Monday, April 16, 2018

सोलुखुम्बुको पताले, गौरिटापमा " साहित्य-यात्रा सगरमाथासँगसँगै " कार्यक्रम सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, ओखलढुङ्गाको आयोजनामा यही २०७५  साल वैशाख १ गते शोलुखुम्बुको पताले गौरीटापमा " साहित्य-यात्रा सगरमाथा सँगसँगै " कार्यक्रम सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ, ओखलढुङ्गाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको  उद्घाटन सङ्घका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि  मातृका पोखरेलले गर्नुभएको थियो । विशिष्ट अतिथिमा  साहित्यकार एवम् सामाजिक अभियन्ता सीताराम गुरुङ, साहित्यकारहरू  सीता शर्मा, बाबा बस्नेत हुनुहुन्थ्यो भने अन्य  अतिथिहरूमा  ओखलढुङ्गा नगरपालिकाकि उपमेयर इच्छा कुमारी गुरुङ, सामाजिक अभियन्ता मदन दाहाल, साहित्यकार डि.बि. किराँती, नेपाल पत्रकार सङ्घ,  ओखलढुङ्गाका अध्यक्ष शिव ढुङ्गाना, सुदर्शन गुरुङ लगायत हुनुहुन्थ्यो । 

प्रगतिशील लेखक सङ्घ, ओखलढुङ्गाका जिल्ला कमिटी सदस्य शिव ढुङ्गानाले कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकार एवम् साहित्यिक कार्यक्रमको रसास्वादन गर्न उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।  

प्रतियोगितात्मक गोष्ठीमा  कवि तथा गजलकारहरू डि.बि. किराँती (कविता), जगदीश केसी (कविता), कृष्ण चौलागाई (गजल),  मिलन केसी (कविता), निशान श्रेष्ठ  (कविता), मोहन धमला  (कविता), भेषनाथ खनाल (कविता), कुम्भराज राई  (कविता), चित्रकुमार चौलागाईं  (कविता), शम्भु राई (कविता), जीवन खत्री (गजल),  विकास राई (गजल),  चित्रकुमार चौलागाईं  (गजल), शम्भु राई (गजल) लगायतले भाग लिनुभएको थियो । 

साहित्यकारहरू  सीता शर्मा, बाबा बस्नेत, सिताराम गुरुङ, दुर्गा सुब्बाले पनि कार्यक्रममा आ-आफ्ना अप्रतियोगी रचनाहरू प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रमको बीचबीचमा ओखलढुङ्गा नगरपालिकाकि उपमेयर इच्छा कुमारी गुरुङ, प्रगतिशील प्राध्यापक सङ्घका केन्द्रीय सदस्य उमा गुरुङ , सामाजिक अभियन्ता मदन दाहाल, ध्रुबराज भण्डारी, कुम्भराज राई , रहर बहादुर गुरुङले आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितात्मक गोष्ठीमा साहित्यकारहरू   सीता शर्मा, बाबा बस्नेत, ठंकर पोखरेल रहेको मूल्याङ्कन समितिले प्रतियोगी कवि एवम् गजलकारहरूको नतिजा सुनाएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि  मातृका पोखरेल र विशिष्ट अतिथि सीताराम गुरुङले प्रतियोगितामा पुरस्कृत स्रस्टाहरूलाई नगद रासी सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

























































































































































No comments:

Post a Comment