Friday, July 20, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १६ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १६ अन्तर्गत २०७५ साल साउन ४ गते "प्रगतिशील दृष्टिमा सबाल्टर्न अध्ययन" विषयमा छलफल सम्पन्न भयो । यस विषयका अतिथि वक्ता वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेय हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष एवम् प्रलेस परिसम्वाद कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टको सभापतित्वमा सम्पन्न उक्त शृङ्खलाको संचालन प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिका महासचिव आर.एम. डंगोलले गर्नुभएको थियो ।



उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष एवम् वरिष्ठ कवि अमर गिरी, प्रलेसका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार प्रा.डा. बद्रिबिशाल पोखरेल, वरिष्ठ चिन्तक गोपीरमण उपाध्याय, प्रलेसका अध्यक्ष मातृका पोखरेल , साहित्यकार सिर्जना शर्मा, साहित्यकार मनोहर लामिछाने लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा प्रलेसका कोषाध्यक्ष कृष्णहरी भट्ट, सचिवालय सदस्य आर.सी.नेउपाने , केन्द्रीय सदस्य शोभा दुलाल , केन्द्रीय सदस्य इन्द्रकुमार श्रेष्ठ 'सरित्', साहित्यकारहरू पुण्य कार्की , मिसन अधिकारी, डा. शान्तिमाया गिरी, बैरागी जेठा, डा. चन्द्रमान श्रेष्ठ लगायत साढे दुई दर्जनभन्दा बढि स्रष्टाहरूको उपस्थिति थियो ।





कार्यक्रममा आफ्ना धारणा राख्नुहुँदै वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेय



कार्यक्रममा आफ्ना धारणा राख्नुहुँदै वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेय

-----------------------------------------------------------
-----------------------------------------------------------









No comments:

Post a Comment