Saturday, June 16, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १५ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १५   अन्तर्गत २०७५ साल असार १   गते 'रूपचन्द्र विष्ट र उनको थाहा चिन्तन' विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता  नागरिक आन्दोलनका अगुवा एवम् राजनैतिक विश्लेषक श्याम श्रेष्ठ  हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका  उपाध्यक्ष एवम्  प्रलेस परिसम्वाद कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टको सभापतित्वमा  सम्पन्न  उक्त शृङ्खलाको संचालन प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिका महासचिव आर.एम. डंगोलले गर्नुभएको  थियो । 

उक्त कार्यक्रममा साहित्यकारहरू शान्ता मानवी , गोपीरमण उपाध्याय , मोहन बहादुर कायस्थ, राम विनय, शर्मा, जगत वाशिष्ट , भारद्वाज मित्र, मातृका पोखरेल , समिर सिंह, श्याम रिमाल, संजाल शर्मा , जगत वाशिष्ट लगायतले   जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा  उपाध्यक्ष डा. विन्दु शर्मा, उपाध्यक्ष खेम थपलिया , सचिवालय सदस्य आर.सी.नेउपाने , केन्द्रीय सदस्य शोभा दुलाल , मनु वि.क.  केन्द्रीय सदस्य चेतनाथ धमला,  केन्द्रीय  सदस्य  समिर सिंह, कार्यालय सचिव पुण्य घिमिरे , साहित्यकारहरू देविका तिमल्सिना,  डा. शान्तिमाया गिरी,  बैरागी जेठा  लगायत साढे दुई दर्जनभन्दा बढि स्रष्टाहरूको  उपस्थिति थियो ।

----------------------------------------------------------



 कार्यक्रममा मन्तव्य राख्नुहुँदै राजनैतिक विश्लेषक श्याम श्रेष्ठ 



 कार्यक्रममा मन्तव्य राख्नुहुँदै राजनैतिक विश्लेषक श्याम श्रेष्ठ 



 कार्यक्रममा मन्तव्य राख्नुहुँदै राजनैतिक विश्लेषक श्याम श्रेष्ठ 

---------------------------------------------------------------

थाहा दर्शनका प्रणेता रुदानेबाट सिक्न राजनीतिकर्मीलाई आग्रह

काठमाडौँ, १ असार २०७५  । केही कमजोरी उपेक्षा गर्दै जनमुखी विचारजस्तै जीवनसंस्कृति चलाउने राजनीतिकर्मी रुपचन्द्र विष्टको जीवनबाट नेपालका कम्युनिष्टहरुले प्रेरणा लिनुपर्नेमा जोड दिइएको छ । विष्टको २०औँ स्मृतिदिवसका उपलक्ष्यमा प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिले आयोजना गरेको १५औँ परिसंवाद कार्यक्रममा पत्रकार तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले उच्चवर्गमा जन्मेर पनि आफूलाई रुपान्तरण गरेर तल्लो वर्गको जिन्दगी जिउने विष्टले चलाएको थाहा अथवा जागृतिको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ हरेक व्यक्तिले साम्यवादको यात्रा अहिले नै चलाउन सक्छ, त्यसलाई कुरिरहनु पर्दैन ।” बोलीमा नम्रता नहुनु, राजनीतिक सङ्गठन नचलाउनु, तत्कालीन नेकपा(माले)ले विष्टको समूहलाई सिद्धयाउन खोज्नु र २०४६ सालको आन्दोलनमा प्रतिकार समितिमा बसेको भनी उनीविरुद्ध लगाइएको आरोपप्रति मौन बस्नु उनका कमजोरी रहेको बताउँदै उनको साहित्यबारे पनि अनुसन्धान र समीक्षा हुनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा शान्ता मानवी, गोपीकृष्ण उपाध्याय, राम विनय, मोहनबहादुर कायस्थ, मातृका पोखरेल, पुष्करराज भट्ट, आरएम डङ्गोललगायतले मिथक वा दन्त्यकथाका पात्र जस्तै बनेका विष्टका सबै पक्षलाई समेटेर स्मृति ग्रन्थ प्रकाशन गर्नुपर्ने विचार राख्नुभयो ।
www.ashakakiran.com बाट साभार 
------------------------------------------------------
कार्यक्रमका तस्विरहरू :-


















































No comments:

Post a Comment