Monday, January 22, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - ११ सम्पन्न ।

प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा यही २०७४ माघ ५ गतेका दिन प्रले परिसम्वाद श्रृङ्खलाको ११ औं श्रृङ्खला सम्पन्न भएको छ । प्रलेस उपाध्यक्ष एवम् कार्यक्रम संयोजक डा. पुुष्कररराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव आरएम डंगोलले गर्नुुभएको थियो । सो कार्यक्रममा युुद्धप्रसाद मिश्रको साहित्यिक योगदानका बारेमा वरिष्ठ कवि वासुुदेव अधिकारीले प्रकाश पार्नुु भएको थियो । कार्यक्रममा टिप्पणी गर्ने क्रममा प्रलेस केन्द्रीय सदस्य गोपीरमण उपाध्यायले युुद्धप्रसादसँगका आफ्ना संस्मरणका साथै मिश्रको योगदानको बारेमा चर्चा गर्नुुभएको थियो । समारोहमा प्रलेस सचिव शोभा दुुलाल, सचिवालय सदस्य आरसी न्यौपाने, केन्द्रीय सदस्य प्रकाश थापामगर, रापस पुुन्य घिमिरे, जगत वाशिष्ट , युुद्धप्रसाद मिश्रका छोरी कमल मिश्र एवम् शान्ति मिश्र लगायत दुुई दर्जन भन्दा बढी स्रष्टाको उपस्थिति रहेको थियो ।



प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - ११ मा कविवर  युुद्धप्रसाद मिश्रको 
साहित्यिक योगदानका बारेमा प्रकाश पार्नुहुँदै  कवि वासुुदेव अधिकारी ।

==========================================

































No comments:

Post a Comment