Sunday, May 20, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १४ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १४    अन्तर्गत २०७५ साल जेठ ४   गते 'कवि इच्छुक : जीवन र कर्म ' विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता  प्रा. डा. गोपिन्द्र पौडेल  हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका  अध्यक्ष मातृका पोखरेलको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रलेस परिसम्वाद कार्यक्रमका संयोजक एवम्  केन्द्रीय उपाध्यक्ष  डा. पुष्करराज भट्टले औचित्यताका बारेमा प्रष्ट पार्नुभएको थियो ।   परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलाको संचालन प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिका महासचिव आर.एम. डंगोलले गर्नुभएको  थियो । 


उक्त कार्यक्रममा साहित्यकारहरू राम प्रकाश पुरी, गोपीरमण उपाध्याय , देविका तिमल्सिना, आर. सी, नेउपाने, डा. शान्तिमाया गिरी  लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । 


कार्यक्रममा  उपाध्यक्ष राम प्रकाश पुरी ,, उपाध्यक्ष खेम थपलिया , सचिव होमशंकर बास्तोला, प्रकाश शिलवाल,  कोषाध्यक्ष कृष्णहरी भट्ट,  सचिवालय सदस्य डा. भागवत आचार्य, केन्द्रीय  सदस्यहरू  समिर सिंह, प्रकाश थापा , माधव घिमिरे अटल , चेतनाथ धमला , भीम रानाभाट  साहित्यकारहरू देविका तिमल्सिना, तेजविलास अधिकारी , पुरुषोत्तम रिजाल, मिसन अधिकारी , डा. चन्द्रमान श्रेष्ठ ,  डा. शान्तिमाया गिरी, मनोहर लामिछाने , जनकपुरी ,  बैरागी जेठा  लगायत साढे दुई दर्जनभन्दा बढि स्रस्टाहरूको उपस्थिति थियो ।



परिसम्वाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रा. डा. गोपिन्द्र पौडेल 

--------------------------------------------------------------------------------



























































1 comment: