Friday, December 21, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १९ सम्पन्न ।

प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा हरेक महिनाको पहिलो शुुक्रवार आयोजना गरिने प्रलेस परिसम्वादको १९ औं शृंखलामा यसपटक "साहित्यमा संयुुक्त मोर्चाको भूूमिका" विषयमा छलफल भयो । यस शृंखलाको प्रमुुख वक्तामा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष  कृष्णहरि भट्ट हुनुहुन्थ्यो ।

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता एवम् उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा.पुष्करराज भट्टको सञ्चालनमा केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएको यस कार्यक्रममा नेकपा प्रतिनिधि एवम् प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष कृष्णहरि भट्ट एवम् नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले आफ्ना विचार राख्नुभएको थियो । 

यस परिसम्वाद कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा प्रगतिशील सांस्कृतिक समाजका अध्यक्ष कृष्णहरि भट्टले प्रलेसमा विभिन्न धार भएको विचार राख्नुभयो । संगठनमा कतिले प्रतिबद्धताका साथ निरन्तर कार्य गरिरहेको र कतिपयले जिम्मेवारी बहन गर्नुको साटो बाहिर अर्नगल आरोप लगाउँदै गरेको विचार राख्नुभयो । संगठनमा रहेको सबै पात्र र प्रवृत्ति प्रगतिशील नरहेको उहाँको मत थियो । प्रगतिशील स्रष्टामा आलोचनात्मक चेतना हुनुपर्ने, आफ्नो सिर्जनालाई सत्ताको तावेदारीमा लगाउन नहुने, स्रष्टाहरु जीवनवादी चिन्तन र गतिशील यथार्थको वाहक हुनुपर्ने उहाँको मत थियो । यो संगठन राष्ट्रको नमुना संगठन भएको, यसको औचित्य अझै रहेको तर्फ उहाँले संकेत गर्नुभयो । वामपन्थी राजनीतिक संगठनले सांस्कृतिक मोर्चालाई उपयोग मात्र गरेको, यो पार्टीको छाया मात्र भएकोले यसलाई पार्टीको छायाबाट मुक्त गर्न जरुरी छ । सांस्कृतिक संगठनमा ठूला कुरा गर्ने तर काम नगर्ने पलायन हुदै गरेका छन् । पार्टीहरुले साहित्यिक–सांस्कृतिक संयुक्त मोर्चा र ती संगठनमा काम गर्ने लेखक कलाकारको बेवास्ता गरेको छ । उहाँले नेपाली समाजको अन्र्तविरोधको हल गर्ने साहित्यको आवश्यकता रहेको बताउनु भयो । जब कुनै पनि संगठनमा आर्थिक पक्ष सबल बन्छ, त्यतिखेर संगठन बच्दैन । प्रलेस पैसा कम भएर बचेको हो । हामी यस कमिटीमा भएका अधिकांश साथीले संगठनको पक्षमा कार्य गरेका छौं । अहिले नेपाली समाजको प्रधान अन्र्तविरोधलाई पहिचान गरेर त्यस विरुद्धको संघर्षलाई तेज बनाउनुु आवश्यक छ । नेपालका लागि वैज्ञानिक समाजवादी चेतनाको आवश्यकता छ । यही चेतनाको जगमा उभिएर हामीले हामीले परिवर्तनको पक्षमा लाग्नुपर्छ भन्ने विचार राख्नुभयो । 

कार्यक्रमका अर्का अतिथि वक्ता जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले आफ्नो मन्तव्य राख्ने क्रममा अहिले हाम्रो समाजमा चिन्तन र व्यवहारबिच समस्या रहेको विचार राख्नुभयो । चिन्तन र व्यवहारबिचको एकरुपता नहुदा विभिन्न खाले अन्यौल सिर्जना भएको छ । हाम्रो मूल सिद्धान्त माक्र्सवाद र लेनिनवाद नै हो । वि.स. २०१७ सालको शाही कदमलाई हेर्ने दृष्टिकोणले पार्टीमा विभाजन आएको थियो । यसपछि विभाजन र एकताको क्रम चल्दै आएको छ । नेपालमा कम्युनिष्ट पार्टीको गठनपछि सांस्कृतिक संगठन पनि निर्माण गरिन थालिएको हो । हरेक कम्युनिष्ट पार्टीको सांस्कृतिक संगठन छ । भिन्न विचार भएका कम्युनिष्ट पार्टी निकटका लेखकको साझा संगठन भएकोले यसमा विभिन्न विचार देखिनु स्वभाविक हो । यस संगठनमा आबद्ध व्यक्तिले साझा सवालमा एकमत हुनुपर्छ । आआफ्नो पार्टीको डम्फु बजाउँदा कुरा मिल्दैन । हरेक सांस्कृतिक संगठनका आ–आफ्नो बुझाई भएपनि यसैलाई मात्र अन्तिम सत्य मान्दा साझा मोर्चामा विग्र्ह हुन्छ । यसखाले संगठनमा साझा सहमतिका आधार खोजिनुपर्दछ । साझा दृष्टिकोण निर्माण गर्नुपर्दछ । अहिले हाम्रो पार्टीको दुईतिहाइको सरकार छ । पार्टीको जिम्मेवार तहमा बसेकोले यसमा चित्त नबुझेको कुरा राख्न सकिएको छैन । एकेडेमीको गठन र यससँगै भएका गतिविधि सही किसिमले हुन सकेको छैन । यस विषयमा यस्ता साझा मोर्चाले आफ्नो धारणा राख्नुपर्दछ । देशको समसामयिक राजनीतिले साहित्यलाई पनि असर गर्छ । विगतमा निरंकुशकालमा हामीले विद्रोहको भाषा बोल्यौं । अहिले पनि समस्या समाधान भएका छैनन । विकृति अनि विसंगति छन् । हामीले यसमा बोल्नैपर्छ । अहिले हामीलाई केही अप्ठ्यारो छ । एकातिर सरकारमा रहेको आफ्नो पार्टीको सरकारको साख पनि बचाउनु छ, अर्कोतिर गलत कुराको विरोध पनि गर्नुछ यसर्थमा पहिले भन्दा जिम्मेवारी अझ बढेको छ । यदि कुनै पनि किसिमले सन्तुुलन राख्न सकिएन भने समस्या बढदै जाने देखिन्छ । यसर्थमा अहिले नेकपा (नेकपा) का साथीहरुको भूमिका अझ बढेको छ । आफ््नो भूमिकालाई कसरी प्रभावकारी बनाउने, यसका लागि सही किसिमले कार्य गर्न सकिएन भने आरोपै आरोपका बिच हराउनु पर्ने हुनजान्छ । राईले यस किसिमका संगठनको महत्व अझ बढेको तर्फ संकेत गर्नुभयो । कुनै पनि किसिमको आग्रहबाट मुुक्त भएर लेखन र आफ्ना अभिव्यक्तिका माध्यमबाट काम गर्न यस किसिमका संगठनको आवश्यकता रहेको छ । नेपालको सन्दर्भमा माक्र्सवादको सही प्रयोग हुनुपर्ने सन्दर्भमा यस अनुरुपका सांस्कृतिक मोर्चा संगठन हुनुपर्दछ र ती संगठनले नेपालको सामाजिक परिवर्तनको आन्दोलनलाई सही दिशा दिनसक्नु पर्दछ । नेपाली समाज, राज्य, राज्यव्यवस्था र यससँग सम्बन्धित नीतिका बारेमा छलफल गर्न यस किसिमका मञ्चको आवश्यकता छ । यसैले संगठनको विधि, प्रक्रियाका आधारमा रहेर यसलाई गतिशील बनाउन यससँग सम्बन्धित सबैले लाग्नुपर्दछ । उहाँले प्रलेसलाई आवश्यक सहयोगका लागि हामी तयार नै छौं भनेर आफ्नो विचार राख्नुभयो ।

कार्यक्रममा देविका तिमिल्सिना, समीर सिंह, आरसी न्यौपाने, खेम थपलिया एवम् गोपीरमण उपाध्यायले आफ्ना विचार राख्नुभएको थियो ।

टिपोट :  डा.पुष्करराज भट्ट (कार्यक्रम संयोजक) 






























--------------------------------------------------------



प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १९ मा "साहित्यमा संयुुक्त मोर्चाको भूूमिका" विषयमा प्रमुुख वक्ता संस्कृतिकर्मी कृष्णहरि भट्ट ।

-----------------------------------------------------------------------------------------------


प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १९ मा "साहित्यमा संयुुक्त मोर्चाको भूूमिका" विषयमा प्रमुुख वक्ता संस्कृतिकर्मी खगेन्द्र राई ।

---------------------------------------------------------------------------------------------------



प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १९ मा "साहित्यमा संयुुक्त मोर्चाको भूूमिका" विषयमा प्रमुुख वक्ता संस्कृतिकर्मी खगेन्द्र राई ।

No comments:

Post a Comment