महासचिव आर.एम् डङ्गोलको कविताबाट प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नरेश शाक्य, पिताम्बर भण्डारी, पुण्य गौतम ‘विश्वास’, शोभा दुलाल, माधव घिमिरे ‘अटल’, यदुनाथ वसन्तपुरे, श्रीहरि फुयाल, केवल बिनाबी, मुक्तान थेवा, जनता पोखरेल, नारायण निरासी लगायत २५ जना कविहरूले कविता वाचन गरेका थिए । 

५. केन्द्रीय कार्ययोजना प्रस्ताव समितिबाट प्रस्तावित केही योजना 
५.१ दोलखाको चरिकोटमा गजल विघासङ्ग सम्बन्धित प्रशिक्षण कार्यक्रम तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने 
५.२ पूर्वीय दर्शनमा भौतिकवादी चिन्तन सम्बन्धी गोष्ठीको आयोजना गर्ने 
५.३ संस्कार परिवर्तन सम्बन्धमा एउटा गोष्ठीको आयोजना गर्ने 
५.४ प्रत्येक प्रदेशमा यस वर्षभित्र आयोजना गरिने भेला ÷सम्मेलनका क्रममा एक एक वटा वैचारिक÷सिर्जनात्मक कार्यक्रमको आयोजना गर्ने । 

६. चुनौति र सम्भावना 
प्रलेसको परिमार्जित विधान अनुसार प्रदेश समितिको साङ्गठानिक आधार निर्माणको  महत्वपूर्ण कार्यभार हाम्रो सामु उपाथित छ । प्रदेश भित्रको भाषा, भूगोल, जनजीवन, इतिहास, संस्कृतिलाई महत्व दिने गरी सिर्जनात्मक गतिविधि गर्नुपर्ने अर्काे महत्वपूर्ण जिम्मेवारी रहेको छ । मुलुकमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा बढ्दै गइरहेको बाह्य हस्तक्षेप र प्रभावलाई चिर्नका लागि वैचारिक कामलाई पनि उत्तिकै महत्व दिनु आवश्यक छ । अर्काेतिर वैचारिक सुस्पस्टतासहितको साझा मोंर्चा हुनुका गरिमा र सीमालाई मनन गर्दै यसलाई प्रतिधु्रवको लेखनभन्दा अझ स्तरीय लेखन बनाउनु पनि उत्तिकै जरुरी छ । 

संस्थाको साङ्गठानिक जीवनलाई चुस्त, दुरुस्त व्यवस्थित बनाउनका लागि केन्द्र, प्रदेश र शाखाविचमा सम्पर्क र समन्वयका लागि प्रविधिको उच्चतम उपयोगमा पनि ध्यान दिइनु आवश्यक छ । केन्द्रीय कार्यालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि यथोचित पारिश्रामिकको व्यवस्था सहित आगामी कार्ययोजनालाई मूर्त रूप दिनको लागि आर्थिक समस्याको चुनौति पनि हाम्रो सामु टड्कारो छ ।

७. निष्कर्ष 
समकालीन प्रगतिवादी धारा नेपाली साहित्यको वा केन्द्रीय धारा बन्न पुगेको छ । प्रगतिशील लेखनको प्रविनिधित्व गर्ने यस संस्थाको साँढे छ दशक लामो यात्रामा विचार सिर्जना र सङ्गठनका माध्यमबाट यसले निर्माण गरेको इतिहास गर्व गर्न योग्य छ । लेखनलाई वैचारिकी सहित आन्दोलनसँग जोडेर भएको यसको गतिविधिलाई सङ्गठित ढङ्गले अगाडि बढाउने हो भने मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलमा यसले साँच्चै महत्वपूर्ण योगदान दिन सक्ने देखिन्छ । 

आर. एम्.डङ्गोल
महासचिव




























































No comments:

Post a Comment