Thursday, August 25, 2016

राष्ट्रिय पुस्तक नीति- २०७३ मा प्रगतिशील लेखक सङ्घ , नेपाल

मिति २०७३ भाद्र ८ गते हरिगोविन्द लुइटेलको संयोजकत्वमा शिक्षा मंन्त्रालयमा राष्ट्रिय पुस्तक नीति ,२०७३ समबन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न  भयो । राष्ट्रिय शिक्षा नीति -२०७३ का सम्बन्धमा वहाँको कार्य समितिले निकै महत्वपूर्ण अभ्यास गरेर तयार पारेको मस्यौदा उपर भएको उक्त अन्तर्क्रियामा विभिन्न पुस्तक प्रकाशन गृहका प्रतिनिधि,मुद्रण व्यवसायीहरू,बिक्रेताहरू र विभिन्न संघ एवम् प्रतिष्ठानका प्रतिनिधि तथा शिक्षा मंन्त्रालयका उपसचिबद्वारा समन्वयात्मक भूमिका गरिएको थियो । प्रगतिशील लेखक सङ्घको प्रतिनिधित्व राष्ट्रिय परिषद् सदस्य एवम् कार्यालय सचिब पुण्य घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा पुस्तक मुद्रण, प्रकाशन र बितरण सम्बन्धमा गहन अन्तर्किया भएको र यससम्बन्धमा यो पहिलो कार्यको थालनी भएकोले यो मस्यौदा नेपाल सरकारबाट पारित भए देशले पुस्तक नीतिका सम्बन्धमा ठूलो फड्को मार्ने सहभाीहरूको धारणा रहेको थियो ।




No comments:

Post a Comment