Monday, May 22, 2017

भारतीय नेपाली साहित्यकारहरुको सम्मानमा भेटघाट कार्यक्रम ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको हिरक जयन्तिको उपलक्ष्यमा आयोजना गरिएको त्रि-दिवसीय बाङ्मय सम्मेलनमा भाग लिन काठमाण्डौ आएको भारतीय नेपाली साहित्यकारहरुको सम्मानमा प्रगतिशील लेखक संघ, नेपाल र युद्धप्रसाद मिश्र प्रतिष्ठानले यही २०७४ साल जेठ ८ गते साँझ बागबजारको हार्दिक होटलमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलको सभापतित्व र नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.विष्णुबिभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा.प्रा. जीवेन्द्रदेव गिरी र प्रगतिशील लेखक संघ, नेपालका पूर्व अध्यक्ष निनु चापागाईंले विशिष्ट अतिथीको भूमिका निर्वाह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा भारतबाट आउनुभएका साहित्यकारहरु केदार गुरुङ, ज्ञानेन्द्र खतिवडा , रुपेश शर्मा, ज्ञानबहादुर क्षेत्री, टीका भाइ, शुभद्रा बम्जन, केदार गुरुङ, ज्ञानेन्द्र याक्सो, कृष्णराज घतानी, विकास शर्मा, गोपाल भित्रीकोटी सहितको उपस्थिति थियो । 

प्रगतिशील लेखक संघ, नेपालका अध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका महासचिव आर.एम. डंगोलले संचालन गर्नुभएको थियो ।













































































No comments:

Post a Comment