Wednesday, February 22, 2017

प्रलेस, राष्ट्रिय परिषद्को दोस्रो बैठक (२०७३ - फागुन-१३ र १४ ) ओखलढुङ्गाको, रुम्जाटारमा सम्पन्न ।


==================================

प्रगतिशील लेखक सङ्घ, नेपाल
दोस्रो राष्ट्रिय परिषद् बैठक
२०७३ फागुन १३–१४ गते, रुम्जाटार, ओखलढुङ्गा

रुम्जाटार घोषणापत्र -२०७३

प्रगतिशील लेखक सङ्घको दोस्रो ऐतिहासिक राष्ट्रिय परिषद् बैठक पहिलो पटक राजधानी उपत्यका बाहिर प्रदेश नं. १ को ओखलढुङ्गा जिल्लाको रमणीयस्थल रुम्जाटारस्थित पद्मा हलमा सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षता र प्राज्ञ नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले साङ्गठनिक, वैचारिक र आर्थिक स्थिति, प्रगति र भावी चुनौतीको विस्तृत समीक्षा भई निम्न समसामयिक प्रस्तावहरु पारित गरी रुम्जाटार घोषणा, २०७३ जारी गरेको छ :
१. देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पुँजीवाद विरोधी साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन तथा घोषित कार्ययोजना र लक्ष्यहरु पूर्तीका लागि सम्पूर्ण प्रगतिशील स्रष्टाहरुका साथ एकीकृत र प्रभावकारी पहल गर्न प्रलेस प्रतिवद्ध छ । 

२. राष्ट्रिय जीवनका राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा थोपरिएका विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र र हस्तक्षेप अन्त्य तथा न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि विचार र कलाको संयोजनसहित सिर्जनात्मक अभियानमार्फत् प्रतिवाद गर्दछ । 

३. मुलुकमा संविधानसभाबाट जारी भएको  नेपालको संविधानलाई राष्ट्रिय हित तथा अखण्डतामा प्रतिकूल नहुने गरी अस्थिरता र अन्योललाई चिर्दै राष्ट्रिय राजनीतिक सहमतिसहित प्रभावकारी कार्यान्वयनका लागि यो बैठक जोडदार माग गर्दछ । 

४. करिव दुई दसकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासका सन्दर्भमा सकारात्मक ठान्दै उक्त निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहितरुपमा सम्पन्न गराउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्दछ । 

५. समकालीन बुर्जुवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान जारी राख्ने निर्णय गर्दछ । 

६. राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवं संकृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानात्मक तथा अध्ययन, वहश जस्ता कार्यक्रम सञ्चालनका लागि पहलकदमी लिने निर्णय गर्दछ । 

७. साहित्यिक र सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मानका परम्परा र अभ्यासका नाममा हावी हुन खोजेको विकृति, नातावाद, कृपावाद र अलोकतान्त्रिक कार्यशैली अन्त्य गरी वस्तुवादी मूल्याङ्कनका माध्यमबाट अनुकरणीय पुरस्कार तथा सम्मान परम्पराको थालनी गर्ने निर्णय गर्दछ ।

८. सूचना र प्रविधिको व्यापकतम् प्रचलन भइरहेको सन्दर्भमा यसको उपयोगबाट सिर्जना र कर्मका कामलाई थप प्रभावकारी बनाउन आन्तरिक ताजगीकरण र स्वयं सक्रियताका माध्यमबाट सूचना आदान र सिर्जनात्क उपलब्धि हासिलका लागि प्रयत्नशील रहने निर्णय गर्दछ ।

९. ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको सह्राहना गर्दै प्रलेसं रुमजाटार विमानस्थलको स्तरोन्नती, पर्यटन, शैक्षिक गन्तव्यस्थल विकास एवं. जनजीविकाका सवालमा राज्यका तर्फबाट प्राथमिकता दिन माग गर्दछ ।

१०. यस प्रलेसको परिषद् बैठक आयोजना सफल बनाउन केन्द्रीय व्यवस्थापन संयोजन समिति, न्यानो स्वागत र सुन्दर व्यवस्थापनसहित स्थानीय आतिथ्यतामा अगुवाई गर्ने समाजसेवी सीताराम गुरुङ्, स्थानीय जनता समुदाय प्रलेस जिल्ला तदर्थ समिति, सनराइज आवसीय विद्यालय लगायतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ । 


=======================================
संचार माध्यमबाट 


प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

१४ फागुन २०७३

ओखलढुङ्गा – प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ ।
सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादले राष्ट्रिय राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा छलछाम, षड्यन्त्र र हस्तक्षेप थोपरेकोलगायत दस बुँदे रुम्जाटार घोषणापत्र, २०७३ समेत जारी गरेको छ ।
घोषणापत्र जारी गर्दै प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले भने, “न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि बुर्जुवा र उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवम् सिर्जनात्मक अभियान सञ्चालन गरिनेछ ।”
उनले आगामी जेठमा प्यूठानमा राष्ट्रियता चेतनासम्बन्धी राष्ट्रिय गोष्ठी, सबै प्रदेशमा भेला, केन्द्रमा नियमित परिसंवाद तथा मैथिली भाषाबारे जनकपुर र महेन्द्रनगरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।
बैठकले करिब दुई दसकदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासका सन्दर्भमा सकारात्मक रहेको ठहर गरेको छ ।
राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवम् संकृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानात्कका कार्यक्रम सञ्चालन तथा साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार र सम्मानलाई वस्तुवादी मूल्याङ्कनका माध्यमबाट दिइने परम्पराको थालनी गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ ।
प्राज्ञ नर्मदेश्वरी सत्यालले स्रष्टाहरुले संस्कृति सुधार र लैङ्गिक संवेदनशीताका क्षेत्रमा पर्याप्त काम गर्न सक्नुपर्ने बताउँदै राष्ट्रियतामा उत्पन्न खतरा चिर्न र राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
बुद्धिजिवी गोपीरमण उपाध्यायले प्रगतिशील साहित्यिक क्षेत्र आफैमा समृद्ध भए पनि राज्यका निकायबाट सम्मानजनक व्यवहार हुने नसेको बताउँदै प्रलेसको रुम्जाटार घोषणापत्र कार्यान्वयन भएमा संस्कृति रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बैठकले ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको प्रशंसा गर्दै रुम्जाटार विमानस्थलको स्तरोन्नति, पर्यटन र शैक्षिक गन्तव्यस्थलको विकास एवम् जनजीविकाका सवालमा राज्यले प्राथमिकता दिनुपर्ने माग गरेको सङ्घका महासचिव आरएम डङ्गोलले जानकारी दिए ।
http://www.ratopati.com बाट साभार

============================
रातो खबर, साप्ताहिक - २०७३ फागुन १८ गते 


===============================================

ओखलढुङ्गाको रुम्जाटारमा (२०७३ फागुन १३ र १४) आयोजना गरिएको प्रलेस, राष्ट्रिय परिषद्को दोस्रो बैठकमा महासचिव आर. एम्.डङ्गोलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन ।



अध्यक्ष तथा राष्ट्रिय परिषद्का सम्पूर्ण सदस्यज्यूहरू,

प्रगतिशील लेखक सङ्घ, नेपालको गत २०७३ चैत २६– २७ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट नयाँ केन्द्रीय नेतृत्व चयनलगतै (चैत २६ गते राति) बसेको पहिलो केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठकको ६ महिनापछि गत असोज ४ गते दोस्रो केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको छ । अहिले हामी सोही बैठकमा प्रस्तुत प्रस्ताव र २०७३ मङ्सिर १८ गतेको सचिवालय बैठकले गरेको निर्णय अनुसार ओखलढुङ्गा जिल्लाको यस सुन्दर बस्तीमा परिषद्को दोस्रो बैठकमा उपस्थित भएका छौँ । बैठकको प्रारम्भमा न्याय, समानता र मुक्तिका लागि भएका राजनीतिक तथा साहित्यिक–सांस्कृतिक आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरूप्रति श्रद्धासुमन प्रकट गर्न चाहन्छु । 

१. पृष्ठभूमि 
प्रगतिशील लेखक सङ्घ देशीय सामन्तवाद तथा अन्तर्राष्ट्रिय साम्राज्यवाद र विस्तारवाद विरोधी साहित्यिक सांस्कृतिक आन्दोलनको साझा मोर्चा हो । यसले आफ्नो स्थापनाको साँढे ६ दशक लामो यात्राक्रममा हालै ६४ औँ स्थापना दिवस समेत मनाइसकेको छ । विचार, सिर्जना र आन्दोलनको तहबाट यस संस्थाले जुन साङ्गठानिक ऐतिहासिकी निर्माण गरेको छ, त्यो गरिमामयी छ । संसारको सबैभन्दा वैज्ञानिक विश्वदृष्टिकोणसहितको वैचारिक शक्तिबाट चलायमान यस संस्थाले विश्वको उथलपुथलपूर्ण राजनीतिक, साहित्यिक–सांस्कृतिक आन्दोलनबाट वैचारिक ऊर्जा तथा अनुभव र शिक्षा पनि प्राप्त गर्दै आइरहेको छ ।  यो संस्था मुलुकका हरेक राजनीतिक तथा सामाजिक सांस्कृतिक आन्दोलनसँग जोडिदै आइरहेको छ । वैयक्तिक जीवनमा थोपरिने कुरूपता, रुढताको ऐँठनबाट मुक्त व्यक्तित्व, निर्माणको प्रश्नमा होस् वा राष्ट्रिय जीवनमा थोपरिने विदेशी प्रभुत्ववादी छलछाम, षड्यन्त्र, हस्तक्षेपको प्रश्नमा होस्, सिर्जनाका माध्यमबाट सुन्दर व्यक्तित्व निर्माण र न्याय तथा समतामूलक समाज व्यवस्था स्थापना गर्नु तथा समृद्ध मुलुकको निर्माणमा बल पु¥याउनु यस संस्थाको मूल अभीष्ट हो । यतिबेला प्रगतिशील स्रष्टाहरूले सङ्गठित रूपमा विचार र कलाको सुन्दर संयोजनसहितको सिर्जनात्मक हतियारले एकसाथ अनेकौँ मोर्चाहरूबाट वैचारिक र सिर्जनात्मक लडाइँ लड्नुपर्ने परिस्थिति खडा भएको छ । 
मुलुकमा सङ्घीय गणतन्त्रको नयाँ मानचित्र कोरिदै गर्दा संविधानसभाबाट निर्मित संविधानको सर्व स्वीकार्यतामा अनेक प्रश्नहरू उठेका छन् । समावेशिता, धर्मनिरपेक्षता र संघीयताको मूल मर्मलाई संबोधन गरी संविधानको सफल कार्यान्वयन गर्न नसकिँदा परिवर्तनकामी शक्तिहरूको परिवर्तनको एजेन्डा बेवारिस बन्दै गइरहेको छ । मुलुकको श्रमशक्ति विदेशी बजारमा छरिएको छ । मुलुक या त रेमिट्यान्सले या त विदेशी राष्ट्रहरूको अनुकम्पामा निर्भर हुनुपर्ने अवस्थामा पुगेको छ । हाम्रा आचार–विचार, व्यवहार र संस्कृतिमा सामन्तवाद जीवितै छ । राजनीतिक अस्थिरताकै कारण वर्तमान सङ्क्रमणकालीन परिवेशमा नेपाली समाज उपभोक्तावादी संस्कृतिको प्रयोग र परीक्षणस्थल बन्न पुगेको छ । अहिले विश्वमै शक्ति राष्ट्रहरूको आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । यसबाट हामी पनि अछुतो छैनौँ । अधिकार प्राप्तिको आन्दोलनमा विदेशी स्वार्थका अनेकौँ एजेन्डाहरू घुसाइएका छन् । देशले नै धान्न नसक्ने आन्दोलनको स्वामित्व लिन अरूहरू नै उद्दत हुँदै जाँदाको परिणाम के होला ? स्रष्टाहरूले मनन गर्नुपर्छ कि पर्दैन ? 
देशको राष्ट्रिय जीवनलाई थप विद्रुप र विषम बनाउने दुईवटा ठुला दुर्घटनाहरू हामीले भोगिसकेका छौँ । एकातिर २०७२ साल वर्ष वैशाख १२ को महाविनाशकारी भूकम्पले मुलुकलाई जर्जर बनाएको छ भने अर्काेतिर राजनीतिक असमझदारी र द्वन्द्वको कारण हाम्रो आन्तरिक राष्ट्रियताको कमजोरीको फाइदा उठाएर छिमेकी मुलुकबाट नाकाबन्दी थोपरियो । मुलकुको राष्ट्रियता गम्भीर सङ्कटमा  छ, जनजीविकाको सवालमा पनि अनेकौँ आयाममा समस्या चँुलिँदो छ । 
मुलुकको यस्तो विषम परिस्थितिबिच प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको 
छ । संस्थाको परिमार्जित विधानको मूल मर्मअनुसार सङ्गठनलाई अझ व्यापक र सुदृढ बनाउने प्रयत्नअनुसार यसको साङ्गठानिक स्वरूपमा परिमार्जन गरिएको छ । देशभरका प्रगतिशील÷प्रगतिवादी स्रष्टाहरूको सिर्जनात्मक प्रतिभा, सीप र वैचारिक ऊर्जाद्वारा जनजीविका, राष्ट्रियताको सवालमा एकै ठाउँमा उभिएर सामाजिक न्याय र समानतामा आधारित समाज व्यवस्था स्थापित गर्न तथा सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलनलाई बल पु¥याउनु आवश्यक छ । यही उद्देश्यले यसले वैचारिक, सिर्जनात्मक र साङ्गठानिक तहबाट आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

२. साङ्गठानिक क्रियाशीलता
२.१ केन्द्रीय समिति तथा राष्ट्रिय परिषदको पहिलो बैठक तथा सचिवालय बैठकका निर्णयहरू :
२.१.१ केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को पहिलो बैठकका निर्णयहरू :
दसौँ राष्ट्रिय सम्मेलनको दोस्रो दिन चैत्र २६ गतेको बन्द सत्रबाट  परिमार्जित विधान अनुसार मातृका पोखरेलको नेतृत्वमा केन्द्रीय समिति र राष्ट्रिय परिषद्समेत गरी १३७ जना (दुई रिक्त राष्ट्रिय परिषद् सदस्य सचिवालय बैठकले मनोनयन गर्ने गरी) को केन्द्रीय नेतृत्व निर्वाचित भएको र सम्मेलन लगत्तै पछि सोही रात बसेको बैठकले पूर्व केन्द्रीय समिति, राष्ट्रिय परिषद्, सल्लाहाकार एवं सम्मेलनको बन्द सत्रको अध्यक्ष मण्डल, निर्वाचन मण्डलप्रति धन्यवाद व्यक्त गर्ने निर्णयका साथै प्रलेसको आगामी ३ वर्षीय कार्यकालको लागि विधानतः कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि जिम्मेवारी दिने गरी २३ सदस्यीय सचिवालय गठन गर्ने ।
२.१.२ सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू :
२०७३ वैशाख ३१ गते बसेको पहिलो सचिवालय बैठका निर्णयहरू :
२०७३ वैशाख ३१ गते सङ्घको नयाँ केन्द्रीय कार्यालय, बागबजारमा सचिवालयको पहिलो बैठक बस्यो । बैठकले दसौँ राष्ट्रिय सम्मेलनको गम्भीरतापूर्वक समीक्षा गरी परिमार्जित विधानअनुसार सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्य समिति (केन्द्रीय समिति र राष्ट्रिय परिषद) चयन गरी सफलताका साथ सम्मेलन सम्पन्न भएको निष्कर्षसहित निम्नानुसारका निर्णयहरू ग¥यो :
१) राष्ट्रिय परिषद्मा रिक्त रहेका दुई सदस्यमा सर्वसम्मतिबाट खोटाङका अटल क्रान्तिकारी र सुर्खेतका जगत वाशिष्टलाई मनोनयन गर्ने,

२) प्रलेसको सल्लाहाकार परिषद्मा निम्नानुसारका व्यक्तित्वहरूलाई मनोनयन गर्ने निर्णय गरियो :

१. अनिल शर्मा ‘विरही’
२. डा. अमर गिरी
३. आनन्ददेव भट्ट
४. आहुती
५. इन्द्र रेग्मी
६. ईश्वरचन्द्र ज्ञवाली
७. कमलजङ्गली आचार्य
८. प्रा. केशव सुवेदी
९. कुन्ता शर्मा
१०. प्रा.डा. जगदीशचन्द्र भण्डारी
११. जीवन शर्मा
१२. प्रा.डा. ताराकान्त पाण्डेय
१३. नारायण ढकाल
१४. निनु चापागाईँ
१५. पूर्ण वैद्य
१६. प्रदीप ज्ञवाली
१७. भवानी क्षेत्री
१८. भाष्कर
१९. मणि थापा
२०. माइला लामा 
२१. मित्रलाल पंज्ञानी
२२. राम विनय
२३. लोकनारायण सुवेदी
२४. डा. विजय सुब्बा
२५. शशिधर भण्डारी
२६. प्रा.डा. श्रीधर गौतम
२७. श्यामप्रसाद शर्मा
२८. सरला रेग्मी
२९. हरिगोविन्द लुइँटेल
३०. हेमनाथ पौडेल

१)  प्रलेस केन्द्रीय कार्यालयलाई ब्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि राष्ट्रिय परिषद् सदस्य पुण्य घिमिरेलाई कार्यालय सचिवको जिम्मेवारी दिने,
२) प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकारसमेत रहिसक्नुभएका नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनका अगुवा रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको निधनमा गहिरो शोक र परिवारजनप्रति समवेदना प्रकट गर्दै २०७३ जेठ १५ गते स्मृतिसभाको आयोजना गर्ने । 
२०७३ असार १७ गते बसेको दोस्रो सचिवालय बैठकका निर्णयहरूः 
३)  प्रलेसको वैचारिक र सिर्जनात्मक आन्दोलनलाई गति दिन प्रलेसका केन्द्रीय पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यहरूलाई जिम्मेवारी दिने गरी १३ वटा विभागहरूको गठन गर्ने र ती विभागहरूले १ महिनाभित्र बैठक बसी कार्ययोजना प्रस्ताव गर्नुपर्ने जस अनुसारः 

(क) इतिहास लेखन विभाग 
१. संयोजक : राजबहादुर कुँवर 
२. सचिव : पुण्य घिमिरे 
३. सदस्य  : कुशल बोगटी 
४. सदस्य : केवल विनावी 
५. सदस्य भीम रानाभाट
६. सदस्य : रूपक अलङ्कार 
७. सदस्य : जनक रसिक

(ख) सम्पादन / प्रकाशन विभाग
१. संयोजक : आर.एम्.डङ्गोल 
२. सचिव : सरिता तिवारी 
३. सदस्य : गौरी दाहाल 
४. सदस्य : रघुनाथ अधिकारी 
५. सदस्य : नारायण शर्मा 
६. सदस्य : भागवत आचार्य 
७. सदस्य : माधव घिमिरे ‘अटल’

(ग) विधागत विभाग 
१. संयोजक : खेम थपलिया 
२. सचिव : आर.सी. न्यौपाने 
३. सदस्य : दीपक सापकोटा 
४. सदस्य : गुरुङ सुशान्त 
५. सदस्य : मोदनाथ मरहठ्ठा 
६. सदस्य : टेकबहादुर बलम्पाकी
७. सदस्य : शकुन्तला जोशी 
८. सदस्य : साधुराम नेपाल 
९. सदस्य : श्याम शाह 
१०. सदस्य : रमण पौडेल 
११. सदस्य : खगेन्द्र जोशी 
१२. सदस्य : जीत कार्की 
१३. सदस्य : स्वप्नील स्मृति
१४. सदस्य : अटल क्रान्तिकारी 
१५. सदस्य : केशव थापा

(घ) आर्थिक विभाग 
१. संयोजक : विजयराज आचार्य 
२. सचिव : प्रकाश चापागाइँ
३. सदस्य : विन्दा मैनाली 
४. सदस्य : युवराज नास्तिक 
५. सदस्य : लक्ष्मण बेल्बासे 
६. सदस्य : बालमुकुन्द कार्की
७. सदस्य : बाबा बस्नेत 

(ङ) अन्तर्राष्ट्रिय विभाग 
१. संयोजक : सङ्गीत श्रोता
२. सचिव : समीर सिंह 
३. सदस्य : डा. विदुर बस्ती
४. सदस्य : निमेष निखिल 
५. सदस्य : भुक्तान थेवा 
६. सदस्य : विनोदविक्रम के.सी. 
७. सदस्य : सरोज ओली

(च) प्रचारप्रसार विभाग
१. संयोजक :प्रकाश सिल्वाल 
२. सचिव : चेतनाथ धमला
३. सदस्य : धर्मेन्द्र कर्ण 
४. सदस्यः हरिलाल महतारा 
५. सदस्य : अशोक कुँवर
६. सदस्य : जगत् वाशिष्ट 
७. सदस्य : मिनबहादुर राना 

(छ) महिला विभाग 
१. संयोजक : डा. विन्दु शर्मा
२. सचिव : शोभा दुलाल 
३. सदस्य : भावना पाठक
४. सदस्यः वाङ्देल चेली 
५. सदस्य : विमला चन्द
६ं सदस्य : मनु वि.क. 
७. सदस्य : रचना शर्मा 
८. सदस्य : जमुना श्रेष्ठ 
९. सदस्य : कल्पना चिलुवाल 

(ज) बालसाहित्य विभाग 
१. संयोजक : होमशङ्कर बास्तोला 
२. सचिव : अर्जुन कार्की
३. सदस्य माधव घिमिरे ‘अटल’
४. सदस्य : नवराज रिजाल 
५. सदस्य : लक्ष्मण उप्रेती 
६. सदस्य : निलिमा पुन 
७. सदस्य : छायादत्त न्यौपाने 

(झ) इतिहास तथा सामाजिक अध्ययन विभाग 
१. संयोजक : रामप्रकाश पुरी 
२. सचिव : लम्जेल सङ्घर्षशील
३. सदस्य : रामचन्द्र नेपाल 
४. सदस्य : गोपाल वैद्य 
५. सदस्य : प्रमोद धिताल 
६. सदस्य : नारायण परिश्रमी 
७. सदस्य : प्रदीप जैशी 

(ञ) मातृभाषा विभाग 
१. संयोजक : रोशन जनकपुरी 
२. सचिव : राजु स्याङ्तान 
३. सदस्य : केशव सुनाम 
४. सदस्य : खोमा तरामु मगर 
५. सदस्य : आनन्दसुन्दर श्रेष्ठ 
६. सदस्य : वैधनाथ ठाकुर 
७. सदस्य : गणेशकुमार राई 

(ट) संस्कृति विभाग 
१. संयोजक कृष्णहरि भट्ट
२. सचिव : प्रकाश थापा 
३. सदस्य : स्ट्रगल राना
४. सदस्य : जितबहादुर लामा 
५. सदस्य : आरोह नेपाली 
६. सदस्य : युद्धविक्रम शाही 
७. सदस्य : बलबहादुर परियार 

(ठ) प्रवासी साहित्य विभाग 
१. संयोजक : पुण्य गौतम ‘विश्वास’ 
२. सचिव : अनिल श्रेष्ठ 
३. सदस्य : रमेश शुभेच्छु 
४. सदस्य : चिरन पुन 
५. सदस्य : मधु क्षेत्री
६. सदस्य : मधुकर थापा
७. सदस्य : अर्जुन पौडेल ‘निर्जन’

(ड) प्रशिक्षण विभाग 
१. संयोजक : कृष्णराज अधिकारी 
२. सचिव : परशुराम कोइराला 
३. सदस्य : गोपिरमण उपाध्याय 
४. सदस्य : सिद्धबहादुर खड्का 
५. सदस्य : नमुना शर्मा 
६. सदस्य  : लक्ष्क्षीराम आचार्य 
७. सदस्य : आस्था के.सी.

१ )विभागको बैठकबाट प्रस्तुत कार्ययोजना प्रस्ताव तथा प्रादेशिक भेला, सम्मेलनपछि यसले तय गरेको नीति, योजना, कार्यक्रमलाई समेत समन्वय गरी वार्षिक तथा आवधिक कार्ययोजनाको रूपरेखा तयार गर्नका लागि वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’को संयोजकत्वमा सचिवहरू प्रकाश सिलवाल, शोभा दुलाल, सरिता तिवारी, होमशङ्कर बास्तोला रहेको पाँच सदस्यीय कार्य योजना प्रस्ताव समिति गठन गर्ने, 
२) प्रलेसको नयाँ सदस्यता वितरणको लागि स्पष्ट मापदण्ड तय गरी व्यक्तिगत फारमको नमुना तयारीका लागि सचिवालय सदस्य सङ्गीत श्रोता र भागवत आचार्यलाई जिम्मेवारी दिने,
३) २०७३ साउन ८ गते शनिबार प्रलेस केन्द्रीय समिति र काभ्रे शाखाको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका सभाकक्षमा ‘राजनीति र साहित्यबिचको अन्तर्सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुति, टिप्पणी एवम् विशेष कवि गोष्ठी गर्ने,
४) २०७३ असोज ४ गते प्रलेस केन्द्रीय समितिको बैठक डाक्ने तथा असोज ५ गते विशेष कार्यक्रमका साथ प्रलेस स्थापना दिवस मनाउने ।
२०७३ भदौ ९ गते बसेको तेस्रो सचिवालय बैठकका निर्णयहरूः
५) प्रलेस स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार’को लागि प्रतिभा चयन गर्न उपाध्यक्ष डा. विन्दु शर्माको संयोजकत्वमा उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य आर.सी. न्यौपाने सदस्य रहनुभएको ‘प्रलेस प्रतिभा छनौट समिति’ गठन गर्ने,
६) प्रत्येक महिनाको पहिलो शुक्रबार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रका ख्यातिप्राप्त स्रष्टा साहित्यिक विधा, वाद–प्रणाली तथा सिर्जनामा केन्द्रित रही ‘प्रलेस परिसंवाद’ कार्यक्रम सञ्चालन गर्ने, सो कार्यक्रमको संयोजनको जिम्मेवारी प्रदेश नं. ७ का उपाध्यक्ष पुष्करराज भट्टलाई दिने,
७)  प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व’ शीर्षकमा कार्यपत्र प्रस्तुति, टिप्पणी एवम् कविता गोष्ठी गर्ने । 
२०७३ भदौ २८ गते बसेको चौथो सचिवालय बैठकका निर्णयहरूः
८) प्रलेस स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘प्रलेस प्रतिभा पुरस्कार”का लागि गठित ‘प्रलेस प्रतिभा पुरस्कार छनौट समिति’ ले २०७३ भदौ २१ गते बैठक बसी कवि, निबन्धकार एवम् समीक्षक विनोद मञ्जनलाई सो पुरस्कारको लागि सिफारिस गरे अनुसार बैठकले सो प्रस्तावलाई अनुमोदन गर्ने,
९)  बैठकले असोज ४ गते केन्द्रीय समितिको दोस्रो बैठक र असोज ५ गतेको ‘प्रलेस स्थापना दिवस’ कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागि आवश्यक तयारी गर्ने ।

२.२ केन्द्रीय समितिको दोस्रो बैठक तथा सचिवालय बैठकका निर्णयहरू
२.२.१ २०७३ असोज ४ गते सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा इच्छुक स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकका निर्णयहरू  
१ ) संस्थाको आर्थिक तथा सर्वाङ्गीण साङ्गठानिक सुदृढिकरणको लागि केन्द्रीय नेतृत्वमा रहनुभएका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्यहरूले निम्नानुसारको मासिक ले.भी. शुल्क तिर्नुपर्ने निर्णय गरेको छ ः
अध्यक्ष : रु. ७००।– (सात सय)
उपाध्यक्षहरू/महासचिव : रु. ५००।– (पाँच सय)
सचिवहरू र कोषाध्यक्ष : रु. ३००।– (तीन सय)
सचिवालय तथा केन्द्रीय सदस्यहरू  : रु. १००।– 
२) चाडपर्वको अवसर पारेर तिहारमा प्रगतिशील देउसी भैलो कार्यक्रम आयोजना गर्ने,
३) आगामी चैत महिनाभित्रमा प्रदेशस्तरीय भेला र सम्मेलनको आयोजना गरिसक्नुपर्ने भएकोले यसको आवश्यक तयारीका लागि प्रदेश इन्चार्जसमेत रहनुभएका केन्द्रीय उपाध्यक्षहरूलाई विशेष जिम्मेवारी दिने निर्णय गर्नुको साथै उक्त सम्मेलन÷भेलाको अवसर पारेर केन्द्रीयस्तरको वैचारिक तथा सिर्जनात्मक कार्यक्रमसमेत आयोजना गर्ने, 
(यस सम्बन्धमा २०७३ पुस १९ गते बसेको सचिवालय बैठकले देशको पछिल्लो विशिष्ट राजनीतिक परिस्थितिलाई ख्याल गरी चैत मसान्तभित्रमा विधानमा व्यवस्था भए बमोजिम प्रादेशिक भेला सम्पन्न गरी प्रादेशिक सम्मेलन आयोजक समिति गठन गरिसक्नुपर्ने र हाललाई प्रदेश सम्मेलनका कार्यक्रम स्थागित गर्ने निर्णय ग¥यो । यस अवधिमा प्रदेशभित्रका जिल्ला शाखा विस्तार हुन नसकेका तथा निष्क्रिय शाखाहरूमा साङ्गठानिक क्रियाशीलताको कामलाई अगाडि बढाउने ।)
४) प्रलेस केन्द्रीय समितिअन्तर्गत गठित विभिन्न विभागहरूको वैठकबाट तय भएका कार्यक्रमहरू यथासमयमै सम्पन्न गरिसक्नुपर्ने,
५) केन्द्रीय स्तरमा यसै वर्षभित्र दर्शन र संस्कृति सम्बन्धमा एक एक वटा वैचारिक कार्यक्रमको आयोजना गर्ने, 
६) प्रलेसको दसौँ राष्ट्रिय सम्मेलनबाट पारित परिमार्जित विधानअनुसार प्रदेश समिति गठन गरिँदा जिल्ला समिति र प्रदेश समितिले सदस्यता शुल्कबाट उठेको कुल रकमको ६०% र केन्द्रलाई ४०% रकम उपलब्ध गराउनुपर्ने,
७) आगामी चैत्र महिनाभित्रमा ओखलढुङ्गा वा सोलुखुम्बुमा राष्ट्रिय परिषद्को दोस्रो बैठक डाक्ने, यसको लागि केन्द्रीय सदस्य चेतना थमला र बलबहादुर परियारलाई जिम्मेवारी दिने । 

२.२.२ सचिवालय बैठकका निर्णयहरू
२०७३ मङ्सिर १८ गतेको पाँचौ सचिवालय बैठकका निर्णयहरू

१) संस्थाको नवीकरणसहित लेखा परीक्षण गरी आर्थिक हिसाव किताब चुस्त दुरुस्त राख्न यु.के. एन्ड कम्पनी रजिस्टर नं. २८८१ का प्रोपाइटर उद्दीमबहादुर देवकोटालाई लेखा परीक्षकको रूपमा नियुक्त गर्ने, 
२) राष्ट्रिय परिषद्को दोस्रो बैठक फागुन १४ गते ओखलढुङ्गाको रुम्जाटारमा आयोजना गर्ने र सो बैठकको आवश्यक तयारीका लागि केन्द्रीय ब्यवस्थापनको जिम्मेवारी केन्द्रीय सचिव होमशङ्कर बास्तोला संयोजक र सचिवालय सदस्य कृष्णहरि भट्ट, कार्यालय सचिव पुण्य घिमिरे तथा स्थानीय तहमा व्यवस्थापनका लागि केन्द्रीय सदस्य चेतनाथ धमला र बलबहादुर परियार रहेको व्यवस्थापन समितिलाई दिने, 
३)  प्रगतिशील साहित्यको इतिहास लेखन सम्बन्धी जिम्मेवारी पाउनुभएका लेखकहरूबाट प्राप्त सामग्रीको मूल्याङ्कनको लागि डा अमर गिरी, प्रा. रमेश भट्टराई र मित्रलाल पंज्ञानी रहनुभएको मूल्याङ्कन समितिको गठन गर्ने,
४)  २०७३ मङ्सिर २५ गते ३ नंं प्रदेशको प्रादेशिक भेला काठमाडौँको संवाद डबलीमा आयोजना 
गर्ने, यसको आवश्यक तयारीको जिम्मेवारी ३ नम्बर प्रादेशिक उपाध्यक्ष खेम थपलियालाई दिने, 
५)  प्रलेस केन्द्रीय समितिअन्तर्गतको बालसाहित्य विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन १५ गते ओखलढुङ्गामा ‘बालसाहित्यमा प्रगतिशीलता’ विषयक विचार गोष्ठीको आयोजना गर्ने । यसको संयोजनको जिम्मेवारी बालसाहित्य विभागका संयोजक होमशङ्कर बास्तोलालाई दिने । कार्यक्रममा यससम्बन्धी कार्यपत्र तयारीको जिम्मेवारी प्रलेस कोषाध्यक्ष विजयराज आचार्यलाई दिने, 
६) प्रलेसका आगामी अङ्कहरूलाई अझ ब्यवस्थित बनाउन सम्पादन प्रकाशनमा महत्वपूर्ण सहयोग गर्दै आइरहनुभएका उपाध्यक्ष पुष्करराज भट्टलाई सम्पादन तथा प्रकाशन विभागको सदस्यको रूपमा थप गर्ने । 
२०७३ पुस १९ गतेको छैठौँ सचिवालय बैठकका निर्णयहरू 
७)  केही  लखक स्रष्टाहरूले प्रगतिशील लेखक सङ्घ, नेपाल प्रकाशक रहने गरी कृति प्रकाशन गर्ने चाहना राख्नुभएकोमा उक्त सामग्रीको विषयप्रकृति (अन्र्तवस्तु) र स्रष्टाको लेखन प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर मात्र प्रकाशन अनुमति दिनको लागि अध्यक्ष मातृका पोखरेल संयोजक र उपाध्यक्ष रामप्रकाश पुरी तथा महासचिव आर.एम्. डङ्गोल सदस्य रहनुभएको मूल्याङ्कन समिति गठन गर्ने, 
८)  विभिन्न व्यक्ति, संस्थाको क्रियाशीलतामा प्रदान गरिँदै आएको पुरस्कार, सम्मान, उपाधिको प्रकृति, उद्देश्य, प्रयोजनबारे अध्ययनसहित स्पष्ट मापदण्ड तयार गर्नका लागि निकट भविष्यमा नेपाली पुरस्कार संस्कृतिबारे एउटा वृहत् गोष्ठीको आयोजना गर्ने । 


२.३ विभागका बैठकका निर्णयहरू :
१३ वटा विभागहरूमध्ये ७ वटा विभागले विभिन्न मितिमा बैठक बसी निम्नानुसारको निर्णयहरू गरेको छ :
२.३.१ इतिहास लेखन संयोजन विभाग 
२०७३ असार २७ गते बसेको यस विभागको बैठकले गरेका निर्णयहरू :
१)  यसअघिको प्रलेस केन्द्रीय कार्य समितिले प्रगतिशील साहित्यको इतिहासलेखन सम्बन्धमा गरेको निर्णयहरूलाई निरन्तरता दिई कार्यान्वयन गर्ने,
२) इतिहास लेखनका लागि जिम्मेवारी दिइएका सम्बन्धित विषयक्षेत्रका विज्ञहरूसँग निरन्तर सम्पर्कमा रही इतिहास लेखनका लागि ताकेता गर्ने,
३)  यस काममा बल पु¥याउनका लागि जिल्लाजिल्लाबाट इतिहास लेखनका लागि सामग्री सङ्कलनमा पहलकदमी लिने ।
यस विभागअन्तर्गत ‘मगर भाषाको प्रगतिशील साहित्यको इतिहास’ लेखनको जिम्मेवारी लिनुभएका लोकबहादुर थापा मगर, बालसाहित्य विधाअन्तर्गतको जिम्मेवारी पाउनुभएका विनय कसजूबाट तथा ‘मैथिली भाषाको प्रगतिशील साहित्यको इतिहास’ लेखनको जिम्मेवारी पाउनुभएका रोशन जनकपुरी र ‘नेपाली प्रगतिशील नाटकको इतिहास’ विषयमा जिम्मेवारी पाउनुभएका प्रा.डा. कपिल लामिछानेको सामग्री प्राप्त भइसकेको)  

२.३.२ विधागत विभाग 
२०७३ साउन १८ गते बसेको विधागत विभागको बैठकले गरेका निर्णयहरू :
१) विधागत विभागअन्तर्गत साहित्यका विभिन्न विधाहरूलाई संयोजन गर्ने गरी उप–समिति गठन गरिएको र सो उपसमितिमा निम्नानुसारका व्यक्तिहरूलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो : 
२)  समालोचना – गुरुङ सुशान्त, निबन्ध–  दीपक सापकोटा, कथा – श्याम शाह, उपन्यास – साधुराम नेपाल, गद्य कविता – शकुन्तला जोशी, पद्यकविता – मोदनाथ मरहट्टा, गीत – टेकबहादुर बलम्पाकी, गजल – जीत कार्की, मुक्तक – रमण पौडेल, लोकसाहित्य – मनोहर लामिछाने  यी उप–समितिले बैठक बसी आवश्यक कार्ययोजना प्रस्ताव तयार गर्नुपर्ने निर्णय गरियो । 

२.३.३ मातृभाषा विभाग 
२०७३ साउन २० गते बसेको मातृ भाषा विभागका निर्णयहरू : 
१)  असोज महिनाभित्र तनहुँमा बहुभाषिक कवि गोष्ठी आयोजना गर्ने, 
२) माघ महिनामा जनकपुरमा मैथिली भाषामा प्रगतिशील साहित्यको अवस्था विषयक गोष्ठी गर्ने, 
३)  यसै वर्षभित्र हेटौँडा र काठमाडौँमा ‘तामाङ’ र ‘नेपाल भाषा’मा प्रगतिशील साहित्यको अवस्था’ विषयक छुट्टाछुट्टै गोष्ठी गर्ने, 
४)  फागुन महिनामा वीरगञ्जमा ‘भोजपुरी भाषामा प्रगतिशील साहित्यको अवस्था’बारे गोष्ठी गर्ने, 
५)  यसै वर्षभित्र धरानमा बहुभाषिक कवि गोष्ठी गर्ने ।

२.३.४ सम्पादन/प्रकाशन विभाग 
२०७३ साउन २३ गते बसेको सम्पादन÷प्रकाशन विभागले गरेका निर्णयहरू :
१) सङ्गठनको मुखपत्रका रूपमा प्रकाशन हुँदै आइरहेको ‘प्रलेस’ पत्रिकाको २२ औँ अङ्क ‘दसौँ राष्ट्रिय सम्मेलन विशेष’ का रूपमा प्रकाशन गर्ने, 
२) प्रलेसका आगामी अङ्कहरूका लागि गोष्ठीपत्र, टिप्पणी, विचार जस्ता सामग्री सङ्कलनका लागि आर.एम्. डङ्गोल, सिर्जना विशेषका लागि सरिता तिवारी र केन्द्र, प्रदेश, शाखा गतिविधि सम्बन्धी सामग्रीका लागि भागवत आचार्यलाई जिम्मेवारी दिने ।

२.३.५ महिला विभाग

२०७३ साउन २८ गते बसेको महिला विभागको बैठकले गरेको निर्णयहरू :
१) ‘प्रलेस’ को आगामी कुनै एक अङ्कलाई ‘महिला लेखन विशेषाङ्क’ बनाउने गरी आवश्यक सामग्री सङ्कलन गर्ने, 
२) यसै वर्षभित्र ‘पारिजातको आख्यानमा नारी चेतना विषयक’ गोष्ठी गर्ने, 
३) प्रगतिशील महिला समालोचना लेखनको समस्यालाई मध्यनजर गरी समालोचना लेखन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, 
४) 'समसामयिक प्रगतिशील नेपाली कवितामा महिला उपस्थिति’ विषयक विचार गोष्ठी एवम् बृहत् कवि गोष्ठीको आयोजना गर्ने । 
२.३.६ बालसाहित्य विभाग 
२०७३ साउन २७ गते बसेको बालसाहित्य विभागको बैठकले गरेका निर्णयहरू :
१) यही असोज महिनाभित्रमा ‘प्रगतिशील लेखनमा बालसाहित्यको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने,
२) आउँदो पुस महिनामा बालसाहित्य कार्यशालाको आयोजना गर्ने ।

२.३.७ प्रचारप्रसार विभाग 
२०७३ साउ २८ गते प्रचारप्रसार विभागको बैठकले गरेका निर्णयहरू :
१) प्रगतिशील लेखक सङ्घ, नेपालको साङ्गठानिक परिचय झल्किने परिचय पुस्तिका (ब्रोसर) तयार गर्ने,
२) प्रलेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यहरूलाई लक्ष्यित गरी सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने, 
३) प्रलेसको स्थापनाकालदेखि वर्तमानसम्मको इतिहास झल्कने वृत्तचित्र निर्माणको लागि प्रयत्न गर्ने, 
४) विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको सम्पर्क, अन्य साहित्यिक पत्रिकाहरूको विवरण सहितको सम्पर्कसामग्री तयार गर्ने ।

३. वैचारिक÷सिर्जनात्मक कार्यहरू (बैठकका निर्णयहरू तथा कार्यान्वयनको अवस्था)
३.१ श्यामप्रसाद शर्माको राष्ट्रिय अभिनन्दनमा सक्रिय सहभागिता 
२०७३ वैशाख २९ गते प्रगतिवादी साहित्यका धरोहर ‘श्यामप्रसाद अभिनन्दन राष्ट्रिय समिति’ले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा प्रलेस, केन्द्रका तर्फबाट  केन्द्रीय अध्यक्ष मातृका पोखरेलबाट प्रलेसका संस्थापक अध्यक्षसमेत रहिसक्नुभएका प्रसिद्ध प्रगतिवादी स्रष्टा श्यामप्रसाद शर्मालाई आभिनन्दन पत्र प्रदान गरियो । 

३.२ रामप्रसाद प्रदीप स्मृतिसभा 
प्रलेस, केन्द्रीय समितिको आयोजनामा २०७३ जेठ १५ गते अनामनगरस्थित संवाद डबलीमा नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका अगुवा, प्रलेसका कार्यवाहक अध्यक्ष र सल्लाहाकारसमेत रहनुभएका रामप्रसाद प्रदीपको २०७३ वैशाख १७ गते भएको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्न र उहाँको योगदानको स्मरण गर्न स्मृतिसभाको आयोजना गरियो । कार्यक्रममा उहाँको व्यक्तित्व र योगदानबारे साहित्यकार एवम् नेकपा (एमाले) केन्द्रीय सचिव प्रदीप ज्ञवाली, प्रलेसका निवर्तमान अध्यक्ष एवम् प्राज्ञ डा. अमर गिरी र प्रलेसका पूर्व उपाध्यक्ष एवं साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिहर खनालले बोल्नुभएको थियो । कार्यक्रममा रामप्रसाद प्रदीपको परिवारजनको पनि उपस्थिति रहेको थियो । 

३.३. ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रम 
प्रलेस केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा २०७३ साउन ८ गते शनिबार बनेपा नगरपालिकाको सभाकक्षमा ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकार एवम् राजनीतिज्ञ नारायणमा बिजुक्छेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कवि एवम् समालोचक पुरुषोत्तम सुवेदीले सो  बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार आहुतिले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि विमल निभा लगायत मोदनाथ मरहट्टा, निभा शाह, केवल बिनाबी, दीपक सापकोटा, मुक्तान थेवा, रामप्रकाश पुरी, राजु स्याङ्तान, निर्भिकजङ रायमाझी, लक्ष्मण सापकोटा, पुष्पदास स्याउला लगायत २५ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् सर्जक, साहित्यिक पत्रकार मोहन दुवालले पनि मन्तव्य राख्नुभएको थियो । प्रलेस काभ्रेका अध्यक्ष लोक लामाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रलेस उपाध्यक्ष खेम थपलिया र महासचिव आर एम्.डङ्गोलले पनि बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । 

३.४ ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व विषयक गोष्ठी एवम् कविता वाचन कार्यक्रम 
प्रलेस केन्द्रीय समिति र भक्तपुर शाखाको संयुक्त आयोजनामा २०७३ भदौ ११ गते भक्तपुर जि.वि.स. सभाकक्षमा ‘राष्ट्रियता र स्रष्टाहरूको दायित्व’ विषयक गोष्ठी एवं कविता वाचन कार्यक्रमको आयोजना  गरियो । प्रलेसको पूर्व अध्यक्ष एवं माकर््सवादी समीक्षक÷समालोचक निनु चापागार्इँको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा समीक्षक एवं संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. विजय सुब्बा र बन्धु चन्दले टिप्पणी गर्नुभएको थियो । सो कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य एवम् समीक्षक गुरुङ सुशान्तले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अभय श्रेष्ठ, माधव घिमिरे ‘अटल’, शोभा दुलाल, आनन्दराम पौडेल, शशी लुमुम्बु, मित्रलाल पंज्ञानी, मधु क्षेत्री, पुण्य घिमिरे, चेतनाथ धमला, अशोक कुँवर, ढुण्डीराज अधिकारी सुदेश सत्याल लगायतका स्रष्टाहरूले कविता, गीत, गजल प्रस्तुत गर्नुभएको थियो । 

३.५ साहित्यकार लक्ष्मण सापकोटालाई प्रलेसको लोगो र झन्डा हस्तान्तरण 
प्रथम साहित्यिक हिमाल आरोही, प्रलेस काभ्रेका उपाध्यक्ष साहित्यकार लक्ष्मण सापकोटाले २०७३ असोज १ गतेबाट प्रलेसको लोगो र झन्डासहित प्रगतिशील साहित्यिक जागरणको उद्देश्यले आरम्भ गर्न लाग्नुभएको प्रथम मेची–महाकाली साहित्यिक दौड अभियानको सिलसिलामा उहाँलाई प्रलेसका झन्डा र लोगो तथा शुभकामनासहित बिदाई कार्यक्रमको आयोजना गरियो । केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रलेस अध्यक्ष मातृका पोखरेलले उहाँलाई लोगो र झन्डा हस्तान्तरण गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानवा सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव सरल सहयात्री, रक्तिम सांस्कृतिक पारिवारका रामप्रकाश पुरी, प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्ट, एवम् प्रलेस पूर्व सचिवालय सदस्य वलराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

३.६ प्रलेसको ६४ औँ स्थापना दिवस
प्रगतिशील लेखक सङ्घ स्थापनाको ६४ वर्ष पुगेको उपलक्ष्यमा २०७३ असोज ५ गते एक समारोहका बिच स्थापना दिवस कार्यक्रम सम्पन्न गरिएको छ । प्रलेसका पूर्व अध्यक्ष एवं प्रलेस प्रतिभा पुरस्कारका संस्थापक आनन्ददेव भट्टको प्रमुख आतिथ्यका आयोजित उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रलेस उपाध्यक्ष रामप्रकाश पुरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा कवि, निबन्धकार, एवम् समालोचक विनोद मञ्जनलाई ‘प्रलेस प्रतिभा पुरस्कार–२०७२’ प्रदान गरिएको थियो । शीर्षकमा सोही समारोहमा ‘प्रगतिशील लेखक सङ्घका चुनौतीहरू’ शीर्षकमा प्रा. रमेश भट्टराइले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा.डा. श्रीधर गौतम र हेमनाथ पौडेलले टिप्पणी गर्नुभएको थियो । प्राज्ञ सुलोचना मानन्धर र कवि एवं कलाकार नमुना शर्माले क्रमशः कविता र गति प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रलेसका निवर्तमान अध्यक्ष एवं प्राज्ञ डा. अमर गिरी र सल्लाहाकार प्रा.डा. जगदीशचन्द्र भण्डारीले मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा प्रलेसको केन्द्रीय मुखपत्र ‘प्रलेस २२’ समेत सार्वजनिक गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव आर.एम्. डङ्गोलले गर्नुभएको थियो भने अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । 

३.७ पुस्तक सार्वजनिक कार्यक्रम
ड्ड उपन्यासकार लोकबहादुर थापा मगरद्वारा लिखित ‘सम्झनाका घाउहरू’ र ‘विश्वास’ (मगरभाषाबाट नेपाली भाषामा अनुदित) दुई औपन्यासिक कृतिको २०७३ असोज १३ गते डेनिसहल बागबजारमा सार्वजनिक गरियो । माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलद्वारा सार्वजनिक गरिएको उक्त कृतिमाथि प्रा. रमेश भट्टराई, प्रा. जगत् प्रेक्षित र आहुतीले समीक्षा गर्नुभएको थियो । प्रलेस उपाध्यक्ष रामप्रकाश पुरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ र कृतिका स्रष्टा लोकबहादुर थापा मगरले पनि बोल्नुभएको थियो । प्रलेस महासचिव आर.एम्. डङ्गोलद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । 
ड्ड २०७३ पुस १ गते प्रलेस केन्द्रीय कार्यालय बागबजारमा आयोजित प्रलेस परिसंवादको पहिले श्रृङ्खला अवसर पारेर प्रलेस प्रकाशक रही प्रकाशित कथाकार रोहित दाहालको पैतालाले थिचेको देवता कथासङ्ग्रहको सङ्घका अध्यक्ष मातृका पोखरेलले सार्वजनिक गर्नुभयो । 

३.८ प्रगतिशील देउसी–भैलो कार्यक्रम
२०७३ कार्तिक १४ र १५ गते काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानका उद्यमी, व्यवसायी, स्रष्टा तथा राजनीतिक पार्टीका नेताहरूको निवासमा प्रगतिशील देउसी–भैलो कार्यक्रम सञ्चालन गरियो । कार्तिक १४ गते सङ्घका अध्यक्ष मातृका पोखरेलको निवासस्थानबाट प्रारम्भ भएको उक्त कार्यक्रमका सिलसिलामा प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा, प्राज्ञ प्रा.डा. जीवेन्द्रदेव गिरी, नर्भदेश्वरीदेवी सत्याल, द्वारिका श्रेष्ठ, वासुदेव अधिकारी, चिन्तामणि सिवाकोटी, भीष्म उप्रेती, जयन्ती स्पन्दन, डा. रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, जगत् प्रेक्षित, भारद्वाज भित्र, डोलिन्द्र प्रसाद शर्मा, राधेश्याम लेकाली, भक्तबहादुर नेपाली, सुरेन उप्रेती, लाक्पाफुटी शेर्पा तथा राजनीतिक पार्टीका शीर्पस्थ नेता के.पी. ओली, प्रदीप ज्ञवाली, सी.पी.मैनाली आदिसँग भेटघाट गरिएको थियो । उद्यमी, व्यवसायी, स्रष्टा तथा नेताहरूसंगको भेटघाटले एकातिर सद्भाव वृद्धि गर्न र अर्काे तिर सांस्कृतिक रूपान्तरणमा बल पु¥याउन यस कार्यक्रमले मद्दत गरेको 
छ । प्रलेसका सल्लाहाकार प्रा.डा. जगदीशचन्द्र भण्डारी, ईश्वरचन्द्र ज्ञवाली मित्रलाल पज्ञांनीको समेत सहभागिता रहेको उक्त कार्यक्रमको संयोजन केन्द्रीय सदस्य रमेश शुभेच्छुले गर्नुभएको थियो भने व्यवस्थापनको जिम्मेवारी सङ्घका कोषाध्यक्ष विजयराज आचार्यले लिनुभएको थियो । 

३.९ तनहुँ को दमौलीमा बहुभाषिक काव्य गोष्ठीको आयोजना
प्रलेस मातृभाषा विभाग र प्रलेस तनहुँ शाखाको संयुक्त आयोजनामा २०७३ मङ्सिर ११ गते तनहुँको दमौलीमा बहुभाषिक कविगोष्ठी आयोजना गरियो । उक्त कार्यक्रममा भोजपुरी, धिमाल, तामाङ, मगर, नेपाल, भाषामा गीत, गजल, कविताहरू प्रस्तुत गरिएका थिए भने स्थानीय राजनीतिक पार्टीका नेताहरूका साथै माक्र्सवादी बुद्धिजीवि शेषमणि आचार्य, प्रगतिवादी बुद्धिजीवि डा. रविलाल अधिकारी, प्रलेस उपाध्यक्ष डा. कृष्णराज अधिकारी, केन्द्रीय सदस्य राजु स्याङ्तान, वैधनाथ ठाकुर लगायतका अतिथिहरूले मन्तव्य राख्नुभएको थियो । प्रलेस तनहुँका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । 

३.१०. प्रलेस परिसंवाद कार्यक्रम 
प्रलेस केन्द्रीय कार्यालय बागवजारमा हरेक महिनाको पहिलो शुक्रबार आयोजना गरिँदै आएको प्रलेस परिसंवादको तीनवटा श्रृङ्खला सम्पन्न भइसकेका छन् । २०७३ पुस १ गतेबाट प्रारम्भ भएको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा ‘जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी’ विषयमा समीक्षक एवम्, लेखक राजेन्द्र महर्जन अतिथि वक्ताका रूपमा निम्त्याइएको थियो । २०७३ माघ ७ गतेको दोस्रो श्रृङ्खलामा ‘हृदयचन्द्र सिंह प्रधानलाई कसरी बुझ्ने ?’ विषयक परिसंवादमा कवि एवम् समीक्षक श्यामल अतिथि वक्ता हुनुहुन्थयो । त्यसैगरी २०७३ फागुन ६ गते आयोजित ‘नेपाली कवितामा आधुनिकता’ विषयक परिसंवादको तेस्रो शृङ्खलामा कवि एवम् समालोचक डा. रामप्रसाद ज्ञवाली अतिथि वक्ता हुनुहुन्थ्यो । परिसंवाद कार्यक्रमको संयोजन सङ्घका उपाध्यक्ष पुष्करराज भट्टले गर्नुभएको थियो । कार्यक्रममा प्रलेस पदाधिकारी, सचिवालयसदस्य, केन्द्रीय तथा परिषद सदस्यहरूको उपास्थिति सहित अन्र्तरक्रिया समेत हुने गरेको छ ।

३.११ भेटघाट/स्वागत कार्यक्रम 
पारिवारिक भ्रमणमा नेपाल आइपुग्नुभएका बङ्गलादेशी प्रगतिशील लेखक सङ्घको केन्द्रीय सङ्गठन सचिव माधव रेलाई २०७३ कार्तिक १ गते सङ्घको केन्द्रीय कार्यालयमा महासचिव आर.एम्.डङ्गोलले स्वागत गर्नुभएको थियो । उक्त भेटघाट तथा स्वागत कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय विभागका संयोजक सङ्गीत श्रोताले गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष निनु चापागाईँ, निवर्तमान अध्यक्ष डा. अमर गिरी र महासचिव मित्रलाल पंज्ञानीसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू एवम् अन्तर्राष्ट्रिय विभागका सदस्यहरूको उपस्थिति रहेको थियो । 

४. सम्मेलन/गतिविधि /प्रकाशन
४.१ प्रदेश सम्मेलन आयोजक समिति गठन
४.१.१ ७ नं. प्रदेश सम्मेलन आयोजक समिति गठन 
कञ्चनपुरको निर्माण व्यवसायी सङ्घको भवनमा २०७३ असोज १८ गते ७ नं. प्रदेश उपाध्यक्ष पुष्करराज भट्टको उपस्थितिमा आयोजित प्रदेश भेलाले पुष्करराज भट्टको संयोजकत्वमा १० सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ ।

४.१.२ ३ नं. प्रदेश सम्मेलन आयोजक समिति गठन 
२०७३ मङ्सिर २५ गते काठमाडौँ अनामनगर संवाद डबलीको सभाकक्षमा सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य तथा प्रदेश नं. ३ का. उपाध्यक्ष खेम थपलियाको अध्यक्षतामा प्रदेश भेला आयोजना गरिएको थियो । भेलाले खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । सम्मेलनमा वामपन्थी बुद्धिजीवी हस्तबहादुर के.सी. को अतिथिका रूपमा उपस्थिति हुनुहुन्थ्यो । उक्त कार्यक्रममा उपाध्यक्ष रामप्रकाश पुरी, पुस्करराज भट्ट, डा. विन्दु शर्मा, महासचिव आर.एम्. डङ्गोल, सचिव प्रकाश सिलवाल तथा कोषाध्यक्ष विजयराज आचार्य  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

४.२ जिल्ला सम्मेलन 

४.२.१ प्रलेस, सिन्धुपाल्चोक शाखाको चौँथो जिल्ला सम्मेलन 
२०७३ वैशाख १६ गते सिन्धुपाल्चोकको चौतारामा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको प्रमुख आतिथ्य र ३ नं. प्रदेश उपाध्यक्ष खेम थपालियाको विशेष आतिथ्य तथा केन्द्रीय सदस्य साघुराम नेपालको उपस्थिति रहेको उक्त सम्मेलनले दिनेश दुलालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
४.२.२ प्रलेस, सुर्खेत शाखाको बाह्रौँ जिल्ला सम्मेलन 
२०७३ असार १९ गते सदरमुकाम वीरेन्द्रनगरमा प्रलेस सुर्खेतको बाह्रौँ जिल्ला सम्मेलन सम्पन्न भएको 
छ । प्रदेश नं. ६ उपाध्यक्ष रामप्रकाश पुरीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य मणिकुमार पोखरेलको विशेष आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले हरिलाल महताराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

४.२.३ प्रलेस, रूपन्देही शाखाको सातौँ जिल्ला सम्मेलन
२०७३ भदौ ३१ ग्ते रूपन्देहीको बुटवलमा प्रलेस रूपन्देही शाखाको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य र प्रलेस ५ नं. प्रदेश उपाध्यक्ष पद्मप्रसाद शर्माको विशेष आतिथ्य तथा केन्द्रीय सदस्य गोपिरमण उपाध्यायको आतिथ्यमा सञ्चालित उक्त सम्मेलनले देवेन्द्र घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

४.२.४ प्रलेस, बैतडीको दोस्रो जिल्ला सम्मेलन
२०७३ कार्तिक १२ गते प्रलेस, बैतडीको दोस्रो जिल्ला सम्मलेन सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य लक्ष्क्षीराम आचार्यको प्रमुख अतिथ्यमा सञ्चालित उक्त सम्मेलनले करण दयालको अध्यक्षतामा दश सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

४.२.५ प्रलेस, भक्तपुर शाखाको चौँथो जिल्ला सम्मेलन 
२०७३ पुस १६ गते भक्तपुरको सूर्य विनायकस्थित यचु पार्टी प्यालेसमा प्रलेस भक्तपुर शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्य र २ नं. प्रदेश उपाध्यक्ष रोशन जनकपुरी र महासचिव आर.एम्. डङ्गालको आतिथ्य रहेको उक्त सम्मेलनले डी.पी.ढकालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

४.२.६ प्रलेस, इलामको दोस्रो जिल्ला सम्मेलन 
२०५७ पुस २९ गते इलामको सदरमुकाममा प्रलेस इलामको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रलेस केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशीलको प्रमुख आतिथ्य र पार्षद् जमुना श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त सम्मेलनले डा.देवी क्षेत्री दुलालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

४.२.७ प्रलेस, रुकुमको प्रथम जिल्ला सम्मेलन आयोजक समिति गठन 
२०७३ पुस २९ गते रुकुमको सदरमुकारम मुसिकोटमा प्रलेस रुकुमको जिल्ला सम्मेलनको लागि भेला आयोजना गरिएको छ । प्रदेश उपाध्यक्ष रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा आयोजित उक्त भेलाले नदीराम केसीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

४.२.८ प्रलेस, पाँचथरको प्रथम जिल्ला सम्मेलन 
२०७३ माघ १५ गते पाँचथरको लिवाङमा प्रलेस पाँचथरको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रदेश उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख आतिथ्य तथा सङ्घका केन्द्रीय सल्लाहाकार भवानी क्षेत्री, केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशील र पार्षद् जमुना श्रेष्ठको आतिथ्यका सम्पन्न उक्त सम्मेलनले प्रेम ओझाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

४.२.९ प्रलेस, ताप्लेजुङ्को प्रथम जिल्ला सम्मेलन आयोजक समिति गठन 
२०७३ माघ १६ गते ताप्लेजुङ्को सदरमुकाममा प्रलेस ताप्लेजुङको पहिलो सम्मेलन सम्पन्न आयोजनक समितिको भेला आयोजना गरिएको छ । प्रदेश उपाध्यक्ष मिश्र वैजयन्तीको प्रमुख आतिथ्य तथा सङ्घका केन्द्रीय सल्लाहाकार भवानी क्षेत्री, केन्द्रीय सदस्य लम्जेल सङ्र्घषशील र पार्षद् जमुना श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त भेलाले आलोक मावोहाङ लिम्बूको संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

४.३ जिल्ला गतिविधि/प्रकाशन
४.३.१ प्रलेस, मकवानपुरको गाउँ जागरण अभियान 
प्रलेस, मकवानपुरले प्रत्येक महिना ‘प्रलेस गाउँ जागरण अभियान’ लाई मासिक श्रृङ्खलाका रूपमा सञ्चालन गर्दै आइरहेको गत वैशाखदेखि सञ्चालन गरिएको उक्त श्रृङ्खला अन्तर्गत ८ वटा गाउँमा कार्यक्रम आयोजना गरिसकिएको छ ।

१) २०७३ भदौ १७ गते ‘तिज कति संस्कृति कति विकृति’ अन्तक्रिर्यात्मक कार्यक्रम आयोजना गरिएको 
२) २०७३ पुस २७ गते ‘जनपक्षीय काव्य लेखनमा युद्धप्रसाद मिश्रको योगदान’ विषयक परिचर्चा कार्यक्रम गरिएको :

४.३.२ प्रलेस, सिन्धुपाल्चोकको स्रष्टा यात्रा कार्यक्रम 
प्रलेस, सिन्धुपाल्चोकले नियमित श्रृङ्खलाका रूपमा प्रलेस स्रष्टा यात्रा’ को थालनी गरेको छ । भदौ ३१ गते सदरमुकाम चौतारामा ¥यालीसहित आयोजित उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय महासचिव आर.एम् डङ्गोलले गर्नुभएको थियो । प्रलेस केन्द्रीय सदस्य साधुराम नेपाल, जिल्ला सल्लाहाकार भारद्वाज मित्र, सरेश नेपाल लगायत जिल्लाका बुद्धिजीवी, पत्रकार, पेशाकर्मीहरूको उत्साहप्रद उपस्थिति रहेको उक्त कार्यक्रममा २० जना कविहरूले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रमको दोस्रो शृङ्खला २०७३ पुस ९ गते पर्यटकीय क्षेत्र हेलम्बुमा सम्पन्न गरिएको छ ।

४.३.३ प्रलेस, काठमाडौँको ‘सडकमा कविता’ अभियान 
प्रलेस, काठमाडौंले नियमित रूपमा देशको समसामयिक विषयवस्तुमा कवितामार्फत अभिव्यक्ति दिन जागरण अभियानको थालनी गरेको छ । ‘सडकमा कविता’ नाम  दिइएको उक्त अभियानका भदौ ३१ गते केन्द्रीय महासचिव आर.एम् डङ्गोलको कविताबाट प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नरेश शाक्य, पिताम्बर भण्डारी, पुण्य गौतम ‘विश्वास’, शोभा दुलाल, माधव घिमिरे ‘अटल’, यदुनाथ वसन्तपुरे, श्रीहरि फुयाल, केवल बिनाबी, मुक्तान थेवा, जनता पोखरेल, नारायण निरासी लगायत २५ जना कविहरूले कविता वाचन गरेका थिए ।
४.३.४ प्रलेस, दाङ शाखाका गतिविधिहरू
१) प्रलेस दाङ शाखाले २०७३ पुस ३ गते आफ्नो चौबीसौँ स्थापना दिवसको अवसर पारेर शाखाबाट स्थापित पाँचवटा पुरस्कार विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको  
२) जिल्ला २०७३ जेठ ६ र जेठ १२ गते क्रमशः नेत्रलाल स्मृति दिवस तथा कृष्णसेन इच्छुक दिवस मनाइएको 
३) माघ २९ गते हृदय चन्द्र स्मृति कार्यक्रमको आयोजना गरिएको

४.२.५ प्रलेस, चितवन शाखाका गतिविधिहरू 
१) प्रलेस चितवन शाखाले ‘साहित्य सङ्गम चितवन’, र ‘हाम्रो सिर्जना साहित्यक त्रैमासिक’ सँगको  संयुक्त आयोजनामा गत वैशाख ४ गते डा. धनेश्वर भट्टराईका ३ वटा समालोचनात्मक कृतिको सार्वजनिक कार्यक्रम आयोजना गरिएको 
२) २३ औँ पारिजात स्मृति दिवसको अवसर पारेर २०७३ वैशाख १८ गते ‘प्रगतिशील साहित्य यस्तो लेख्ने, किन लेख्ने ?’ विषयक वहस कार्यक्रमको आयोजना गरिएको, उक्त वहस कार्यक्रममा लेखकद्वय डा. अमर गिरी र खगेन्द्र सङ्ग्रौलाको सहभागिता रहेको, कार्यक्रमको सहजीकरण प्रलेस केन्द्रीय सचिव सरिता तिवारीले गर्नुभएको थियो । 
३) २०७३ जेठ ८ गते प्रगतिवादी स्रष्टा रणेन्द्र बरालीको ‘हाम्रो संस्कृति र संस्कार’ पुस्तक र २०७३ मङ्सिर १८ गते जनकराज सापकोटाद्वारा लिखित ‘कहर’ औपन्यासिक कृतिमाथि अन्तरत्र्रिmया कार्यक्रम आयोजना गरिएको 
४) २०७३ असोज ८ गते मेची महाकाली साहित्यिक दौड २०७३ अभियानका धावक लक्ष्मण सापकोटाको स्वागत तथा अभिनन्दन कार्यक्रमको अयोजना गरिएको
५) प्रलेस केन्द्रीय सदस्य एवम् ‘उन्मुक्त पुस्ता’ का कवि केवल विनाबीको एकल कविता वाचन कार्यक्रमको आयोजना 
६) प्रलेस चितवनले प्रदान गर्दै आइरहेको ‘श्रीप्रसाद तथा रेणुका रेग्मी स्मृति पुरस्कार–२०७३’ बाट निबन्धकार पूर्णबहादुर अधिकारीलाई पुरस्कृत गरिएको ।

४.२.६ प्रलेस, रूपन्देहीका गतिविधि 
१) प्रगतिशील लेखक सङ्घको गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शनसहित तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी आर्थिक सङ्कलन गरिएको, 
२)  प्रलेस जिल्ला शाखा र बुटवल साहित्य सङ्गमसँग सहकार्य गरी विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरिरहेको ।

४.२.७ प्रलेस, पर्वतको गतिविधि 
१) २०७३ जेठ १५ गते पर्वतको कुस्मामा गणतन्त्र दिवसको अवसर पारेर प्रगतिशील रचना (गीत, कविता, गजल) वाचन कार्यक्रमको आयोजना, कार्यक्रममा १८ जना कविहरूले कविता वाचन गर्नुभएको थियो, 
२) २०७३ माघ १ गते ‘पाँच कवि, पाँच कविता’ शीर्षकमा सशुल्क कवितावाचन कार्यक्रम सम्पन्न, उक्त कार्यक्रममा प्रलेस सचिवालय सदस्य सङ्गीत श्रोतालगायत पाँचजना कविहरूले कविता वाचन गर्नुभएको 
थियो ।

४.२.८ प्रलेस, कञ्चनपुरको गतिविधि
१) २०७३ असार २५ गते ‘नेपाली साहित्यमा प्रगतिवाद’ शीर्षकमा विचारगोष्ठी तथा वृहत् काव्य गोष्ठीको आयोजना, उक्त कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र जोशी र भुवन बोहोरा ‘निस्तेज’ बाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने ४० जनाभन्दा बढी कविहरूबाट आ–आफ्ना रचनाहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य लक्ष्क्षीराम आचार्य हुनुहुन्थ्यो । 
२) २०७३ असोज १८ गते साहित्यकार लक्ष्मण सापकोटाद्वारा थालनी गरिएको प्रथम मेची–महाकाली दौड अभियानको समापन समारोहको आयोजना गरियो । केन्द्रीय उपाध्यक्ष पुस्करराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धावक लक्ष्मण सापकोटालाई सम्मान समेत गरिएको थियो ।

४.३ प्रकाशन 
१)हालसम्म प्रलेस केन्द्रीय मुखपत्र ‘प्रलेस–२२’, प्रलेस सुर्खेतबाट ‘रातो थुङ्गा’, रूपन्देहीबाट ‘प्रलेस–२’ प्रकाशन भइसकेका छन् भने प्रलेस बाँके, दाङ, सिन्धुपाल्चोक र काठमाडौँबाट मुखपत्र प्रकाशनको तयारी भइरहेको छ ।


५. केन्द्रीय कार्ययोजना प्रस्ताव समितिबाट २०७४ सालको लागि प्रस्तावित केही कार्यक्रमिक योजना 
५.१ दोलखाको चरिकोटमा गजल विधासँग सम्बन्धित प्रशिक्षण कार्यक्रम तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने, 
५.२ पूर्वीय दर्शनमा भौतिकवादी चिन्तन सम्बन्धी गोष्ठीको आयोजना गर्ने, 
५.३ संस्कार परिवर्तन सम्बन्धमा गोष्ठीको आयोजना गर्ने, 
५.४ प्रत्येक प्रदेशमा यस वर्षभित्र आयोजना गरिने सम्मेलन आयोजनक समितिको भेलाका क्रममा एक एक वटा वैचारिक÷सिर्जनात्मक कार्यक्रमको आयोजना गर्ने,
५.५ उपत्यकामा बृहत् प्रगतिशील नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने, 
५.६ नेपाली पुरस्कार, सम्मान संस्कृति सम्बन्धमा एउटा बृहत् गोष्ठीको आयोजना गर्ने, 
५.७ इतिहास लेखन परियोजनालाई मूर्त रूप दिने, 
५.८ प्रदेश सम्मेलनसम्ममा प्रत्येक प्रदेशले आफ्नो मुखपत्र प्रकाशन गर्ने,
५.९ प्युठानमा एउटा बृहत् काव्यगोष्ठीसहित कविता सम्बन्धी वैचारिक तथा प्रशिक्षणमूलक कार्यक्रमको आयोजना गर्ने,

प्रगतिशील साहित्यको इतिहास लेखन परियोजना अन्तर्गत प्रगतिशील समालोचनाको इतिहास लेखनको जिम्मेवारी पाउनुभएका हेमनाथ पौडेलले कार्य व्यस्तताका कारण सो कार्य गर्न नसकिने जानकारी गराउनु भएकोले सो कार्य सम्पन्न गर्नका लागि डा. अमर गिरीलाई जिम्मेवारी दिने । 

६. शोक तथा समवेदना 
प्रगतिशील लेखक सङ्घ, नेपालको आठौँ र नवौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीइ समिति सदस्य रहनु भएका कवि तथा कलाकार अर्जुन खालिङको २०७३ मङ्सिर २९ गते ४१ वर्षको उमेरमा भएको निधन तथा प्रलेसको सातौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यसमेत रहनुभएका नेपाल भाषाका आधुनिक कवि बुद्ध साय्मिको २०७३ पुस १० गते ७२ वर्षको उमेरमा भएको असामयिक निधनमा प्रलेसको यस दोस्रो राष्ट्रिय परिषद् बैठक दिवङ्गत व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

७. चुनौति र सम्भावना 
प्रलेसको परिमार्जित विधान अनुसार प्रदेश समितिको साङ्गठानिक आधार निर्माणको  महत्वपूर्ण कार्यभार हाम्रो सामु उपाथित छ । प्रदेशभित्रको भाषा, भूगोल, जनजीवन, इतिहास, संस्कृतिलाई महत्व दिने गरी सिर्जनात्मक गतिविधि गर्नुपर्ने अर्काे महत्वपूर्ण कार्यभार रहेको छ । समकालीन बुर्जुवा साहित्यिक चिन्तनधारा तथा उत्तर आधुनिकतावादको नाममा अराजकताको वकलात गर्ने साहित्यिक चिन्तनको विरुद्ध प्रतिरोधी वैचारिक÷सिर्जनात्मक अभियानको थालनी गर्नुपर्ने तथा मुलुकमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा बढ्दै गइरहेको बाह्य हस्तक्षेप र प्रभावलाई चिर्नका लागि वैचारिक कामलाई पनि उत्तिकै महत्व दिइनु आवश्यक छ । अर्काेतिर वैचारिक सुस्पसस्पष्टतासहितको साझा मोंर्चा हुनुका गरिमा र सीमालाई मनन गर्दै यसलाई प्रतिधु्रुवीय लेखनभन्दा अझ स्तरीय लेखन बनाउनु पनि उत्तिकै जरुरी छ । 
संस्थाको साङ्गठानिक जीवनलाई चुस्त, दुरुस्त व्यवस्थित बनाउनका लागि केन्द्र, प्रदेश र शाखाविचमा सम्पर्क र समन्वयका लागि सञ्चार प्रविधिको उच्चतम उपयोगमा पनि ध्यान दिइनु आवश्यक छ । केन्द्रीय कार्यालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि यथोचित पारिश्रामिकको व्यवस्थासहित अझ व्यवस्थित बनाइनु पर्ने देखिएको छ । त्यसैगरी इतिहास लेख्न सम्बन्धी आगामी कार्ययोजनालाई मूर्त रूप दिनको लागि आर्थिक समस्याको चुनौति पनि हाम्रो सामु टड्कारो छ ।

८. निष्कर्ष 
समकालीन प्रगतिवादी धारा नेपाली साहित्यको  केन्द्रीय धारा बन्न पुगेको छ । प्रगतिशील लेखनको प्रतिनिधित्व गर्ने यस संस्थाको साँढे छ दशक लामो यात्रामा विचार सिर्जना र सङ्गठनका माध्यमबाट यसले निर्माण गरेको इतिहास गर्व गर्न योग्य छ । दसौँ राष्ट्रिय सम्मेलनपछि संस्थालाई गतिशील बनाउने क्रममा कार्यालय व्यवस्थापनसहित विभिन्न जिल्ला शाखामा सङ्गठन विस्तारका साथै प्रादेशिक संरचनामा जाँदा यसले अझ गति लिन सक्ने छ । केन्द्रीय कार्य योजना प्रस्ताव अनुसार विभिन्न प्रदेशहरूमा केन्द्रीय स्तरका कार्यक्रम सम्पन्न गर्ने तथा विभिन्न विभागहरूले लिएको निर्णयलाई कार्यान्वयन गर्ने हो भने र साझा मोर्चा हुनुका कारण यसका अनेकौ जोखिमी, चुनौतिका बिचमा लेखनलाई वैचारिकी सहित आन्दोलनसँग जोडेर सञ्चालन भइरहेको  गतिविधिलाई सङ्गठित ढङ्गले अगाडि बढाउने हो भने मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलमा यस संस्थाले महत्वपूर्ण योगदान दिनसक्ने छ । 


* थप जानकारीका लागि प्रलेसको ब्लग  - www.pralesa.blogspot.com  र  पत्राचार, सूचना आदानप्रदानका      लागि प्रलेसको इमेल  pralesa@gmail.com  मा सम्पर्क राख्न सक्नुहुनेछ ।)

=====================================
































































































































































































































































































































































































































































































































































































































===================================

यात्रा संस्मरण 

सुनकोशीको तीरैतीर रुम्जाटारको यात्रा

  • यात्रा जीवनको एउटा किताब रहेछ । जीवन अविरल यात्रा ! यात्रा जीवनको सिङ्गो किताब !
  • - खोमा तरामु मगर

  • थबाङदेखि फर्कनु अगावै रुम्जाटारको यात्रा तय भइसकेको थियो । एक हप्तासम्म अजम्बरी गाउँ थबाङमा रहँदा साथीहरुसँग रुम्जाटार जाने कि नजाने ? भनेर सामूहिक छलफल भने नभएको होइन ।
    नीति निर्माण र वैचारिक दृष्टिकोणले बैठकमा उपस्थित भएर आफ्ना विचारहरु राख्नु र घनिभूत छलफलमा सहभागी हुनु सांस्कृतिक आन्दोलन र सांगठनिक दृष्टिकोणले उपयुक्त हुने निष्कर्षका साथ थबाङको क्रान्तिकारी भट्टीबाट एकदिन अगावै लुसुक्क निस्किएर सोझिएको हो–रुम्जाटार यात्रा ।
    यात्रा जीवनको एउटा किताब रहेछ । जीवन अविरल यात्रा ! यात्रा जीवनको सिङ्गो किताब ! जब भोक र उत्पीडनको उच्छवासले जीवन दुर्दान्त अँध्यारो सुरुङ यात्रा गर्छ, तब विद्रोह र संवेदनाको उद्दीप्त आवेगले सगरमाथा चढ्छ । जब आफ्नै पौरखको पर्खालभित्र पसिना होइन, रगतको नदी बग्न थाल्छ, मान्छेले आफैलाई आगो घोषणा गर्छ र डो¥याउँछ अविराम क्रान्तिको यात्रामा । जीवनलाई मैले यस्तै साेंच्छु । फागुन १३ र १४ गते प्रगतिशील लेखक संघ नेपालको राष्ट्रिय परिषद् बैठक ओखलढुङ्गाको रुम्जाटारमा सम्पन्न भयो । यतिखेर म रुम्जाटार यात्राको बयान गर्न खोजिरहेको छु ।
    जीवन सुखका मनोरञ्जनपूर्ण लाप्साहरु मात्र होइनन्, जसलाई सबैले सुनेर आनन्द मात्रै प्राप्त गर्न सकुन् । जीवन दुःखका मर्मान्तक भक्कानाहरु मात्रै पनि होइनन्, जसलाई सबैले पढेर आँसु मात्रै झार्न बाध्य होऊन् । जीवन भौतिक परिस्थितिको प्रतिच्छाँया हो । विचार, संवेदना र यथार्थको सन्तुलित लय हो जीवन । क्रान्ति, आदर्श र उद्दाम सपनाहरुले डोरिएको महाकाव्य हो जीवन । आफैभित्र कार्वन उमारेर पनि नुतन सृष्टि र सौन्दर्यको स्वप्निल संसार निर्माण गर्ने अठोट, संघर्ष र प्रतिबद्धताको समीकरण हो जीवन । हामी यही विपरितहरु बीचको घर्षणबाट गुज्रिरहेका छौं । भौतिक जीवन र यात्राको द्धन्द्धात्मक सम्बन्धलाई मैले यहीनेर बुझेको छु । क. लेनिनले भन्नुभएको “निरन्तर क्रान्ति, निरन्तर उत्सव” भनेजस्तै जिन्दगी निरन्तर यात्रा, संकल्प र उत्सव पनि हो ।
    झोलाटुम्बा बोकेर फागुन १३ गते विहान ६ बजे चावहिल बसपार्क पुग्दा प्रलेस केन्द्रीय सचिब होमशंकर बास्तोला र केन्द्रीय सदस्य चेतनाथ धमलाले गाडीको चाँजोबाँजो गर्दै हुनुहुन्थ्यो । प्रलेसका केन्द्रीय उपाध्यक्ष एवं अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिब खेम थपलिया सहित मुक्तान थेबा, हरिलाल महतरा, सिद्धबहादुर खड्का, आरसी न्यौपाने, हृदय लेकाली लगायत साथीहरु हामी एउटै गाडीमा बसेर यात्रा सुरु ग¥यौं । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेल, उपाध्यक्षहरु डा. बिन्दु शर्मा, मिश्र बैजयन्ती, डा. कृष्णराज अधिकारी, रामप्रसाद पुरी, पुष्करराज भट्ट, महासचिब आरएम डंगोल, सचिब प्रकाश सिलवाल, कोषाध्यक्ष बिजयराज आचार्य लगायत सचिवालय सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु एवं राष्ट्रिय परिषदका सदस्यहरु गाडीमा क्रमशः लामबद्ध हुनुहुन्थ्यो ।
    गाडीको लस्कर लामै थियो । विहानको झुल्केघाममा काभ्रेको धुलीखेल पुगेर हामी चियानास्ता ग¥यौं । धुलिखेलको ओरालोपछि विपी लोकमार्गको पक्की सडक अविराम बगिरहेको सुनकोशीको तीरैतीर काभ्रे, सिन्धुली, उदयपुर हुदै ओखलढुङ्गाका पाखाभित्ताहरुको भूगोल छिचोल्यौं ।
    लेखक
    कतै पहाडको साँघुरो खोंच हुँदै त कतै असरल्ल फिजारिदै निर्मल र निर्बाध बगिरहेको थियो सुनकोशी नदी । सुनकोशीको तीरैतीर यात्रारत रहँदा पारिपट्टि रामेछापका पाखाभित्ताहरु फुङ्ग र उदास देखिन्छन् । पतझडको याम सुरु हुँदैछ र उदास देखिने यी अग्ला रामेछापका पाखाभित्ताहरु निर्वस्त्र छन् । नयाँ पालुवा पलाउने समय आउँदैछ र सुदूर क्षितिजको अरुणिमा जस्तै पल्लवीत ती थबाङका क्रान्तिकारी सप्तरङहरुलाई मनभरि च्याप्दै यात्रामा छु म । ओखलढुङ्गाको भूगोल प्रवेशसंगै उकालो चढ्दै गएपछि लिखु र तामाकोशी नदीहरुले घोलिएर हर्लक्क बढेको सुनकोशी नदी साँघुरो खोंच हुदै विस्तारै टाढिदैछ र सम्मुखमा उभिएका छन् खोटाङका अग्ला पाखाभित्ताहरु । हामी सुनकोशी नदिको किनाराबाट देखिने माथि–माथि डाँडापाखाका ती क्षितिजहरुमा दौडिरहेका छौं, जहाँ मौसमको चिसो स्पर्शसंगै गोधुलीसाँझको पश्चिम क्षितिज क्रमशः रातो हुँदै गइरहेको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मगाउँ ओखलढुङ्गाको सदरमुकाम सिद्धिचरण नगरपालिकाको फेंदीमा पुग्दानपुग्दै पाखाभित्ताहरुमा रातै लाली गुराँसहरु फूलिरहेका छन् ।
    घरि अनकन्टार भीर पहाडहरुमा फूलिरहेको लाली गुराँसका घनाजंगल, घरि आकर्षक र गुजुमुज्ज वस्तीहरुको चौभञ्ज्याङहरु पार गर्दै हामी ओखलढुङ्गाको सदरमुकाम पुग्यौं । त्यहाँको बजार चोकहरुमा स्वागतका ब्यानरहरु झुण्ड्याईएको छ । सोलुखुम्बुको सल्लेरी जाने पक्की सडक छोडेर सदरमुकामदेखि झण्डै दुई घण्टा ओरालो कच्ची सडक छिचोलेपछि हामी साँझ ६ बजेतिर घनावस्ती रहेको सुन्दर गाउँ ओखलढुङ्गाको रुम्जाटार पुग्यौं ।
    रुम्जाटार गाउँ निकै आकर्षक बस्ती रहेछ । चारैतिर डाँडाकाँडाले घेरिएको रुम्जाटारको बस्ती विविधताको अनुपम संगम रहेछ । हाम्रो टोलीलाई एयरपोर्ट नजिकै रहेको सनराइज आवासिय स्कूलको प्राङ्गणमा स्वागतको व्यवस्था गरिएको रहेछ । गाडीबाट ओर्लेर हामी सिधै स्कूलतिर प्रवेश ग¥यौं । गेटमा स्थानीयबासीहरुले फूलमाला लगाएर स्वागत गरिरहेका थिए । स्थानीय बुद्धिजीवि सीताराम गुरुङले मकै भटमास र मोही सहित रुम्जाटार बस्तीको परिचय दिदै झण्डै २० मिनेट बोलेर स्वागत गर्नुभयो । हामी स्वागतपछि पद्यमाहलको सभाकक्षतिर लाग्यौं ।
    साँझ सात बजेदेखि राष्ट्रिय परिषदको बैठक सुरु भयो । प्रगतिशील आन्दोलनमा सहादत प्राप्त गर्ने कृष्णसेन इच्छुक, घनश्याम ढकाल, रामप्रसाद प्रदीप लगायत ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली गरि सुरु भएको बैठकको अध्यक्षता प्रलेसका केन्द्रीय अध्यक्ष एवं प्राज्ञ मातृका पोखरेलले गर्नुभएपछि महासचिब आरएम डंगोलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विजयराज आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दागर्दै रातीको १० बज्यो र प्रतिवेदन उपर छलफल विहान गर्ने गरि बैठक स्थगित भयो ।
    फागुन १४ गते विहानै सात बजे बैठक प्रारम्भ भयो । बैठकको आरम्भमा महिला उपाध्यक्ष एवं प्रदेश इन्चार्ज डा. विन्दु शर्माले प्रतिवेदन उपर आफ्ना धारणाहरु राखि सुरु भएको छलफलमा क्रमशः प्रदेश नं. १ को तर्फबाट मिश्र बैजयन्ती, प्रदेश नं. ३ को तर्फबाट खेम थपलिया, प्रदेश नं. ४ को तर्फबाट डा. कृष्णराज अधिकारी, प्रदेश नं. ६ को तर्फबाट रामप्रकाश पुरी, प्रदेश नं. ७ को तर्फबाट पुष्करराज भट्टले रिर्पोटिङ सहित सुझाबहरु राखेपछि बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य एवं राष्ट्रिय पार्षद सदस्यहरुले संक्षिप्तमा धारणाहरु राख्न सुरु भयो ।
    हाम्रो संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ सम्बद्ध केन्द्रीय कार्यसमिति र पार्षदमा प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको तर्फबाट हामीले प्रलेसको प्रतिवेदनउपर केही सुझाबहरु पेश ग¥यौं । प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद विरोधी बामपन्थी स्रष्टाहरुको साझा मोर्चा भएकोले यसमा माक्र्सवाद लागु गर्नुपर्ने, वामपन्थी आवरणमा घुसेका गैरप्रगतिशील सदस्यहरुको सदस्यता तत्काल खारेज गर्नुपर्ने, लेखन सिर्जनामा मुखरित हुँदै आएको भाषिक–सांस्कृतिक आन्दोलनलाई प्रगतिशील आन्दोलनसंग जोडेर लैजानुपर्ने, कला साहित्य एवं लेखनमा देखिएको उपभोक्तावादी चिन्तन, बजारीकरण र सबैखाले विचलन विरुद्ध दृढतापूर्वक उभिनुपर्ने, दलाल संसदीय पूँजीवादले पैदा गरेको सांस्कृतिक अराजकताका विरुद्ध सिर्जनात्मक प्रतिरोध गर्नुपर्ने, अन्यायपूर्ण युद्धको विरुद्ध गरिने कुनैपनि राष्ट्रिय÷अन्तर्राष्ट्रिय न्यायपूर्ण युद्धको समर्थन गर्नुपर्ने, कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी वैचारिक विचलन र माक्र्सवादको भ्रष्टीकरण विरुद्ध सिर्जनात्मक प्रतिवाद गर्नुपर्ने, अन्तर्राष्ट्रिय साहित्यको अनुवाद एवं वैचारिक प्रकाशन, प्रशिक्षण र गतिविधिलाई जोड दिनुपर्ने आदि बिषयहरु हामीले राख्यौं ।
    बैठकमा उठेका सुझाबहरुको जवाफ महासचिब आरएम डंगोल, कोषाध्यक्ष बिजयराज आचार्यले दिएपछि प्रमुख अतिथि प्रलेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं प्राज्ञ नर्मदेश्वरी सत्याल र अध्यक्ष मातृका पोखरेलले विचारधारात्मक तथा सिर्जनात्मक पक्षमा केही चुनौति भएकोले सम्बद्ध स्रष्टाहरुले वैचारिक प्रतिबद्धता र लेखकीय जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
    बैठकले संगठनका नीतिगत र कार्यक्रमिक योजनाहरु सहित १० बुँदे रुम्जाटार घोषणापत्र जारी गर्दै बैठक समापन भयो । बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पुँजीवाद विरोधी साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा एकीकृत ढंगले अगाडी बढाउने, संस्कृतिमा थोपरिएका सवैखाले हस्तक्षेप विरुद्ध सिर्जनात्मक अभियानमार्फत प्रतिवाद गर्ने, समकालिन बुर्जवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकवादको विरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान सञ्चालन गर्ने, चार्डपर्व एवं संस्कृतिलाई प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक एवं प्रशिक्षणमूलक अभियानका लागि पहलकदमी गर्ने, साहित्यिक सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मानका नाममा हावी भएको विकृति विरुद्ध छलफल बहस सञ्चालन गर्ने आदि बिषयहरु समेटिएको छ । परिषद बैठकको अवसरमा युवराज दाहालको अध्यक्षतामा १३ सदस्यीय ओखलढुङ्गा जिल्ला शाखा समेत घोषणा भयो ।
    प्रलेसको बैठक समापनपछि सनराइज बोर्डिङ स्कूलको प्राङगणमा नेपाल प्रज्ञा प्रतिष्ठान र स्थानीय साहित्यिक संघ÷संगठनहरुको संयुक्त आयोजनामा आख्यान÷बालसाहित्य विचार गोष्ठी र स्थानीय स्रष्टाहरुबीच कविता प्रतियोगिता सम्पन्न भयो । विचारगोष्ठीमा “बालसाहित्यमा प्रगतिशील चिन्तन” र “नेपाली लघुकथामा समाजवादी यथार्थवाद” बिषयक विचारगोष्ठीमा बिजयराज आचार्य र पुष्करराज भट्टले कार्यपत्र पेश गर्नुभयो । कार्यपत्रमाथि डा. विन्दु शर्मा र प्रलेस महासचिव आरएम डंगोलले टिप्पणी गर्नुभयो । कार्यक्रममा स्थानीय परम्परामा आधारित सांस्कृतिक झाँकीहरु देखाइएको थियो ।
    हामी दुईदिने रुम्जाटार बसाईपछि सदरमुकाममा रहेको युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमा, ओखलको ढुङ्गा र बजारबस्तीहरुको अवलोकनपछि रुम्जाटार नेपालको बौद्धिक–सांस्कृतिक मानचित्रमा कहिल्यै नबिर्सने ‘लोकेसन’ को रुपमा मनभरि साँचेर फागुन १५ गते काठमाडौं फर्कियौं ।

    http://www.janapati.com बाट साभार 

    No comments:

    Post a Comment